केही दिनदेखि भइरहेको यातायात जामले वैकल्पिक मार्गको याद दिलायो

Share this news

खरसाङ, (निसं): विगत केही दिनदेखि खरसाङ शहरी क्षेत्रमा भइरहेको यातायात जामको समस्याले जनसाधरणलाई वैकल्पिक मार्गको याद दिलाएको छ। वर्तमानमा मानिसहरूमा वैकल्पिक मार्गको बारेमा चर्चा चलिरहेको छ। पटक-पटक भइरहने यातायात जामले मानिसहरू दिक्क बनेका छन्‌‍। यातायात जामको कारण मानिसहरूले विभिन्न समस्याको सामना गरिरहेका छन्‌‍। केही दिनदेखि खरसाङ्को रोहिणी रोड त्यसपछि खरसाङ बजार भएर सिक्किमका गाड़ीहरू पनि चलिरहेका छन्‌‍ भने दार्जीलिङदेखि सिलगढ़ी जाने गाड़ीहरू पनि खरसाङ बजार भएर रोहिणीबाट चलिरहेका छन्‌‍। अघिको समयमा खरसाङ बजार क्षेत्रमा यान-वाहनको चलाचलमा अधिक वृद्धि भएको स्थितिमा दार्जीलिदेखि सिलगढ़ी गइरहेका गाड़ीहरू खरसाङ टुरिष्ट लजबाट कप्तान सुरज शर्मा पथ (बाईपास रोड) बाट पंखाबारी रोड भएर पठाइन्थ्यो। कप्तान सुरज शर्मा पथ विगतको वर्षाको भलले क्षतिग्रस्त बनेकोले यसको मरमत कार्य चलिरहेको छ। वर्तमानमा दार्जीलिङदेखि सिलगढ़ी जाने गाड़ीहरू उक्त मार्गबाट चलाउने स्थिति छैन। यसो हुँदा खरसाङ बजार भएर यान-वाहनको चलाचलमा थप वृद्धि भएको छ। खरसाङ बजारको साँघुरो सड़क त्यसैमाधि गाड़ी जामको स्थितिले जनसाधरण दिक्क बनेका छन्‌‍। जामको अवस्थामा आफ्नो आवश्यक कामको निम्ति बजारमा हिँड़िरहेका मानिसहरू फतफताउदै हिँड़िरहेको देखिएको छ। खरसाङ बजारमा यस प्रकार समय-समयमा हुँने गाड़ी जामको समस्या समाधानको निम्ति वैकल्पिक मार्ग निर्माणको निम्ति चाँड़ो भन्दा चाँड़ो पाइला चाल्नु पर्ने धेरै मानिसहरूले आफ्नो मनसाय जाहेर गरिरहेका छन्‌‍। पुलिस विभागमा कार्यरत डुमाराम बस्तीका एक व्यक्तिले वर्तमानको जामको स्थिति चिन्ता जनक रहेको बताउदै खरसाङ बजारमा हुने यस प्रकारको जामको समस्यालाई भविष्यमा हुँन नदिनको निम्ति वैकल्पिक मार्ग नै उत्तम र उपयुक्त कदम बताए। तिनले दुधेदेखि माथिबाट बुङ्कुलुङ हुँदै धजिया बस्ती हुँदै गएको सड़कलाई दार्जीलिङ गामी वैकल्पिम मार्गको रुपमा विकसित गरिएको खण्डमा उपयुक्त हुने बताए। डाउहिल रोडका कुमार थापाले खरसाङ्को चौकी डाँड़ाबाट डाउहिल, चिम्नी, देवराली, बाघगौड़ा हुँदै घुम-जोरबंगलो निस्कने बाटोलाई वैकल्पिक मार्गको रुपमा विकसित गर्नु पर्ने बताए। तिनले वर्तमानमा पनि यो बाटोलाई वन्‌‍ वेको रुपमा चलाउन सकिने तर बाघगौड़ादेखि ओह्रालो दिलाराम निस्कन पर्ने अवस्था रहेको बताए। तिनले भने डाउहिल, चिम्नी, देवरालीदेखि बाघगौड़ासम्म बाटो राम्रै छ तर त्यहाँदेखि उता जंगल क्षेत्रमा बाटो अति साँघुरो र ठाउँ-ठाउँमा भक्तिएको अवस्थामा छ। यसैले यो बाटोलाई वन्‌‍ वे गरिएको खण्डमा दिलारामदेखि बाघगौड़ा निस्किएर चिम्नी, देवराली, डाउहिल भएर चौकी डाँड़ासम्म गाड़ी चलाउन सकिन्छ। तिनले वर्तमानमा पनि कतिपय गाड़ी राष्ट्रिय राजमार्ग 110 मा जाममा पर्ने भयले यो बाटो चलिरहेको पनि बताए। खरसाङ, खरसाङ वरिपरिका स्थान लगायत पहाड़मा गाड़ीको संख्यामा प्रत्येक दिन बढ़ोत्तरी भइरहेको छ। विगतको तुलनामा पहाड़ घुम्न आउने पर्यटकहरूको संख्यामा पनि वृद्धि भइरहेको छ। यस्तो अवस्थामा ब्रिटिश कालमा निर्माण गरिएको साँघुरो वर्तमानको राष्ट्रिय राजमार्ग 110 को भरमा बसेको खण्डमा भविष्यमा यातायात जामको समस्याले अझ विकराल रुप लिन सक्ने पर्याप्त सम्भावना देखिएको छ। वैकल्पिक मार्गको चर्चा वर्तमानमा सरकारको माथिल्लो स्तरमा चलिरहेको कुरो प्रकाशमा आइसकेको छ। यसको निम्ति चाँड़ो कदम चाल्न पर्ने आवश्यकता देखिएको छ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ