Gorkhaland Activist Group

गोर्खाल्याण्ड एक्टिभिष्ट समूह काङ्लातुम्बी र इम्फालमा

Share this news

गोर्खाल्याण्ड गठनको निम्ति समग्र भारतीय गोर्खाहरुमाझ वैचारिक एकता ल्याउने प्रयासमा लागिपरेका गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका तीन सदस्यीय टोलीले मणिपुर राज्यका काङ्लातुम्बी अनि इम्फालका सचेत गोर्खा सन्तानहरुसँग भेट गरेर गोर्खाल्याण्ड गठन विषयमा गहन विचार विमर्श गरेको थियो। उत्तर पूर्वी राज्यहरुको भ्रमणमा रहेको गोएस टोलीको यो दोस्रो दिनको भ्रमणमा पनि काङ्लातुम्बी अनि आईजलका गोर्खाहरुबाट सकारात्मक प्रतिक्रिया पाएको छ। गोर्खाल्याण्ड भारतीय गोर्खाहरुको राजनैतिक सुरक्षाको निम्ति एकदमै आवश्यक रहेको मणिपुरका गोर्खाहरुले पनि अनुभव गरेको बताउँदै गोर्खाल्याण्ड राज्य गठनको निम्ति गोएसको वैचारिक सिद्धान्तका कुराहरु बुझ्ने प्रयास गरे। आफुहरु माथि राजनैतिक सङ्कट आइपर्दा आवाज उठाइदिने कोही नहुने र आफुहरु टुहुरो जस्तो अनुभव गर्न परेको अनि वर्तमानभन्दा पनि भविष्य झनै सङ्कटमा देखिन्दै गएकोले पुस्तौं-पुस्तादेखि यहाँ बस्दै आएका धेरै जसो गोर्खा सन्तानहरु राजनैतिक सुरक्षा खोज्दै आफुहरुलाई सुरक्षित लाग्ने ठाउँहरुतिर पलायन भएर गइसकेको उनीहरुले बताए। राजनैतिक सुरक्षाको निम्ति यो पलायनको क्रम अझै पनि चलिरहेकोले मणिपुरमा गोर्खाहरुको अस्तित्व अझै सङ्कटमा पर्ने डरले उनीहरूलाई सताइरहेको बताए। यस्तो अवस्थामा यदि अलग राज्य गोर्खाल्याण्ड गठन गर्न सके यस्तो सङ्कट, भय एवम् त्रासबाट मुक्त हुन सकिने र आफुहरु राजनैतिक रुपले सुरक्षित बन्ने मनतब्य पोख्दै गोएसको पहललाई स्वागत जनाए।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन