गोर कानुनी निर्माण अनि नगरपालिकाको सम्पत्ति बिक्रीको विरोध आईजीजेएफद्वारा कानुनी नोटिस

Share this news

खरसाङ, (निसं): खरसाङमा कानुन व्यवस्था छैन जस्तो लाग्छ किनभने दुई वर्ष अघि गैर कानुनी रुपमा निर्माणहरु भत्काइएको थियो तर अहिले पुन: गैर कानुनी रुपमा निर्माणहरु शुरु भएको छ भनी इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आरोप लगाएको छ। आईतवार खरसाङ्मा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय सदस्य एवं खरसाङ्को महकुमा सचिव आरके शर्मा, युवा जनशक्ति फ्रण्टका सभापति एवं चिमनी देवराली ग्राम पञ्चायत प्रधान, पार्टीका 28 नम्बर समष्टि संयोजक रोशन थापाले पत्रकार सम्मेलनम्‌ा‍ खरसाङ्मा 2024 को अगस्त महिनामा खरसाङ बजारमा गैर कानुनी रुपमा रहेको निर्माणहरु रोक्नुपर्छ भनेर भत्काइएको थियो अनि यसमा गरिखाने सबैको निर्माण भत्काइएको थियो। तर खरसाङ बजारको पुरानो एफसीआई गोदाममुनितिर रहेको एंव पंखाबारी रोडको शौचालय नजिक क्षेत्रमा बहुतल्ले भवन निर्माण भईरहेको बताएका छन्‌‍। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय सदस्य एवं खरसाङ्का प्रवक्ता साथै खरसाङ महकुमा समिति सचिव आरके शर्माले खरसाङ बजारको पुरानो एफसीआई गोदाममुनितिर रहेको एंव पंखाबारी रोडको शौचालय नजिक क्षेत्रमा बहुतल्ले भवन निर्माण कार्य चलिरहेको छ जसले नाली र हिँड्ने बाटो पनि ढाकेको भनी आरोप लगाएका छन्‌‍। उनले नगरपालिकाले जनसाधारणको निर्माणलाई गैर कानुनी भनेर भत्कायो तर अहिले नगरपालिका क्षेत्रमा बनिरहेको बिल्डिङ्को लागि कसले अनुमति दियो भनी प्रश्न गरेका छन्‌‍। उनले उक्त गैर कानुनी रुपमा निर्माण भइरहेको बिल्डिङ्माथि नगरपालिकाले कार्वाही नगरे आफुहरु कार्वाहीमा उत्रने चेतावनी दिएका छन्‌‍। आरके शर्माले यस विषयमा अधिवक्ता वीरेन्द्र रसाइलीमार्फत्‌‍ नगरपालिकालाई दुईवटा कानुनी नोटिस पठाएको जानकारी गराएका छन्‌‍। उनले यस्तै अर्को सुपर मार्केटमा रहेको खाली ठाउँमा पनि गैर कानुनी रुपमा दोकान बनाएर बेचेकोले यस विषयमा पनि विस्तृत जानकारी मागेर नोटिस पठाएको बताउँदै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सह अभियान्ता गोविन अधिकारी र डेपुटी मजिस्ट्रेट प्रशनजित चौधरीको नाममा कानुनी नोटिस पठाएको जानकारी दिएका छन्‌‍। यी दुईवटा नोटिस खरसाङ बजारमा गैर कानुनी रुपमा निर्माण भइरहेको बिल्डिङ्माथि र नगरपालिकाको सम्पत्तिहरु भटाभट किन बिक्री हुँदैछ भनी स्पष्टीकरण चाहियो भनी पठाएको बताएका छन्‌‍। आरके शर्माले यस विषयमा भने, यो कानुनी प्रक्रियाबिना नै काम भएको छ भने भोलिको दिनमा रद्द पनि हुनसक्छ कारण हामी उच्च अदालतमा जानेछौँ। हामी खरसाङ बजारमा सही तरिकाले काम होस्‌‍ भन्ने चाहान्छैाँं। खरसाङ नगरपालिकामा विगत 4 वर्षदेखि कुनै चुनाव भएको छैन। 2022 मा नै चुनाव हुनु पर्ने हो तर अहिलेसम्म भएको छैन। उनले अघि भने, सरकारको स्वीकृति नपाई काम गर्न अनुमति दिनु गैर कानुनी हो। तर अब खरसाङवासी जाग्नुपर्छ। अत्यचार गर्ने मात्र होइन तर अत्यचार सहनु पनि अपराध हो। खरसाङ बजारमा हुने लापरवाहीमाथि हामी इण्डियन गोर्खा जनशक्ति फ्रण्ट उभिएको हुनेछैाँं। खरसाङ बजारलाई बचाउन अब राजनीतिक पार्टीहरु, मिडिया, नागरिक समाज सबै अघि आउनुपर्छ। खरसाङलाई राम्रो बनाउन सबै अघि आएर पहल गर्नुपर्छ। नागरिकहरु अब सचेत हुनु आवश्यक छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ