गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक मनाइयो

Share this news

खरसाङ, 29 जून (निसं)ः गोर्खा राष्ट्रिय नारी संगठन खरसाङ ब्राञ्च कमिटीद्वारा गोर्खाहरुको मौलिक सांस्कृतिक पर्व असार पन्ध्र खरसाङ बजारस्थित वर्द्धवान रोडमा रहेको पार्टी कार्यालयमा एक विशेष कार्यक्रमसहित मनाइएको छ। यसबारे जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले बताएका छन्, असार पन्ध्रको कार्यक्रम गोर्खा राष्ट्रिय नारी संगठन केन्द्रीय समितिकी अध्यक्ष शान्ती लामाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गोरामुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, केन्द्रीय समिति सदस्य पारस गुरुङ, प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, खर्साङ शहर समष्टिका अध्यक्ष ञ्ज छेत्री, गोरानासं प्रतिनिधिहरू अनि खरसाङ ब्राञ्च कमिटीका सम्पूर्ण सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गोरानासं खरसाङ ब्राञ्च कमिटी सचिवा कमला राईले आफ्नो मन्तव्य राख्दै भनिन्, आज हामीले गोरामुमोका संस्थापक अध्यक्ष  सुवास घिसिङको तस्वीरमा दीप प्रज्वलन गरी, दहीचिउराको टीका लगाई, दही चिउरा खाएर असार पन्ध्र पर्व उल्लासपूर्वक मनाएका छौ हामी जनजाति समुदायका भएकाले आफ्नो मौलिक संस्कृति पर्व र परम्पराको संरक्षण गर्ने हाम्रो दायित्व हो, यही भावनासहित गोरामुमोले यस पर्वलाई निरन्तर पालन गर्दै आएको हो। राईले थप जानकारी गराउँदै भनिन्, गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको मार्गदर्शन अनुसार यस पर्वलाई संरक्षण गर्दै आएकौँ र हाल अध्यक्ष मन घिसिङको नेतृत्वमा पनि प्रत्येक वर्ष यस पर्वलाई निरन्तर रुपमा पालन गर्दै आएक छौँ। असार १५ देशभर विभिन्न तरिकाले मनाइन्छ तर गोर्खा समुदायमा दहीचिउरा खाएर यस पर्व मनाउने विशेष परम्परा छ। यो पर्व केवल सांस्कृतिक मात्र नभई किसानहरूको सम्मानको प्रतीक पनि हो। कमला राईलेअघि भनिन्, आजको दिन दहीचिउरा खाँदै किसानहरू नाचगान गर्दै रोपाइमा रमाउँछन्। किसानहरूलाई प्रोत्साहन दिन र हाम्रो संस्कृति बचाउन हामी सबैले असार १५ को महत्वलाई बुझ्नुपर्छ। यो पर्व गोर्खा समाजको गौरवशाली परम्परा हो, जसलाई संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो। गोर्खा राष्ट्रिय नारी संगठनको तर्फबाट सम्पूर्णमा असार पन्ध्रको शुभकामना व्यक्त गर्दछु।

 


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन