अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन पत्राचार

Share this news

अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रा- लयलाई पत्राचार गरेको छ।

शिक्षा मन्त्रालयले बिहीबार गृह मन्त्रालयलाई पठाएको पत्रमार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातहरूमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचाक गरेको हो।

मन्त्रालयका अनुसार काठमाडौंस्थित वाल्मिकी विद्यापीठको नामबाट “एकेडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा” भन्ने विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिस गरिएको थियो । तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीको नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आम्दानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययनसम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ ।

अनुगमनका क्रममा उक्त व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दाबी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ । साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिदहरू समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यसै क्रममा मन्त्रालयले सोही विद्यापीठको नामबाट यसअघि प्राप्त अर्को पत्रसमेत नक्कली रहेको पाइएको जनाएको छ । मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट पेश गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएको सिफारिस पत्रसमेत खारेज गरिएको छ ।

मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उक्त घटनासँग सम्बन्धित सबै पक्षमाथि विस्तृत छानबिन गरी प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको हो । साथै अध्ययन भिसा सिफारिस प्रक्रियाको दुरुपयोग रोक्न सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको पनि औँल्याइएको छ ।

नेपालमा विदेशी विद्यार्थीलाई अध्ययनका लागि भिसा सिफारिस गर्दा सम्बन्धित शैक्षिक संस्थाबाट जारी भएका भर्ना, अध्ययन तथा शुल्कसम्बन्धी आधिकारिक कागजातका आधारमा प्रक्रिया अघि बढाइन्छ । अध्यागमन विभागले समेत अध्ययन भिसा सिफारिस गर्दा विद्यार्थी वास्तविक रूपमा अध्ययनमा संलग्न रहेको सुनिश्चित गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, नेपाल सरकारका विभिन्न निकायहरूले भिसा वा वैदेशिक अध्ययनसम्बन्धी कुनै पनि प्रक्रियामा गलत, भ्रामक वा नक्कली कागजात पेश गरेमा कानुनी कारबाही हुन सक्ने भन्दै समय–समयमा सचेत गराउँदै आएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिएको छ । मन्त्रालयले अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने पनि स्पष्ट गरेको छ ।

Share this news
आजको रोजाइ
फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

पद्म पुरस्कार २०२६ मा पश्चिम बंगालका विभूतिहरू सम्मानित

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

दक्षिण कोरिया विरुद्ध चेकियाका मुख्य आकर्षणहरू,

दक्षिण कोरिया विरुद्ध चेकियाका मुख्य आकर्षणहरू,

फेन्चेटारमा अन्य राजनैतिक दलका समर्थकहरू गोरामुमोमा सामेल

फेन्चेटारमा अन्य राजनैतिक दलका समर्थकहरू गोरामुमोमा सामेल

अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन पत्राचार

अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन पत्राचार

जिमखाना क्लबका कर्मचारीहरूको माग लिएर श्रम उपायुक्तसँग भेटवार्ता

जिमखाना क्लबका कर्मचारीहरूको माग लिएर श्रम उपायुक्तसँग भेटवार्ता

आईजीजेएफ टोलीले इन्टरलोक्युटर पंकज कुमार सिहसंग गर्यो भेट

आईजीजेएफ टोलीले इन्टरलोक्युटर पंकज कुमार सिहसंग गर्यो भेट

कृषिमा नवीनता भित्र्याउँदै लिङदिङका उद्यमी कृषक

कृषिमा नवीनता भित्र्याउँदै लिङदिङका उद्यमी कृषक

आजको रोजाइ