IGJF will meet with all political parties
IGJF will meet with all political parties

आइजीजेएफले सबै राजनैतिक दल, संघ संस्थाहरूसंग भेट गर्ने

Share this news

“इन्टरलोक्युटर समक्ष हामी सबैको एउटै आवाज हुन पर्ने इण्डियन गोर्खा जनशक्ति फ्रण्टका सदस्य कमल शर्माले बताएका छन्। किनकि इन्टरलोक्युटर समक्ष सबै राजनैतिक दल, संघ संस्थाहरूको एउटै आवाज रहनु पर्छ भन्ने इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आहवान गरेको छ। पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन समस्यालाई समाधानको मार्ग निकाल्न भारत सरकारले पूर्व आइपीएस अधिकारी पंकज कुमार सिंहलाई इन्टरलोक्युटर नियुक्ति गरी सकेको छ। पहाड तराई डुवर्स तथा गोर्खाहरूको समस्या बुझ्न इन्टरलोक्युटर सिंह चाँडै पहाड तराई डुवर्स आउने भएका छन् अनि यहाँको राजनैतिक दलहरूदेखि लिएर संघ संस्थाहरूसंग भेटेर कुराकानी गर्ने भएका छन्। इन्टरलोक्युटरलाई वा इन्टरलोक्युटर समक्ष हामी सबै राजनैतिक दलहरू तथा संघ संस्थाहरूको एउटै अवधारण हुन पर्छ भन्ने विषयलाई ध्यानमा राख्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पूर्व आइपीएस अधिकारी नर्बु छिरिङ, पूर्व सभासद प्रकाश गुरूङ, कमल शर्मा र फिन्जो वाङगेल गुरूङ यी चार जनाको टीम तयार गरेको छ। यी चार जनाको टीमले सबै राजनैतिक दलहरूसंग संगै संघ संस्था साथै बुद्धिजीविहरूसंग भेटेर इन्टरलोक्युटर बंगालदेखि बाहिर, भारतभित्र छुट्टै ब्यवस्था हुन पर्छ भन्ने एउटै स्वरमा राख्न पर्छ भन्ने विषयमा जोर दिनेछ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो अडान अघिबाटै स्पष्ट गरिसकेको छ। बंगालदेखि बाहिर भारतभित्र गोर्खाहरूको अलग राज्य हुन पर्छ अनि इन्टरलोक्युटर समक्ष हामी यही कुरा स्पष्टसंग राख्ने छौं, चानचुने ब्यवस्थामा हामी जानु हुँदैन, यस पटक हामीले राम्रो अवसर पाएका छौं अनि यो अवसरलाई हामीले गुमाउन हुँदैन भन्ने हाम्रो अडान छ अनि यो अडानलाई पार्टीले अघिबाटै घोषणा पनि गरिसकेको छ। पहाड तराई डुवर्स आदि क्षेत्रहरूमा विभिन्न राजनैतिक पार्टी तथा संघ सस्थाको गठन गरेर अलग राज्य गोर्खाल्याण्ड गठनको निम्ति उनीहरूले अभियान चलाइरहेका छन्, ती सबै तथा हामी सबैको एउटै आवाज हुन पर्छ भन्ने हाम्रो अवधारना छ। हामी सबै राजनैतिक दलहरू अनि संघ संस्थाहरूसंग भेटेर कुराकानी गर्ने छौं अनि एउटै आवाजको निम्ति अनुरोध पनि गर्ने छौं। हामी सबैले इन्टरलोक्युटर समक्ष एउटै कुरा राख्न पर्छ साथै एउटै आवाज बन्न पर्छ भन्ने हाम्रो अनुरोध रहेको छ। सन्1986 को आन्दोलनको क्रममा पनि भारत सरकारले इन्टरलोक्युटर नियुक्ति गरेको थियो भन्ने हामीले सुनेका थियौं, तर त्यस समय एउटै पार्टीको दबदबा रहेको हुनाले इन्टरलोक्युटरको विषय जनताले स्पष्टसंग सुन्ने र जान्ने अवसर पाएनन्, विगतको आन्दोलनमा पनि त्यस्तै भएका थिए तर तर विगतको तुलनामा अहिले पहाड तराई डुवर्सको राजनैतिक पृष्ठ भूमि छुटटै छ। धेरै राजनैतिक दलहरूसंगै धेरै संघ संस्थाहरू छन्, यी राजनैतिक पार्टी साथै संघ संस्थाहरूले निःस्वर्थ भावले जाति र जातीया उन्मुक्तिको निम्ति काम गर्दै आएका छन्। यी निःस्वार्थ भावमा काम गर्दै आएका राजनैतिक पार्टी तथा संघ संस्थाहरूलाई समेटेर लैजान पर्छ भन्ने आइजीजेएफको सोच रहेको छ। हामीले सबैको भावनालाई कदर गर्नु पर्छ, सम्मान गर्नु पर्छ। यदि नगरेको खण्डमा विगतमा जस्तै हामी फेरि पछाडिने छौं, जब हामी एकवद्ध हुन्छौं तब हामी सफल भएको थुप्रै तथ्यहरू छन्। भाषाको आन्दोलनमा पनि हामी एकवद्ध भएका थियौं, त्यसरी नै 2007 मा छैटौं अनुसूचिलाई रोक्न हामी सबै एकवद्ध भएका थियौं अनि दिल्लीमा सांसदीय समिति अघि उभाउँदा छैटौं अनुसूचि रोक्ने अभियान सफल भएको थियो। आज फेरि हामी एकवद्ध बन्ने साथै एउटै आवाजमा दीर्घकालीन समस्या इन्टरलोक्युटर समक्ष राख्ने समय आएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ