गोक जुनियर बेसिक स्कूलद्वारा सम्मान कार्यक्रम

Share this news

गोक 24 दिसम्बर(निसं): गोक क्षेत्रको एक अत्यन्त पुरानो पाठशाला गोक जुनियर बेसिक स्कूलले यस वर्ष पनि वार्षिक कार्यक्रमको आयोजना गर्दै अभिभावक सम्मानको कार्यक्रम सम्पन्न भयो। स्कूलका उपस्थिति कमिटीका सभापति आईके घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक रोजिना बराईलीलाई स्कूलको पक्षबाट अङ्गवस्त्र दोसल्ला ओढाएर सर्वश्रेष्ठ अभिभावक सम्मान-पत्र प्रदान गरियो। यो सर्वश्रेष्ठ अभिभावक सम्मान पत्र अनि उत्कृष्ट विद्यार्थी पुरस्कार गोक जुनियर बेसिक स्कूलले हरेक वर्ष स्कूलको वार्षिक कार्यक्रममा प्रदान गर्दै आईरहेको छ। यस वर्ष पनि स्कूलले रोजिना बराईलीलाई प्रदान गर्‍यो। यसरी नै स्कूलमा विद्यार्थीहरुको अनुशासन,उपस्थिति,पठन पाठन र बानी व्यवहारलाई ध्यानमा राखेर स्कूलद्वारा उत्कृष्ट विद्यार्थी पुरस्कार पनि प्रदान गरिने गरिन्छ। सो यस वर्षको उत्कृष्ट विद्यार्थी पुरस्कार गौरव बराईलीलाई प्रदान गरियो। शिक्षक रमेश लिम्बुद्वारा सञ्चालित कार्यक्रममा सभापति आईके घिसिङले स्कूलको उत्तरोत्तर प्रगतिको कामना गर्दै नानीहरूको शिक्षा प्रति अभिभावकहरूको ठुलो भूमिका हुनुपर्ने जनाए। केवल स्कूलको भरमा मात्र नरहेर नानीहरू प्रति अभिभावकहरूको ठुलो जिम्मेवार रहेको पनि उनले बताए। गोक-एक ग्राम पञ्चायत समिती सदस्य नन्दिता राईले यस दिन  स्कूलद्वारा प्रदान गरिने पुरस्कारहरूको सराहना गर्दै स्कूलको यस्तो कार्यक्रमले अभिभावक, विद्यार्थी र स्कूल परिवार माझ असल सम्बन्ध बढाएर लैजाने बताइन्।सन्  1945 सालमा स्थापित गोक जुनियर बेसिक स्कूलको योगदान शिक्षाको क्षेत्रमा धेरै रहेको समिति सदस्य राईले जनाइन्। यसदिन स्कूलका प्रधान शिक्षक दीपक राईले उपस्थित अतिथी अनि अभिभावकहरु प्रति हार्दिक आभार प्रकट गरे भने स्वागत भाषण शिक्षक कुमार मैनालीले राखे। यसरी नै आज विद्यार्थीहरुको वार्षिक परीक्षाको परिणाम पत्र वितरण गरियो भने नानीहरू द्वारा नृया गीत आदि प्रस्तुत गरियो।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ