गाड़ीधुरा नवदीप परिवारद्वारा कमल छेत्रीको निधनमा शोक पालन

Share this news

पंखाबारी,7 जुलाई(निसं): गाड़ीधुरा नवदीप परिवारका वरिष्ट सदस्य तथा भूतपूर्व कोषाध्यक्ष कमल छेत्रीको निधन भएको छ। उनको निधनमा गाड़ीधुरा नवदीप परिवारले शोक पालन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ औ शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गरेको छ। परिवारको पक्षबाट अनुप रामुदामुले जनाए अनुसार स्वर्गीय कमल छेत्री गाड़ीधुरा नवदीप परिवारको एक वरिष्ट एवं सक्रिय सदस्य थिए। उनी सदैव क्लबको निम्ति अघि आएर कार्य गर्ने व्यक्ति थिए औ सक्रिय सामाजिक कार्यकर्ता थिए भन्दै उनको निधनले गाड़ीधुरा नवदीप परिवारले मात्र नभएर सम्पूर्ण गाड़ीधुराले नै एक असल अनि सक्रिय सामाजिक कार्यकर्ता गुमाएको छ। तिनले विशेषगरी छेत्रीको निधनले गाड़ीधुरा नवदीप परिवारमा शून्यता छाएको छ भनी बताएका छन्। अर्कोतिर गाड़ीधुरा नवदीप परिवारका अध्यक्ष गोविन्द छेत्रीले पनि कमल छेत्रीको निधनले परिवारलाई अपूरणीय क्षति भएको बताएका छन्। तिनले स्वर्गीय छेत्री क्लबको कुनै पनि कार्यमा पछि नहट्ने व्यक्ति रहेको तथा तिनी आफ्नो तन, मन, धन दिएर खट्ने व्यक्ति थिए भन्दै उनको सदैव वैकुण्ठ वास होस भनी कामना गरेका छन्। परिवारका सचिव रोशन विश्‍वकर्माले स्वर्गीय छेत्री कम्ती बोल्थे तर सदैव क्लबको भलाइको निम्ति बोले भन्दै क्लबलाई सदैव अघि राख्न आफ्नो कार्य गरेर गए भनी बताए। गाड़ीधुरामा मेजर दुर्गा मल्लको शालिग स्थापना गर्न कमल छेत्रीको ठूलो एवम् महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै विश्‍वकर्माले गाड़ीधुरामा प्रत्येक वर्ष आयोजना हुने सार्वजनिक दुर्गा पूजामा पनि उनको ठूलो योगदान र सहयोग रहेको हुन्थ्यो भनी बताएका छन्। उनको निधनप्रति परिवार अतिनै दुःखी रहेका बताउँदै परिवार सदैव उनको कार्यलाई, उनको योगदानलाई स्मरण गर्ने सचिव विश्‍वकर्माले बताएका छन्।


Share this news
आजको रोजाइ
निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी