गोर्खा जनशक्ति युवा फ्रण्टको खरसाङ महकुमा पूर्णाङ्ग समिति गठन गरियो

Share this news

खरसाङ, (निसं)ः गोर्खा जनशक्ति युवा फ्रण्टको खरसाङ महकुमा पूर्णाङ्ग समिति गठन गरियो। आईतवार गोर्खा जनशक्ति युवा फ्रण्टको एक सभा खरसाङ पार्टी कार्यालयमा सम्पन्न भएको थियो, यसै सभामा उक्त पूर्णाङ्ग समिति गठन गरिएको हो। यस सभालाई सम्बोधन गर्दै इण्डियन गोर्खा जनशक्ति युवा फ्रण्ट खरसाङ महकुमा समिति पूर्णरुपमा गठन गर्नलाई यो सभा आयोजना गरिएको युवा फ्रण्ट खरसाङ महकुमा समिति मूल सचिव दर्शन तामाङ्ले जनाए।

यो सभा युवा फ्रण्ट खरसाङ महकुमा समितिको कार्यवाहक अध्यक्ष दिपराज रसाईलीको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट खरसाङ महकुमा समिति अध्यक्ष सुरज घिसिङ, मूल सचिव अल्फ्रेड तामाङ, प्रचार प्रसार सचिव दया देवान अतिथिको रुपमा उपस्थित थिए। सभामा खरसाङ महकुमा समिति अन्तर्गत पर्ने 9 वटा समष्टिबाट युवा फ्रण्टका प्रतिनिधिहरूको उपस्थिति थियो।

सभालाई सम्बोधन गर्दै खरसाङ महकुमा समिति मूल सचिव अल्फ्रेड तामाङले युवा शक्ति भनेको विश्वको राजनीतिमा सबैभन्दा ठूलो शक्ति रहेको बताउदै भने, युवा शक्तिले अब गोर्खा जाति र पहाड़को सुरक्षाको जिम्मा काँधमा लिएर पार्टी केन्द्रीय संयोजक अजय एडवर्डको हात दह्रिलो बनाउन पर्छ। आजसम्म हामीले पहाड़मा धेरै क्षेत्रीय दल र नेताहरुलाई साथ दियौंँ, तर सबै हाम्रो बहुमूल्य मतले सत्तामा पुगेपछि आफ्नो दुनो सोझ्याउने काम मात्र गऱ्यो। अजय एडवर्ड जस्ता नेता आज हामीमाझ आएका छन्‌‍। उनलाई हामीले पूर्ण रूपमा समर्थन र सहयोग गर्नुपर्छ। खरसाङ महकुमा समिचति प्रचार प्रसार सचिव दया देवानले वर्तमान दार्जीलिङ पहाड़को राजनीति लथालिङ्गै र भताभुङ्गै भएको बताउदै जाति र पहाड़को नाममा जनताको व्यापार गरिन्दैछ भनी गुनासो गरे। तिनले भने, विधानसभा चुनावको अघि पहाड़ भरि बाटो-घाटो, सार्वजनिक भवन, झोड़ा, नालाको शिलान्यास भइरहेको छ। अचम्मै लाग्छ, यी सबै चुनावअघि मात्र किन हुन्छ? जनताले बुझ्न पर्छ यो एउटा राजनैतिक स्टण्ड मात्रै हो। चुनाव हारे अनिता थापाले यी शिलान्यास गरेको कामहरू गर्दिन भन्दैछन्‌‍।
खरसाङ महकुमा समिति अध्यक्ष सुरज घिसिङले युवा शक्ति कुनै पनि राजनीतिक पार्टीको निम्ति मेरूदण्ड हो। आजका युवा भोलिको देशका कर्णधार हुन्‌‍। युवाहरू अब सचेत भएर आउन पर्छ, भावी पीडिको निम्ति आफ्नो आँगन, कोठेबारीको जगेरा गर्न अजय एडवर्डलाई निःस्वार्थ भावले साथ दिनपर्छ भनी आह्वान गरे। सभालाई मुण्डा बाँसघारीका महेन्द्र राई, मङ्पू लाठपचर समष्टिका प्रज्ञान गुरुङले पनि सम्बोधन गरेका थिए। सभाका सञ्चालन महकुमा युवा फ्रण्टका मूल सचिव दर्शन योज्जन लामाले गरेका थिए।

पार्टीका खरसाङ महकुमा समिति प्रचार प्रसार सचिव दया देवानले बताए अनुसार गत 5 फ़रवरीको दिन खरसाङ्को राज राजेश्वरी हलमा सम्पन्न कर्मी सभामा पार्टीका केन्द्रीय संयोजक अजय एडवर्डद्वारा घोषणा गरिए अनुसार युवा फ्रण्टको खरसाङ महकुमा समितिको पूर्णाङ्ग कमिटी गठन गरिएको हो। यस पूर्णाङ्ग कमिटीमा विभिन्न समष्टिबाट पदाधिकारी साथै कार्यकारीणी सदस्यहरू चयन गरिएको छ। पूर्णाङ्ग महकुमा समितिमा सभापति विमल तामाङ, कार्यकारी सभापति दिपराज रसाईली, उप सभापति विश्व राई, मूल सचिव दर्शन योञ्जन लामा, सह सचिव पेट्रिक राई, विनय थापा, प्रचार प्रसार सचिव खरसाङ शहरबाट अभिनय थापा, सिटोङबाट प्रज्ञान गुरुङलाई चयन गरियो। कमिटीमा सल्लाहकारको रुपमा किस्मत देवान, महेन्द्र राई, पेम्बा तामाङ, क्षितिज तामाङ, अनिकेत मोक्तान, प्रमित छेत्री लगायत पन्ध्र कार्यकारिणी सदस्यहरू चयन गरी जम्मा 31 सदस्यीय कमिटी गठन गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ