घरको छतमा खतरनाक अवस्थामा बिजुलीको थ्री फेस मिटर

Share this news

खरसाङ, (निसं): खरसाङको मध्य डुमाराम बस्तीमा एउटा थ्री फेसको बिजुलीको केबल अनि मिटर खतरनाक अवस्थामा रहेको छ। घरको अघिल्तिरको छतमा अनि घरको पछिल्तिरको टीनको भित्तामा ठोकेर उक्त मिटर राखिएको छ। वर्तमानमा पनि उक्त मिटरमा बिजुलीको आपूर्ति भइरहेको छ भने बिजुलीको प्रयोग भने भएको छैन।

2021 को नोभेम्बर महिनादेखि उक्त घरको छतमा सुमित डिजिटल इन्फ्रस्टक्चर लिमिटेड कम्पनीले जिवोको मोबाइल टावर बसाउनको निम्ति कार्य आरम्भ गरेको थियो। टावर बसाउनको निम्ति निर्माण कार्य आरम्भ भएको 10 दिनपछि स्थानीय मानिसहरूले आपत्ति जनाउदै खरसाङ नगरपालिका कार्यालय, खरसाङ महकुमा शासक कहाँ निवेदन गरेपछि कम्पनीले निर्माण कार्य स्थगित गरेको थियो। कम्पनीले टावर निर्माण कार्य स्थगित गरेपछि फेरि यस विषयमा अघिल्लो कदम उठाएन। निर्माणको कार्यलाई त्यतिकै छोड़ेर राखेपछि घर मालिकले धेरै पल्ट कम्पनीलाई टावर निर्माण नगर्ने हो भने निर्माण सामग्री उठाएर लैजाने निवेदन गरेका थिए। कम्पनीले दुई-तीन पल्ट आफ्नो कर्मचारीलाई जाँचको निम्ति पठाए तापनि निर्माण सामग्री उठाएर लगेर न त घर मालिकलाई कुनै भाड़ा दियो। यस प्रकार 2021 को नोभेम्बर महिनादेखि कम्पनीले उक्त घरको छत ओगटेर राखेको छ भने यसको निम्ति कुनै भाड़ा पनि दिएको छैन।

घरको छतमा रहेको अधुरो निर्माणको कारण छत चुहुने भइसकेको छ भने कतिपय स्थानबाट घरभित्रा पानी पस्ने गरेको पनि गुनासो छ। यसरी नै घरको छतमा टिनको भित्तामा टँसाएर एउटा थ्री फेस बिजुलीको मिटर पनि अहिलेसम्म यथावत रहेको छ। कुनै अर्थिङ बिना यसरी बिजुलीको थ्री फेस तार अनि मिटर राखिएकोले घरका मानिसहरूलाई ठूलो खतरा रहेको देखिएको छ। कुनै अर्थिङ नभएको बिजुलीको मिटरमा चट्याङ्‌‍ पर्न सक्ने अथवा सट सर्किट भएर दुर्घटना घटना सक्ने सम्भावना रहेको छ। यो समस्याको चाँड़ो समाधान गरियोस्‌‍ भनी धेरै चोटी कम्पनी अनि सम्बन्धित अधिकारीहरू समक्ष इमेल अनि लिखित पत्रचार गरिएको भए तापनि अहिलेसम्म कुनै कदम नउठाइएकोले घरका मानिसहरू हैरान बनेका छन्‌‍। उक्त घरमा रहेको यस अर्ध निर्मित टावर अनि कम्पनीले कुनै भाड़ बिना दादागिरीको साथमा जग्गा ओगटेर राखेको र यस विषयमा कम्पनी अनि सम्बन्धित अधिकारीहरूलाई बारम्बार पत्रचार गरिएको घटनालाई हेर्दा यहाँ कुनै नियम कानुन्‌‍ छैन कि के हो! भन्ने जस्तो भान भइरहेको घर मालिकको भनाइ छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ