स्वतन्त्रता दिवस नकाउट खुल्ला फुटबल टुर्नामेन्टमा चार टीम अघिल्लो चरणमा

Share this news

खरसाङ, (निसं)ः खरसाङ महकुमा खेलकुद संघ अनि स्वाधीनता दिवस समारोह समितिको संयुक्त आयोजनामा बिहीवारदेखि स्वतन्त्रता दिवस नकाउट खुल्ला फुटबल टुर्नामेन्ट आरम्भ भएको छ। खरसाङ्को भिक्टोरिया बोईज स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको पहिलो खेल बिहीवार टुङ युनाइटेड अनि आईआईसी खरसाङ्माझ सम्पन्न भयो। यस खेलको पूर्वार्धमा कुनै दलका खेलाड़ीहरूले गोल गर्न सकेनन्‌‍। खेलको उत्तरार्धमा दुवै दलका खेलाड़ीहरूले आफ्नो दलको पक्षबाट 1-1 गोल गरे। खेलको अन्तिम सिटी रेफरीले फुक्दा दुवै दल 1-1 गोलको बराबरीमा रहेकाले खेलको निर्णय 5-5 पेनल्टी सुटाउटद्वारा गर्ने निर्णाय गरियो। पेनल्टी सुटाउटमा टुङ टुनाइटेडका खेलाड़ीहरू 4 गोल गर्न सफल बने भने आईआईसी खरसाङ्का खेलाड़ीहरूले 2 गोल मात्र छिराउन सफल बने। यसरी यो खेल टुङ युनाइटेडले जितेको छ। यस खेलको म्यान अफ द म्याच आईआईसी खरसाङ्का गोलकिपर शक्ति मंगरलाई चयन गरियो। दोस्रो खेल लिजेण्ड खरसाङ अनि महानदी युनाइटेडमाझ सम्पन्न भयो। निकै रोमाञ्चक रहेको यो खेलको पूर्वार्धमा दुवै दलका खेलाड़ीहरूले 1-1 गोल गरेका थिए भने खेलको उत्तरार्धमा महानदीका खेलाड़ीले 1 गोल गरे। यस प्रकार यो खेल महानदी युनाइटेडले 1 गोलको विरुद्ध 2 गोलले जितेको छ। महानदीका खेलाड़ी जर्सी नम्बर 7 वाङ्गेल तामाङले 2 गोल गरे भने लिजेण्ड खरसाङ्का खेलाड़ी जर्सी नम्बर 10 चिराग थापाले 1 गोल गरेका थिए। यस टुर्नामेन्टको दोस्रो दिनको खेल पनि शुक्रवार सम्पन्न भएको छ। शुक्रवारको प्रथम खेल युकेएफसी जुनियर अनि दिलाराम युनाइटेडमाझ सम्पन्न भयो। यस खेलमा दुवै दलका खेलाड़ीहरूले उक्तृष्ट खेलको प्रदर्शन गर्दै खेलेका थिए। खेलको समय पुरा हुँदासम्म दुवै दलका खेलाड़ीहरूले 3-3 गोल गरेकाले खेल पेनल्टी सुटाउटद्वारा निर्णय गरियो। पेनल्टी सुटाउटमा युकेएफसीका खेलाड़ीहरूले 4 गोल गरे भने युनाइटेड दिलारामका खेलाड़ीहरूले 2 गोल मात्र गर्न सके, यस प्रकार यो खेल युकेएफसी जुनियरले 5 गोलको विरुद्ध 7 गोलले जितेको छ। यस खेलमा म्यान अफ द म्याच युकेएफसी जुनियरका खेलाड़ी जर्सी न0 10 श्रीजल राई भए। दोस्रो खेल सेकेण्ड 11 जीआर अनि सन्तमेरिज एफसीमाझ सम्पन्न भयो। यस खेलमा सेकेण्ड 11 जीआरको दबाव खेलको अवधिभर देखियो। सेकेण्ड 11 जीआरका खेलाड़ीहरूले 5 गोल गरे भने सन्त मरिज एफसीका खेलाड़ीहरूले 1 गोल मात्र गर्न सके। यसरी यो खेल सेकेण्ड 11 जीआरले 1 गोलको विरुद्ध 5 गोलले जितेको छ। यस खेलमा म्यान अफ द म्याच सेकेण्ड 11 जीआरका जर्सीन न0 9 सुनिल तामाङ भए। यस खेलको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका अरविन्द छेत्री, ईश्वर राई, शौरभ शंकर, सुरेन गुरुङ अनि रिमिका प्रधानले गरेकाथिए। यस टुर्नामेन्टमा जम्मा 10 वटा टीमले भाग लिएका छन्‌‍, जसमा गत वर्षको विजेता टीम घुम्ती फुटबल क्लब अनि उपविजेता हिल्स फुटबल अकादामी पनि रहेका छन्‌‍। यस टुर्नामेन्टको फाइनल खेल आगामी 15 अगस्त स्वतन्त्रता दिवसको दिन भिक्टोरिया स्कूलको खेल मैदानमा सम्पन्न हुनेछ। खरसाङ महकुमा खेलकुद संघका उपाध्यक्ष फूर्बा घिसिङले बताए अनुसार यस टुर्नामेन्टको विजेता दललाई चार किलोग्राम चाँदीको विजेता कपको साथमा नगद राशि प्रदान गरिनेछ भने उपविजेता दललाई उपविजेता कप अनि नगद राशि प्रदान गरिनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ