चित्रकारिताको क्षेत्रमा आशाको किरण ईश्या तामाङ

Share this news

चुङथुङ, 4 जुलाई (निसं): लोवर चुङथुङ सिरिसे स्वर्णिम प्रभा संघ निवासी ईश्या तामाङ अहिले चित्रकारितामा धेरै चर्चित हुन थालेकी छिन्। सानो उमेरमा उनले धेरै प्रगति गरेको कारण उनलाई अहिले लोवर चुङथुङ अन्तर्गत
धेरै समाज संघ संस्थाहरुले उनलाई प्रोत्साहन गर्दै सम्मान जनाई सकेका छन् भने हालै पुल बजार सार्वजनिक भवनमा पुल बिजनबारी खण्ड स्तरीय बुद्धिष्ट एशोसिएसनको पक्षबाट
उनलाई सम्मान जनाईयो। यस अघि लोवर चुङथुङ अन्तर्गत टाईगर हिल क्लब, डी सी सी एन एल लोवर चुङथुङ लगायत  भागोप्रमो चुङथुङ मेरिबुङ तामसाङद्वारा आयोजित समष्टि स्तरीय जीटीए आइडलको अडिसन कार्यक्रममा पनि ईश्यालाई सम्मान जनाई एको थियो। यसरी उनले निरन्तर रूपमा चित्रकारिताको क्षेत्रमा सम्मान पाउँदै आईरहेकी छिन्। यसरी चित्रकारिताको क्षेत्रमा आफुलाई सम्मान गरेकोमा धेरै खुशी र प्रोत्साहन पाएको ईश्याले जनाइन्। भविष्यमा अझ बढी प्रगति गर्ने अनि व्यवसायको रूपमा चित्रकला अपनाउने पनि उनले बताइन्।




Share this news
आजको रोजाइ
एडवर्ड्स फाउण्डेशनद्वारा श्रद्धा यात्राको शुभारम्भ

एडवर्ड्स फाउण्डेशनद्वारा श्रद्धा यात्राको शुभारम्भ

गोर्खा रैथाने हाटद्वारा बेरोजगार लाभान्वित

गोर्खा रैथाने हाटद्वारा बेरोजगार लाभान्वित

क्षेत्र विकासमा समर्पित डा. निम छिरिङ लेप्चा

क्षेत्र विकासमा समर्पित डा. निम छिरिङ लेप्चा

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

गायक अनिल फागोको गजल सार्वजनिक

गायक अनिल फागोको गजल सार्वजनिक

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती