क्याप्टेन जिन्तु गोगोई, वीर चक्र स्मृति फुटबलको समापन

Share this news

४ फरवरीदेखि सुरु भएको २१औँ क्याप्टेन जिन्तु गोगोई, वीर चक्र स्मृति फुटबल प्रतियोगिता असमको डिब्रुगढ जिल्ला अन्तर्गत दुलियाजन स्थित नेहरू खेल मैदानमा भव्य रूपमा सम्पन्न भयो। प्रतियोगिता भारतीय सेनाद्वारा आयोजना गरिएको कार्यक्रममा वीर शहीद क्याप्टेन जिन्तु गोगोई का पिता थोइराम गोगोई तथा माता श्रीमती दुलुप्रभा गोगोई मुख्य अतिथिका रूपमा उपस्थित हुनु भयो। साथै भारतीय सेनाका जनरल अफिसर कमाण्डिङ लेफ्टिनेन्ट जनरल अभिजित एस. पेन्धारकर (एभिएसएम, वाईएसएम) सहित उच्च अधिकारी तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा खुकुरी नृत्य, भांगड़ा नृत्य, Assam Rifles द्वारा डग शो, झूमर नृत्य तथा अन्त्यमा बिहु नृत्य प्रस्तुत गरियो। Assam Rifles को पाइप ब्यान्ड प्रदर्शनले कार्यक्रमलाई अझ आकर्षक बनायो।

प्रतियोगिताको फाइनल खेल लेखाङ स्पोर्ट्स क्लब र बारेकुरी एफ.सी. बीच भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा लेखाङ स्पोर्ट्स क्लब विजयी भयो। विजेता टोलीलाई ११ लाख रुपैयाँसहित ट्रफी र उपविजेतालाई ७ लाख ५० हजार रुपैयाँ प्रदान गरियो। उत्कृष्ट खेलाडीहरूको प्रदर्शनले दर्शकहरू मन्त्रमुग्ध बने।

हरेक वर्ष माथिल्लो असमको तिनसुकिया क्षेत्रमा आयोजना हुँदै आएको यस प्रतियोगिताले क्याप्टेन जिन्तु गोगोईको साहस, देशभक्ति र समर्पणलाई स्मरण गराउँदै युवापुस्तामा राष्ट्रप्रेम र अनुशासनको भावना जगाउँदै आएको छ। उहाँ १७ गढवाल राइफल्स मा सेवा गर्दै १९९९ को कार्गिल युद्धमा वीरगति प्राप्त गरी वीर चक्रबाट सम्मानित हुनुभएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ