दार्जीलिङमा 32 वर्षपछी होटलहरुले प्रोपर्टी ट्याक्स बुझाउने भयो

Share this news

दार्जीलिङ, 3 फरवरी(निस): 32 वर्षसम्म दार्जीलिङ नगरपालिकाभित्र रहेका होटलहरूले प्रोपर्टी ट्याक्स तथा सम्पत्ति कर बुझाएको थिएन, तर आज दार्जीलिङ नगरपालिकाले दार्जीलिङ होटल अनर्स एसोसिएसन सितको बैठकमा महत्वपूर्ण निर्णय लिँदै सबै होटलवाला तथा होटल अनर्स एसोसिएसनका सदस्यहरूले चाँडै प्रोपर्टी ट्याक्स तथा सम्पत्ति कर बुझाउने भएको कुरो दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले जानकारी गराए।विगत 1994 सालदेखि दार्जीलिङ नगरपालिका भित्र रहेका होटलहरूले यसरी प्रोपर्टी ट्याक्स तथा सम्पत्ति कर नबुझाउनुको कारण, त्यस समयदेखिको नगरपालिका अनि होटल एसोसिएसन माझको विफल सभाहरूको कारण साथै प्रोपर्टी ट्याक्स लिएर दरमा खिचातानीको कारणले आजसम्म होटलवालाहरुले प्रपर्टी ट्याक्स नबुझाएको दार्जीलिङ  नगरपालिकाले बताएकोछ।

यस सम्बन्ध दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले भने, विगत 1994 सालदेखि होटलवालाहरूले आफ्नो प्रोपर्टी ट्याक्स तथा सम्पत्ति कर बुझाउन चाहे पनि नगरपालिका अनि होटलहरु माझको बैठक निर्णायक नभएकोले यसरी 32 वर्षसम्म त्यो समस्य अड्किएर बसिरहेको देखियो, तर आजको सभाले त्यस प्रकारको दीर्घकालीन समस्याको समाधान भएको छ। यसको निम्ति दार्जीलिङ नगरपालिकाले गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन(जीटीए) चिफ एक्जिकटिभ अनित थापालाई धन्यवाद दिँदछ साथै होटल अनर्स एसोसिएसन-का सम्पूर्ण सदस्यहरुलाई बधाई पनि दिँदछौ। ठकुरीले बताए दार्जीलिङ नगरपालिकाभित्र रहेको होटलहरूको वर्ग छुटाइएको छ,जसमा एबीसीडी साथै  होमस्टेहरु पनि सामेल रहेकोछ।

यसबारे होटल्स अनर्स एसोसिएसनका अध्यक्ष सचिवद्वयले बताए अनुसार होटलहरूको प्रोपर्टी ट्याक्स तथा सम्पत्ति करको समस्या गत 1994 सालदेखिको थियो यतिको समयवीच विभिन्न बोडहरू दार्जीलिङ नगरपालिकामा फेरबदल भइरह्यो, त्यस समय पनि दार्जीलिङ  होटल अनर्स एसोसिएसनले प्रपर्टी ट्याक्स सम्बन्धी धेरै सभाहरु नगरपालिकासित बसेको थियो। त्यसै क्रममा गत वर्ष सेप्टेम्बर महिनादेखिको वर्तमान बोर्डसित होटल एसोसिएसनले सभा बसिरहेको थियो, जसमा आजको सभाले दीर्घकालीन समस्यालाई समाधान गरेकोछ।

सभामा निर्णय लिए अनुसार, प्रोपर्टी ट्याक्समा प्रतिस्क्वार फीट 1 रुपैयाँ 50 पैसा गरेर भुक्तान गरिने भएको छ, यसको निम्ति होटल अनर्स एसोसिएसन भित्रका सम्पूर्ण सदस्यहरूलाई सहभागी भइदिने अनुरोध गर्दछौँ। साथै यसरी सदस्यहरूले जिम्मेवारी दिएर समाधान हुन सकेकोमा सदस्यहरूलाई धन्यवाद पनि दिन चाहन्छौं। यो समाधान एउटा ऐतिहासिक पल हो। यति लामो समस्याको समाधान गरिनुमा दार्जीलिङ नगरपालिका साथै जीटीए चिफ एक्जुकेटिभ अनित थापाको सहयोग छ। नगरपालिका अनि जीटीए- लाई होटल अनर्स एसोसिएसनद्वारा धन्यवाद प्रदान गर्दछौँ भनी एसोसिएसनका अध्यक्ष अनि सचिवद्वयले भने।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ