‘मन घिसिङ सबैभन्दा असक्षम नेता हुन्’ भनेको थिएँः मनोज बोगटी

Authored By: --मनोज बोगटी

Share this news

जेटीभीका पत्रकार दिवाकर जलढक्केसितको एउटा अन्तरवार्तामा मैले सन्दर्भबस’मन घिसिङ सबैभन्दा असक्षम नेता हुन्’ भनेको थिएँ। उतिखेर गोरामुमोका धेरै नेताहरूले मलाई गाली गरे। आलोचना भनेको आफूलाई तिखार्ने हतियार हो, राजनीति जान्नेले आफूमाथिका आलोचनाबाट आफूलाई सम्पादन गर्छ। तर असक्षम त असक्षम नै हो, र त्यो साबित पनि भयो।
गोरामुमो, मन घिसिङ र निरज जिम्बा सिद्धियो। क्रामाकपा त झन चुपचाप सिद्धिसक्यो। अब पालो….
मलाई सम्झौताअघिका सुबास घिसिङ असाध्यै मनपर्छ। तिनको अध्ययन, वैचारिकी, चेतना र तर्क, म हायलकायल हुन्छु। तर सम्झौतापछिको सुबास घिसिङ हाम्रा, गोर्खाका र पहाडका सुवास घिसिङ थिएनन्। एक ‘कम्फ्रोमाइ्ज्ड ‘ लिडर थिए। पपेट थिए। तिनको सम्झौताले नै पहाडमा ‘लम्पसारवाद’ जन्मायो। तिनीपछिका सबै नेताहरूको मूल सिद्धान्त नै ‘लम्पसारवाद’ बन्यो।

यो लम्पसारवादले पहाडलाई मार्छ।
पहाड अग्लोको विम्ब हो
स्वाभिमानको विम्ब हो
लम्पसारवादले त्यही विम्ब खोस्छ।
मैदानमा जति पनि महत्वाकांक्षी नेताहरू देख्दै हुनुहुन्छ, उनीहरूको शरिरमा त्यही लम्पसारवाद-को रगत कुदिरहेको छ। अहिले ‘परिमार्जित लम्पसारवाद’-को लहर चल्दैछ।

मलाई साह्रै नराम्रो लागेको चाहीँ, गोरामुमोका समर्थकहरूमाथि भएको ‘धोका’ -को हो। उनीहरूले नेतृत्वमाथि गरेको समर्थनमा कुनै स्वार्थ थिएन। निस्वार्थ ती समर्थकहरूलाई अहिले मन घिसिङ र निरज जिम्बाले धुलोमा घोप्टाएर मुन्टै मुन्टोमा टेकेर कुल्मिमिल्चि गरिदिए। उनीहरूको मनमा कत्रो चोट छ, त्यो कुनै नेताले पनि बुझ्न सक्दैन।
नेताका हरेक डिसिसनले पार्टीको सिद्धान्त, माटो, जाति र मुद्दाको सुरक्षा गरेको हुनुपर्छ, नेताले यसो गरिदिएन भने समर्थक भडखालोमा पर्छ। अहिले गोरामुमो मात्र होइन, क्रामाकपा, गोजमुमो र बिजेपी कै पनि समर्थकहरूलाई चोट परिरहेको छ।
यतिखेर समर्थकहरूको टाउकोभरि आक्रोस छ। यो आक्रोस एकठाउँ भेला भयो भने के हुन्छ? सोच्नुस् त…..

जुन जुन दलका नेता मन घिसिङकै बाटोमा हिँड्दैछन्, ती दलका समर्थकहरूले बुझ्नुस्, आज गोरामुमो, बिजेपी र क्रामाकपाका समर्थकहरूको जुन हालत छ, भोलि त्यो तपाईँको हुनेछ।
दुश्मन तिनीहरूको अघि खित्का छोड्दै हाँसिरहेका छन्, उनीहरू मुटु चिरा चिरा पारेर लाचारीसहित सहनु पर्ने स्थितिमा पुगे। जुन पार्टीमा समर्थकहरूको विश्वास, भरोसा, चेतना र स्वाभिमानको कदर हुँदैन, त्यो पार्टी सिद्धिन्छ।
°अजय एडवर्डले यो कुरा बुझेनन् भने पञ्जिकरण नभई आइजिजेएफ पनि सिद्धिन्छ।

अँ, भागोप्रमोका समर्थकहरू अहिले रमाइरहेका होलान्, छिट्टै उनीहरूको पनि स्थिति खराब हुनेवाला छ। किन भने तिनका नेता ‘कम्फ्रोमाइ्ज्ड’ ‘पपेट’ र ‘अगणतान्त्रिक’ छन्।यो समर्थकको लागि मात्र होइन पहाडकै लागि खतरा हो।
नेताहरूलाई सुझाउ-
आफूलाई पैसा बाहिर राखेर हेर्नुस, आफूलाई नाङ्गै देख्नु भो भने सोच्नुस्, यो तीन वर्षमा पतनको इतिहास लेखिँदैछ।
जब सबै दलका समर्थकहरूको टाउकोभरिको आक्रोस एकठाउँ भेला हुन्छ, तब के होला… सोच्नुस् त…..
‘जय जनता’ त्यसै भनिएको होइन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ