स्वरोजगारको निम्ति जीटीए-ले सुंगुर पलनमा युवाहरूलाई प्रोत्साहन गर्ने

Share this news

दार्जीलिङ, 6 जुलाई(निसं): गोर्खाल्याण्ड टेरियोरियल एड्मिनिस्ट्रेसन (जीटिए)र-द्वारा बेरोजगार युवाहरुलाई स्वरोजगारको माध्यम दिलाउन व्यवसायिक सुंगुर पालन बारे नि:शुल्क प्रशिक्षण दिइने भएको छ। हाल पहाडमा युवाहरुको एउटै गुनासो उठिरहेको छ। त्यो हो पहाडमा कुनै कुराको ब्यवस्थापन छैन। बेरोजगारपनको बहानामा हजारौ युवाहरु पहाड बाट पलायन भई कोहि खाडी मुलुक तिर त कोहि भारत कै अन्य राज्यहरूमा गएर  अस्थायी नोकरी गरिरहेको अवस्था छ।
अर्कोतिर हेर्नु हो भने  यसको ठीक विपरीत दार्जीलिङ पहाडमा अन्य राज्यहरूको हजारौ व्यक्तिहरु आएर हाम्रै ठाँउमा साना-तिना व्यापार वाणिज्य चलाएर सालनी लाखौ रुपियाँ  कमाइरहेको जीटिए प्रमुख जन सम्पर्क अधिकारी शर्मा अघि बताए। शर्माले भने,
यी सबै विषयलाई धेरै नजिकबाट समीक्षा गरिरहेको छ। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख जनसम्पर्क अधिकारी एसपी शर्माले भने, युवाहरुले केवल सरकारी नोकरीको मात्र अपेक्षा नराखी विभिन्न स्वरोजगारको माध्यमहरु अप्नाए हाम्रै ठाँउमा ती प्रशस्त सम्भावनाको मार्गहरु, जसको अनुसार यहाँका युवाहरुले बेरोजगारीको बहानामा पलायन हुन पर्दैन्।उनले भने,पहाडमा युवाहरुलाई स्वावलम्बी बनाउन सुंगुर पालन  एउटा उचित विकल्प बन्न सक्छ।
किनभने मार्केट-मा जहिले पनि संगुरको मासुको डिमाण्ड धेरै छ। दार्जीलिङ पहाडमा अहिले सुंगुरको निर्यात बाहिरबाट भईरहेको छ। बजारमा जुन सुंगुरको मासुको डिमाण्ड छ, त्यसको पूरा पहाडको स्थानीय सुंगुर पालकहरुबाट हुन सकिरहेको छैन।तसर्थ हामीले यी बिषयहरु माथि गम्भीर रुपमा अध्ययन अनि समिक्षा गरेपछि यो निष्कर्षमा पुग्यौ, पहाडमा संगुर पालनको व्यवसाय अति उत्तम रुपमा फस्टिने ब्यापक सम्भावना रहेको छ। शर्माले अघि भने,जसले पहाडको युवाहरुको बेरोजगारी पनको समस्यालाई पनि धेरै हदसम्म साम्य बनाउन सक्नेछन्।जीटिए-ले  पहाडमा अब सुंगुर पालनको नयाँ व्यवसायिक योजना गरेर युवाहरु स्वालम्वी बनून् भन्ने हेतू व्यवसायिक सुंगुर पालन माथि दुई दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने जानकारी शर्माले दिए।विशेष रुपमा यसको प्रमुख केन्द्र सिपाही धुरामा अवस्थित (एग्रो लाईफ फार्मिङ ) पुरानो सुंगुर पालन फार्म  रहनेछ।
जसको निम्ति  यसै सन्दर्भलाई लिएर प्रमुख जन सम्पर्क अधिकारी शर्माको पहलमा एक वैठक पनि सम्पन्न भएको थियो जुन वैठकमा  सिपाहीधुरा समष्टि सभासद नुरी शेर्पा खरसाङ तीनधारे समष्टि सभासद नवराज छेत्री  एग्रो लाईफ फार्मिङ केन्द्रको संचालक
यसको साथै सुंगर विशेषज्ञहरु लगायत अन्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। सभामा संगुर विशेषज्ञ लगायत स्थानीय सभासद्हरुले पनि पहाडको निम्ति व्यवसायिक सुंगुर पालन एक असल कदम रहने अनि भविष्यमा यस योजनाले पहाडको बासिन्दाहरुलाई एउटा राम्रो प्रतिफल दिने धारणा प्रकट गरे।क्षेत्रीय सभासद् नुरी शेर्पाले यस कदमलाई आफुहरुले सकारात्मकताको साथ लिएको अनि आफ्नो समष्टि भित्रको ब्यवसायिक सुंगुर पालन गर्ने व्यक्तिहरुको सर्भे पनि गरिरहेको जनाए।
यसै क्रममा खरसाङ तीनधारे समष्टि सभासद नवराज छेत्रीले पनि जीटीए-को तर्फबाट हुन गईरहेको यो पहलले साथै दुई दिवसीय प्रशिक्षण कार्यक्रमले  स्थानीय सुंगुर पालन गर्ने व्यक्तिहरुलाई ठुलो सहयोग पुग्ने साथै उनीहरुले व्यावसायिक सुंगुर पालनको प्रशिक्षण लिएपछि वास्तविक सुंगुर पालन गर्दा  कस्ता पद्धतिहरु अपनाउनु पर्ने हुन्छ।यी सबै विषयहरु माथि जानकारी हासिल गरेपछि उत्तम प्रकारले सुंगुर पालन गर्न सकिने बताए। शर्माले बताए, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पहलमा यो योजना पहाडमा लागु गरिनेछ ।दुई दिनको नि:शुल्क प्रशिक्षण दिइने छ जसले निकट  भविष्यमा जीटीए क्षेत्रको स्थानीय सुंगुर पालन गर्ने पहाडको युवाहरुको आर्थिक  अवस्था दह्रो बनेर जाने  साथै बेरोजगारपनको समस्यालाई पनि समाधान हुने, शर्माले थप बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ