घुम खासमहल ग्राम पञ्चायत कार्यालय नवनिर्मित भवनको उद्घाटन

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): एक कार्यक्रमको साथमा जोरबंगलो सुकिया पोखरी खण्ड अधिनस्त घुम खासमहल ग्राम पञ्चायत कार्यालयको नवनिर्मित भवनको गत बुधबार उद्घाटन गरियो। कार्यक्रममा खण्ड विकास अधिकारी आर्ध्य गुहा खण्ड पञ्चायत समिति सभापति सोनाम डोमा डुक्पा, क्षेत्रीय सभासद प्रमोस्कर ब्लोन, सुकिया-मानेभञ्ज्याङ सभासद उदय देवान लगायतको उपस्थित थियो भने उनीहरुकै बाहुलीबाट कार्यलयको नवनिर्मित भवनको उत्घाटन गरियो। यसका साथै कार्यक्रममा ग्राम पञ्चायतको स्थापना कालदेखि हालसम्म वार्ड सदस्यको रूपमा सेवा पुर्‍याउने घुम-खासमहल ग्राम अधिनस्तका सम्पुर्ण भुतपुर्व वार्ड सदस्यहरुसंगै विभिन्न क्षेत्रहरुबाट सेवा पुर्‍याउने समाजसेवीहरुलाई ग्राम पञ्चायतको पक्षबाट सम्मान समेत गरियो।औपचारिक रूपमा आयोजित कार्यक्रममा आजको दिन एतिहासिक भएको तथा ग्राम पञ्चायतको नयाँ भवनले सर्वसाधारणको असुविधालाई सहज बनाउने खण्ड पञ्चायत समिति सभापति सोनम डोमा डुक्पाले बताए भने पञ्चायत स्थापनादेखि नै सेवा पुर्‍याउने  सबैलाई यसरी सम्मान गरेकोमा आभार समेत उनले प्रकट गरिन।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन