फूलको व्यसाय गरेर धेरैले आय आर्जन गरिरहेका छन्

Share this news

खरसाङ, 30 जून (निसं)ः खरसाङमा अहिले धेरैले फूलको व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन्। वर्तमानमा स्थानीय स्तरमा भए पनि यो व्यसाय फस्टाएको पाइन्छ। खरसाङ बजारमा फूलको व्यवसाय गर्नेहरूले वर्तमानमा स्थानीय स्तरमा फूलको बिक्री-वितरण राम्रै रहेको, फूलको व्यसाय गरेर आफ्नो परिवारको निम्ति आय आर्जन राम्रोसित गरिरहेको बताउछन्। खरसाङ बजारमा अहिले सात 7-8 जनाले फुटपाथ, दोकानको पेटीमा बसेर फूलको बिक्री-वितरण गरिरहेका छन्। तिनीहरू सबैले फूलको बिक्री-वितरण वर्तमानसम्म राम्रै रहेको बताएका छन्। खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 कुमाई स्टुडियोको पेटीमा फूलको व्यवसाय चलाएर बस्ने रुपेश मुखियाले भने, यो व्यवसायमा खटाई पनि छ, खटेको अनुसार पैसा पनि हुन्छ। अहिलेसम्म बिक्री-वितरण राम्रै चलिरहेको छ। मैले यसरी पसल थापेर फूलको व्यसाय गरेको पाँच वर्ष भयो। फूलको खेती भने अघिबाटै गरिरहेको थिएँ। तिनले आफ्नो बरबुङस्थित आफ्नो घरमा फूलको नर्सरी 8 वर्षदेखि सञ्चालन गरिरहेको बताउदै नर्सरीमा उमारिएको फूलको अतिरिक्त आफूले खरसाङ अनि वरिपरि क्षेत्रका विभिन्न फूल कृषकहरूबाट फूल र बिरुवा खरिद गरेर ल्याइ बिक्री गर्ने गरेको बताए। तिनले कट फ्लावरहरू विशेष सिलगढ़ीबाट ल्याएर बिक्री गर्ने गरेको बताए। तिनले भने, यो व्यसायमा खट्न सकेको खण्डमा रोजगारको दह्रो सम्भावना छ। अहिले म आफै खटेर व्यवसाय चलाइरहेको छु। महिनाको लगभग 30 हजार रुपियाँ कमाई हुन्छ, यतिले परिवार पाल्न पुग्छ। मैले विभिन्न फूल कृषकहरूबाट फूल र फूलका बिरुवाहरू खरिद गरेर यहाँ ल्याई बिक्री गरिदिएकोले धेरै फूल कृषकहरूले आफ्नो घरमा बसेर पनि आय आर्जन गरिरहेका छन्। तिनले आफूले स्थानीय स्तरमानै फूलको बिक्री-वितरण गरिरहेको बताउदै खरसाङमा उत्पादित फूलहरू बाहिर पठाउन सकिए अझ बढ़ी रोजगारको बन्ने थियो तर यसको निम्ति जनशक्तिको आवश्यकता पर्ने बताए। मुखियाले आफूले कुमाई स्टुडियोको पेटीमा फूलको व्यवसाय गरिरहेको र आफ्नो फूल र फूलका बिरुवारहरू राख्नलाई स्टुडियोले जग्गा दिएको बताउँदै यसको निम्ति कुनै भाड़ा नलिएको पनि बताए। तिनले भने, कुमाई स्टुडियोका मालिक हाम्रो निम्ति भगवान जतिकै हुन्। मुखियाले वर्तमानमा विभिन्न प्रजातिका फूल, फूलको बिरुवा, हाउस प्लान्ट, क्टाक्टस, कट फ्लावर बिक्री गरिरहेका छन्। अर्का एक फूल बिक्रेता राजु शेर्पाले पनि आफूले फूलको व्यसाय शुरु गरेपछि परिवारको निम्ति आयको राम्रो श्रोत बनेको बताए। तिनले अफू बेरोजगार रहेको समयमा श्रमिक र मिस्त्रीको कामसम्म गर्न परेको बताउदै फूलको खेती अनि व्यसाय शुरु गरेपछि परिवारको निम्ति राम्रो आयको श्रोत बनेको यसै व्यसाय गरेर आफूले छोरा-छोरी पढ़ाएको बताए। तिनले पनि वर्तमानमा आफ्नो व्यवसाय राम्रै चलिरहेको र आफूले आफ्नो नर्सरी बाहेक खरसाङ अनि वरिपरिका फूल कृषकहरूबाट फूल खरिद गरेर ल्याउने अनि बिक्री गरिदिने गरेको बताएका छन्। अम्बटे चिया बगानको पाँचघरे निवासी एक युवाले पनि आफूले फूलको नर्सरी गरेर राम्रै आय आर्जन गरिरहेको बताउदै आफ्नो नर्सरीको फूल खऱिद गर्नलाई धेरै टाड़ा-टाड़ाबाट मानिसहरू आउने गरेको बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ