खरसाङ युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीद्वारा जनचेतना कार्यक्रम

Share this news

खरसाङ, (निसं): धार्मिक अल्पसङख्यकहरूको निम्ति खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीको आयोजनामा यहाँको गोर्खा जन पुस्तकालय भवनको प्रेक्षागृहमा सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरू र सहुलियतहरू बारेमा जानकारी प्रदान गर्न जनचेतन कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा माइनोरेटी सोसाइटीद्वारा आमन्त्रित धार्मिक अल्पसङख्यक ईसाई, मुस्लिम, बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थिती रहेको थियो । सोसाइटीका उपाध्यक्ष पास्टर तिरस राईको अध्यक्षतामा सम्पन्न यस जनचेतना कार्यक्रममा खरसाङ महकुमा शासक कार्यलयका अल्पसंख्यक कल्याण विभागका अधिकारी एच हुस्सेनले सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरू विषय जानकारी गराए। विद्यार्थीहरूलाई प्रदान गरिने विभिन्न छात्रवृत्ति अनि उच्च शिक्षा हासिल गर्नको निम्ति विद्यार्थीहरूलाई प्रदान गरिने ऋणको विषयमा हुसेनले विस्तृत जानकारी दिए। धार्मिक अल्पसंख्यकहरूको निम्ति सार्वजनिक भवन निर्माण, कबरस्थानको सुन्दरीकरण अनि अन्यान्य कार्यमा सरकारद्वारा प्रदान गरिने विभिन्न सहुलियतहरू विषयमा पनि अधिकारीले जानकारी गराए। कार्यक्रममा अन्तरक्रियात्मक कार्यक्रम पनि सम्पन्न गरियो। जसमा अल्पसंख्यक विभागका अधिकारी हुसेनले कार्यक्रममा उपस्थित सदस्यहरूको प्रश्नहरूको उत्तर दिदै धार्मिक अल्पसंख्यकहरूको निम्ति सरकारद्वारा प्राप्त विभिन्न महत्वपूर्ण विषयमा जानकारी दिए। एल्डर निर्णय लेप्चाद्वारा स्वागत भाषण राखिएको यस कार्यक्रम एल्डर ज्योतिको प्रारम्भिक प्रर्थनाबाट आरम्भ गरिएको थियो। कार्यक्रममा सन्त अलफन्सस प्राथमिक पाठशालाका प्रधान अध्यापक फादर रोशन, भोटिया संगठनका उपाध्यक्ष पेम्बा भोटिया, सुकुना सालबारी युनाइटेड़ क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाटीका मुख्य सचिव रोशन डी लामा, सुकिया पोखरेबुङ माइनोरिटी वेलफेयर सोसाटीका कार्यकारणी समिति सदस्य पास्टर लुईस अनि खरसाङ मुस्लिम समुदायका सभापति फिरोज अखतर उर्फ बबलु अनि सोसाइटीका उपाध्यक्ष पास्टर तिरस राईले आफ्नो वक्तव्य राखेका थिए । खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीका मुख्य सचिव दिपक लेप्चाले धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमा सोसाइटीका कोषाध्यक्ष अरुण तामाङ, सदस्य सञ्जय छेत्री, झुमा राणा लेप्चा लगायत विभिन्न धार्मिक अल्पसंख्यक संघ-संस्थाका कार्यकारणी समिति सदस्यगण अनि सबैप्रति आभार प्रकट गरेका थिए।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ