आईजीजेएफ पार्टीद्वारा डिजास्टर म्यानेजमेन्ट कमिटी गठन

Share this news

खरसाङ 13 जुलाई (मोहन प्रसाद): इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) पार्टीले ‌‘डिजास्टर‌‘लाई लिएर एउटा डिजास्टर म्यानेजमेन्ट कमिटी गठन भएको छ। खरसाङ शहरस्थित आईजीजेएफ पार्टी कार्यालयमा पार्टीका वरिष्ठ नेतृत्व अनि कार्यकर्ताहरूलाई लिएर महत्वपूर्ण सभा सम्पन्न भयो। यो सभामा वर्तमान बर्खाको मौसमलाई ध्यानमा राख्दै पहिरो संगै अन्य प्राकृतिक प्रकोपको समयमा जनसाधरणलाई सेवा पुऱ्याउने उद्देश्य लिएर आईजीजेएफ पार्टीले एउटा महकुमा स्तरीय आपदा व्यवस्थापन समिति गठन गरेको छ। खरसाङ्को पार्क लोकेशन नजिक मन्टभियट रोडमा रहेको पार्टी कार्यालयमा सम्पन्न उक्त सभामा पार्टीको कार्यकारिणी समितिको केन्द्रिय सदस्य नर्बु छिरिङ भुटिया, सुरज घिसिङ, वरिष्ठ नेता दया देवान, खरसाङ को-अर्डिनेटर रुधीर गुरुङ साथै महकुमाका विभिन्न स्थानबाट आएका पार्टीका प्रतिनिधिहरूको उपस्थिति थियो । सभापछि पत्रकारहरूसित बोल्दै अवकाश प्राप्त आईपीएस नर्बु छिरिङ भुटियाले आइतवारको सभा धेरै महत्वपूर्ण रहेको साथै यस बर्खायममा प्राकृतिक आपदा आएको खण्डमा स्थानीय मानिसहरूलाई सहयोग पुऱ्याउन उद्देश्यले एउटा आपदा प्रबन्धन समिति गठन गरिएको बताए। उक्त समितिको बारेमा थप जनाउँदै सुरज घिसिङले भने, आईजीजेएफ पार्टी मानिसहरूको प्रत्येक सुख-दुःखमा उभिएर आएको छ। यस बर्खायाममा पहाड़मा हुने प्राकृतिक प्रकोपमा पनि जनसाधरणलाई सेवा पुऱ्याउन पनि आवश्यक रहेको छ। यसैले आज पार्टीले महकुमा स्तरीय आपदा प्रबन्धन समिति बनाएको छ। घिसिङले थप जनाउदै उक्त कमिटीका सदस्यहरूको मोबाइल नम्बर पनि हेल्पलाइन नम्बर रुपमा जारी गरेका छन्‌‍। उक्त समितिमा सुरज घिसिङ संगै सोनादा टुङ्को निम्ति अनिता राई, सन्नी बम्जन, खहरे सन्त मेरिज सिङ्गेल चिया बगान क्षेत्रको निम्ति अनुजा राई, बन्दना छेत्री अनि बवीन घले, खरसाङ टाउनको निम्ति रूधीर गुरुङ, सुरज बस्नेत, सुरेन योल्मो, दीपराज रसाइली, मेघराज मुखिया अनि रामकृष्ण शर्मा, चिम्नी देउराली सिटोङ क्षेत्रको निम्ति विमल तामाङ, विकास छेत्री अनि साजन तामाङ साथै महानदी क्षेत्रको निम्ति रणजीत सुब्बा अनि निरेन थापा, शिव खोला क्षेत्रको निम्ति अशोक घले अनि सचित थापा, सन्त मेरिज 3 ग्राम पञ्चायत क्षेत्रको निम्ति निश्चल पाख्रीनलाई उक्त कमिटीमा चयन गरिएको छ।


Share this news
आजको रोजाइ
delhi-bomb-blast-red-fort

लालकिल्ला नजिक कारमा विस्फोट: अहिले सम्म थाहा भएको विवरण

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

आजको रोजाइ