चौतारोमा सीमित गोर्खाल्याण्ड शहीद बिमल शशांकर

Share this news

गोक, 27 जुलाई(निसं): गत 2017 सालको गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका बिमल शशांकर केवल चौतारोमा सीमित रहेको परिवार पक्षको गुनासो रहेको छ। शहीद शशांकरकी पत्नी अञ्जना शशांकरले अहिलेसम्म केही नपाएकी गुनासो गरेकी छिन्। माटो र जातिको निम्ति आफुले आफ्नो पति गुमाए पछि शहीद बिमल शशांकर केवल परिवार पक्षले निर्माण गरेको चौतारीमा सीमित रहेको उनले जनाइन्। धेरै पटक राजनेताहरु आएर ठुलोठुलो आश्वासन र वचनहरु दिएर गए तर फर्केर कोही आएनन् अनि केही गरि दिएनन् भन्ने शहीदका पत्नी अञ्जनाको गुनासो रहेको छ। आज पनि आफु अनि आफ्नो छोरोसित चुहुने घरमा बस्नु परिरहेको उनको भनाई छ।
शहिद दिवसको अघिल्लो दिन शहीद बिमल शाशंकरकी पत्नी अञ्जनाले दुख प्रकट गर्दै भनिन्, कमसेकम शहीदको नाममा एउटा घरै निर्माण गरिदिएको भए पनि केही चित्त बुझ्थ्यो। उनले आज दुःखेसो पोख्दै भनिन्, तर आज केही पाउन नसकेको र शहीद परिवारको निम्ति केही हुनसकेको छैन, शहीदकी पत्नी अञ्जना सिभिक पुलिसमा कार्यरत छिन्, यो नोकरीले उनले आफ्नो परिवार चलाईरहेकी उनले बताइन्।


Share this news
आजको रोजाइ
delhi-bomb-blast-red-fort

लालकिल्ला नजिक कारमा विस्फोट: अहिले सम्म थाहा भएको विवरण

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

आजको रोजाइ