आईजीजेएफ पार्टीद्वारा डिजास्टर म्यानेजमेन्ट कमिटी गठन

Share this news

खरसाङ 13 जुलाई (मोहन प्रसाद): इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) पार्टीले ‌‘डिजास्टर‌‘लाई लिएर एउटा डिजास्टर म्यानेजमेन्ट कमिटी गठन भएको छ। खरसाङ शहरस्थित आईजीजेएफ पार्टी कार्यालयमा पार्टीका वरिष्ठ नेतृत्व अनि कार्यकर्ताहरूलाई लिएर महत्वपूर्ण सभा सम्पन्न भयो। यो सभामा वर्तमान बर्खाको मौसमलाई ध्यानमा राख्दै पहिरो संगै अन्य प्राकृतिक प्रकोपको समयमा जनसाधरणलाई सेवा पुऱ्याउने उद्देश्य लिएर आईजीजेएफ पार्टीले एउटा महकुमा स्तरीय आपदा व्यवस्थापन समिति गठन गरेको छ। खरसाङ्को पार्क लोकेशन नजिक मन्टभियट रोडमा रहेको पार्टी कार्यालयमा सम्पन्न उक्त सभामा पार्टीको कार्यकारिणी समितिको केन्द्रिय सदस्य नर्बु छिरिङ भुटिया, सुरज घिसिङ, वरिष्ठ नेता दया देवान, खरसाङ को-अर्डिनेटर रुधीर गुरुङ साथै महकुमाका विभिन्न स्थानबाट आएका पार्टीका प्रतिनिधिहरूको उपस्थिति थियो । सभापछि पत्रकारहरूसित बोल्दै अवकाश प्राप्त आईपीएस नर्बु छिरिङ भुटियाले आइतवारको सभा धेरै महत्वपूर्ण रहेको साथै यस बर्खायममा प्राकृतिक आपदा आएको खण्डमा स्थानीय मानिसहरूलाई सहयोग पुऱ्याउन उद्देश्यले एउटा आपदा प्रबन्धन समिति गठन गरिएको बताए। उक्त समितिको बारेमा थप जनाउँदै सुरज घिसिङले भने, आईजीजेएफ पार्टी मानिसहरूको प्रत्येक सुख-दुःखमा उभिएर आएको छ। यस बर्खायाममा पहाड़मा हुने प्राकृतिक प्रकोपमा पनि जनसाधरणलाई सेवा पुऱ्याउन पनि आवश्यक रहेको छ। यसैले आज पार्टीले महकुमा स्तरीय आपदा प्रबन्धन समिति बनाएको छ। घिसिङले थप जनाउदै उक्त कमिटीका सदस्यहरूको मोबाइल नम्बर पनि हेल्पलाइन नम्बर रुपमा जारी गरेका छन्‌‍। उक्त समितिमा सुरज घिसिङ संगै सोनादा टुङ्को निम्ति अनिता राई, सन्नी बम्जन, खहरे सन्त मेरिज सिङ्गेल चिया बगान क्षेत्रको निम्ति अनुजा राई, बन्दना छेत्री अनि बवीन घले, खरसाङ टाउनको निम्ति रूधीर गुरुङ, सुरज बस्नेत, सुरेन योल्मो, दीपराज रसाइली, मेघराज मुखिया अनि रामकृष्ण शर्मा, चिम्नी देउराली सिटोङ क्षेत्रको निम्ति विमल तामाङ, विकास छेत्री अनि साजन तामाङ साथै महानदी क्षेत्रको निम्ति रणजीत सुब्बा अनि निरेन थापा, शिव खोला क्षेत्रको निम्ति अशोक घले अनि सचित थापा, सन्त मेरिज 3 ग्राम पञ्चायत क्षेत्रको निम्ति निश्चल पाख्रीनलाई उक्त कमिटीमा चयन गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ