खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले आज बिहानको समयमा आफ्नो चुनाव प्रचारको क्रममा खरसाङ महकुमा अस्पतालको भ्रमण गरेकी छन्। उनीसित ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ क्षेत्रका पदाधिकारीहरु र कार्यकर्ताहरु उपस्थित रहेका थिए। बन्दना राईले खरसाङ महकुमा अस्पतालमा रहेका विभिन्न समस्याहरु र असुविधालाई लिएर निरीक्षण गरेकी छन्। उनले अस्पतालको ओपीडी सेवा लगायत विशेषज्ञ डाक्टरहरु, आवश्यक मशीनहरु नभएको, अस्थायी कर्मचारीहरु लामो समयदेखि स्थायी नभएको, अस्पताल व्यवस्थित नभएको भन्दै अस्पतालको विभिन्न कक्षाहरुको निरीक्षण भ्रमण गरेका छन्।
ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले खरसाङ महकुमा अस्पतालको भ्रमण गरेपछि बाहिर आएर पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा अस्पतालको पुरानो समस्या अहिले पनि यथावत् रहेको बताइन्। उनले अस्पताल विषयमा भनिन् -‘अस्पतालमा चाहिने सठीक मशीनहरु छैन, वर्तमान टेक्नोलोजी छैन, यहाँ विशेषज्ञ डाक्टरहरु छैनन्, यहाँ अस्थायी कर्मचारीहरु बेसी छन् जसको लामो समयदेखि स्थायी भएका छैनन्। हामी खरसाङकै स्थायी वासिन्दा हौँ, अस्पतालमा व्यवस्थित छैन, सही रुपमा विकसित भएको छैन। यसको समस्या समाधान किन हुँदैन? किन विकसित भएको छैन? ओपीडी ढंगको छैन, टाइम म्यानेजमेन्ट छैन’ एक प्रश्नको उत्तर दिन्दै बन्दना राईले आफु विधानसभामा विधायक भएर गएको खण्डमा खरसाङ महकुमा अस्पताललाई सुव्यवस्थित बनाउन काम गर्ने, अस्पताललाई विकसित गराउन सठीक रुपमा काम गर्ने, अस्पताललाई जनताको सुविधाका लागि प्रयोग गर्न काम गर्ने योजना रहेको पनि बताएकी छन्।
चिया श्रमिकहरूलाई सम्बोधन गर्दै पहाडको सत्ताधारी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको यौ नेतृत्वहरूले चिया श्रमिकहरूलाई पाँच डेसिमल जमीनको पटटा थमाउने षडयन्त्र गरेका छन।यी जमीनहरू हाम्रो पिता पूर्खाहरूले कमाएको हो।हाम्रो जमीन हत्याएर पाँच डेसिमल जमीनको पटटा थोप्ने तिमी को हो?भन्दै राईले प्रश्न तेर्साए।सत्ताधारी पार्टीको नेतृत्वहरूले चिया श्रमिकहरूलाई पाँच डेसिमल जमीनको पटटा थोप्ने साम,दाम दण्ड भेद सबै प्रयोग गर्दै आएको समयमा त्यसको विरोध गर्दै हामी दार्जीलिङको चैरस्तामा धरनामा बसेको हो।पूजा बोनसको समयमा कहिले 16 प्रतिशत भन्छ,कहिले 14 प्रतिशत भन्छ,कहिले फेरि 8 प्रतिशत भन्दै नीहरूले चिया श्रमिकहरूको पूजा बोनस खान्दै आएको छ।यी चिया श्रमिकहरूको पूजा बोनस किन खान्छौ?
हामीले यस बारे चिया बगानको प्रबन्धकहरूसंग कुरा गर्दा उनीहरूले भन्छ हामीले पूजा बोनस दिनै पर्छ तर उनीहरूले चिया श्रमिकहरूको पूजा बोनसबाट पर्सटेस खान्दै आएको छ।चिया श्रमिकहरूको खून र पसिनाको पैसा त्यसै खानु हुदैन भन्ने शिक्षा दिनुलाई यस पटक सम्र्पूण चिया श्रमिकहरू एकबद्व हुनै पर्छ अनि यिनीहरूलाई पराजयको स्वाद चखाउनै पर्ने बताएकी थिइन्।












