खेला होबे दिवस तलवारबाजी प्रतियोगितामा पहाड़का प्रतियोगीहरू सहभागी

Share this news

खरसाङ, (निसं): दार्जीलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै कल्पना छेत्रीको नेतृत्वमा चार प्रतियोगीको एउटा टीमले 16 अगस्तमा कलकत्तामा आयोजित “खेला होबे दिवसको“ तलवारबाजी प्रतियोगितामा भाग लिए । पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा युवाहरूमा विभिन्न खेलकुद प्रति प्रोत्साहन दिनको निम्ति उक्त कार्यक्रम एउटा पहल रहेको छ ।
दार्जीलिङ जिल्लाबाट उक्त कार्यक्रममा सहभागिता जनाउने टीमका सबै सदस्य फर्किएर आएपछि मार्शल आर्ट्स अनि फिटनेस अकादमीका सोनादा शाखा प्रबन्धन अनि विद्यार्थीहरूद्वारा स्वागत गरियो। प्रतियोगीहरूमा सिलगढ़ीबाट आयुष राई, सोनादाबाट मालविका खवास, अभेरी प्रधान अनि खरसाङबाट कृष्णा छेत्री सामेल थिए।
मार्शल आर्ट्स अनि फिटनेस अकादमीको टीमले तलवारबाजी प्रतियोगितामा भाग लिएर एक पल्ट पुन: आफूमा एउटा इतिहास रचेको दावी छ। दार्जीलिङ पहाड़बाट प्रथम पल्ट यस प्रतियोगिता अंशग्रण गर्दै ेपदकहरू जित्न सफलता प्राप्त भएको छ। दार्जीलिङ जिल्ला टीम म्यानेजर, कल्पना छेत्रीले उक्त प्रतियोगितामा भाग लिएका विद्यार्थीहरूको प्रशंसा गरेकी छन्‌‍।
तिनले बताए अनुसार, पश्चिम बंगाल तलवारबाजी संघका मुख्य प्रशिक्षक एवं राष्ट्रिय खेलाड़ी सन्तोष पाण्डेले यस प्रतियोगितामा भाग लिनको निम्ति दार्जीलिङ जिल्लालाई प्रोत्साहन गरेका थिए। फलस्वरुप अकादमीले आफ्नो विद्यार्थीहरूलाई उक्त प्रतियोगितामा पठाएको थियो । त्यति मात्र होइन, कलकक्तामा पाण्डेले विध्यार्थीहरूलाई तलवारबाजी लड़ाई वा खेलको बुनियादी अनि प्रमुख तकनीक सिकाउँदै प्रशिक्षण प्रदान गरेका थिए। यस बाहेक रक्षात्मक अनि आक्रामक चालहरूबाट कसरी अंक हासिल गर्न सकिन्छ आदि विषयमा ज्ञान प्रदान गरेका थिए।
मालविका खवासले दुई वटा वर्गमा भाग लिएकी थिए भने तिनी दुवै वर्गमा मोठ 8 राउण्ड लड़े अनि रजत साथै काँस्य पदक हासिल गर्न सफल भइन्‌‍। अभेरी प्रधानले 3 राउण्ड लड़िन्‌‍ अनि काँंस्य पदक हासिल गरिन्‌‍, कृष्णा छेत्रीले 5 राउण्ड लड़े अनि काँंस्य पदक हासिल गरे अनि सिलगढ़ीका आयुष राईले 5 राउण्डको सामना गर्दै रजत पदक जीते। आयोजक समिति दार्जीलिङ पहाड़को विद्यार्थीहरूको प्रदर्शनको प्रशंसा गरे । कल्पना छेत्रीले युद्ध कौशल गोर्खाहरूको रगतमा रहेको छ साथै यिनीहरूलाई उचित प्रशिक्षण दिइएको खण्डमा राष्ट्रिय अनि अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विजय प्राप्त गर्ने क्षमता राख्छन्‌‍ भनी बतइन्‌‍। पहाड़मा चाँडै एउटा कोचिङ सेन्टर खोलिने योजना रहेको छ,जसमा मुख्य कोच सन्तोष पाण्डे रहनेछन्‌‍ तिनले विद्यार्थीहरूलाई प्रशिक्षण दिनेछन्‌‍ भनी तिनले बताइन्‌‍।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ