मेरो समयमा नै शिक्षकहरुको समस्याको समाधान गर्नेछु:अनित थापा

Share this news

दार्जीलिङ,18 जुन(निसं): खरसाङ महकुमा टपर आवर्तन शर्मा लगायत अन्य 43 विद्यार्थीहरुलाई सम्मान जनाउदै, खरसाङ महकुमाका माध्यमिक टपर आवर्तन शर्माले जति पढ्नु सक्छ त्यसको जिम्मेवारी आजदेखि मेरो हो भनी जीटीए(गोर्खाल्याण्ड टरिटोरियल एड्मिनिस्ट्रेसन) चिफ एक्जिक्युटिभ अनित थापाले घोषणा गरेका छन्।
मामरिङ तोऱ्योक उच्चतर माध्यमिक विद्यालयका आवर्तन शर्माले माध्यमिक परीक्षामा 80 प्रतिशत अंक ल्याएर खरसाङ क्षेत्रका माध्यमिक टपर बनेका छन्। उनलाई आज मामरिङमा आयोजित एक कार्यक्रम माझ सम्मान जनाइयो। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित भएका जीटीए चिफ एक्जिक्युटिभ अनित थापाले आवर्तन शर्माको आगामी शिक्षाको जिम्मेवारी लिने घाेषणा गर्दै भने, खरसाङ महकुमा कै माध्यमिक टपर आवर्तन शर्माले प्रमाण गरिदिएको छ कि पढ्नुको निम्ति ठूलो विद्यालय हुनुपर्छ भन्ने छैन। पढ्नेलाई सबै ठाउँ एउटै हो। आवर्तन शर्माको अब उसो पढाईको जिम्मेवारी म लिनेछु। उसले जति पनि पढ्नेछ त्यो सबैको जिम्मेवारी म लिन्छु। थापाले कार्यक्रमलाई सम्बोधन गर्दै अझ भने,नानीहरूको निम्ति आजको सम्मान एउटा ठूलो ऊर्जा हो। विद्यार्थीहरूको काम पढ्ने मात्र हो। फोकस भएर पढ्नु। समयको सदुपयोग गर्नु। यसको फल राम्रो पाउनु हुनेछ। हाम्रो समाजमा विद्यार्थीहरूको निम्ति काउन्सिलिङ क्लास पनि राख्नु पर्छ। बाह्रौं कक्षा पढे पछि के पढ्नु पर्छ त्यो जानकारी दिनु पर्छ। थापाले एआई जस्तो तकनीकीले हामीलाई सजिलो बाटो त दिएको छ तर यसले  हाम्रो मस्तिष्कलाई नै बोधो बनाइदिएको छ भनी चिन्ता व्यक्त गरे। उनले विद्यार्थीहरुलाई भने, शिक्षाले हामीलाई हाम्रो चिन्हारी पनि दिलाउँछ। हामीले पहाडमा शान्तिपूर्ण वातावरण स्थापना गरिदिएका छौं। हाम्रो नानीहरू शिक्षाको बाटोमा हिँडिरहेको छ। हामीले शिक्षा माथि राम्रो लगानी गर्यौ भने यसको फल राम्रो पाउनेछौ। म समस्या देखाउनु राजनीति गर्दिन भन्दै थापाले आफ्नो राजनीतिको उद्देश्य बताउँदै थापाले भने,म समाधानको गोरेटो खोज्ने राजनीति गर्छु। मेरो समयमा नै शिक्षकहरुको समस्याको समाधान गर्नेछु। हाम्रो काम सजिलो छैन। बाहिर जुन देखिन्छ अनि हामीले भोगेको कुरामा धेरै भिन्नता छ। यदि काम गर्ने तरिका अनि अभिप्राय ठीक छ भने गार्हो काम पनि सजिलो हुन्छ। मेरो लक्ष्य चुनाव अनि कुर्सी होइन तर मेरो समाजलाई सही दिशामा लैजानु हो। समाजको विचार परिवर्तन गर्नु हो।
 सिटोङ-लाट स्टुडेन्ट फेडरेसन र सेकण्डरी शिक्षक संघले माध्यमिक, उच्चतर माध्यमिक, आईसीएससी, आईएससी परीक्षा 2025 मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान जनाउन मामरिङ तोऱ्योक उच्चतर विद्यालयमा सम्मान कार्यक्रम आयोजना गरेको थियो। आज सम्मानित हुने विद्यार्थीहरू सिटोङ लाटपञ्चर समष्टिका विद्यार्थीहरू हुन। आज जम्मा 43 जना विद्यार्थीहरु सम्मानित भएका छन्।
सिटोङ लाट स्टुडेण्ड फेडरेसन र सेकण्डरी शिक्षक संघले सम्मान कार्यक्रम आयोजना गर्नुको मुख्य कारण विद्यार्थीहरुको उपलब्धि, योगदान वा विशिष्ट सफलतालाई सम्मानित गर्नु हो। विद्यार्थीहरूको  उल्लेखनीय उपलब्धिको कदर गर्न, उनीहरूलाई प्रोत्साहित गर्न तथा समुदायमा सकारात्मक प्रेरणा फैलाउन सम्मान कार्यक्रम आयोजना गरिएको हो भनी आयोजक समितिले बताएको छ।

Share this news
आजको रोजाइ
केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

आजको रोजाइ