GJM election campaign Darjeeling
GJM election campaign Darjeeling

चिम्नी देवराली समष्टि र टुङ सन्तमेरिज समष्टिमा गोरामुमोद्वारा चुनाव प्रचार 

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङको नेतृत्वमा आज खर्साङ ब्राञ्च कमिटी अन्तर्गत चिम्नी देवराली समष्टि अनि टुङ सन्तमेरिज समष्टिमा गोरामुमो द्वारा भाजपा गठबन्धन दलका उम्मेदवार सोनाम लामाको निम्ति चुनाव प्रचार प्रसार गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् । आजको चुनाव प्रचार प्रसार कार्यक्रममा बिधायक निरज जिम्बा , केन्द्रीय समिति उपाध्यक्ष एन बी छेत्री , सेक्रेटरी जनरल ऋषि थापा , केन्द्रीय समिति प्रतिनिधिबर्ग , खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा , दार्जीलिङ ब्राञ्च अध्यक्ष एम जी सुब्बा , मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्का , गोरामुमो कालेबुङका प्रतिनिधिबर्ग भ्रातृसंगठनका प्रतिनिधिबर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेका थिए । खर्साङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरुङले आजको चुनावी प्रचार प्रसार विषय लिएर जानकारी गराउदै भने , बिजेपी गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउनको निम्ति गोरामुमो अध्यक्ष मन घिसिङले प्रचार प्रसारको क्रममा समष्टि अनि शाखा प्रशाखाका प्रतिनिधिबर्गलाई मुल मन्त्र दिएका छन् । हामीले बिजेपीलाई सघाएको मुद्दाको निम्ति हो ।

पार्टीले जुन निर्णय गरे यसमा चुनावमा मात्र होइन चुनाव पछि पनि जाति र माटोको उन्मुक्तिको ठूलो टेवा पुग्ने छ । अध्यक्ष मन घिसिङले सबैलाई दार्जीलिङ , खर्साङ अनि कालेबुङमा सहि तालमेल मिलाएर प्रचार प्रसार गर्दै भारी मतले जिताउने निर्देशन दिएका छन् । बिजेपीले घोषणा पत्रमा प्रथममानै दार्जीलिङ पहाड अनि गोर्खाहरुको स्थायी राजनैतिक समाधान लेखिएको छ यसको निम्ति हामी आभारी छौं । अब यसपाली बिजेपी सरकारले न्याय दिनेछ भनेर आशा मात्र होइन विश्वास पनि गरेका छौं भनी भुपेन गुरुङले जानकारी दिएका छन् । यसअघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङद्वारा खर्साङ बिधानसभा क्षेत्र अन्तर्गत मङ्पु – लाब्दा समष्टि अनि सिटोङ-लाठ समष्टिमा भाजपा गठबन्धन दलका उम्मेदवार सोनाम लामाको पक्षमा चुनाव प्रचार प्रसार गरेका छन् ।

गोरामुमो उपाध्यक्ष एन बी छेत्री , दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम जी सुब्बा , केन्द्रीय समिति प्रवक्ता वाई लामा , गोरानासं केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङ , केन्द्रीय समिति सदस्यगण , गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष बसुन्धारा प्रधान , गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवल , समष्टिका प्रतिनिधिबर्ग साथै गोरामुमो कार्यकर्ताहरुको साथमा समष्टिका विभिन्न क्षेत्रमा चुनाव प्रचार प्रसार गर्दै जोगी घाटमा पार्टी अध्यक्ष मन घिसिङ द्वारा सम्बोधन गरे । सम्बोधनको क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले भने, राजनैतिक समाधनको निम्ति हामीले एनडीए संग जोडिएको हो । यसैकारण हामी दायाँबायाँ अल्मलिनु हुदैन । एक पटक शुरूवात गरेपछी बीचमा छोड्नु मिल्दैन । हाम्रो समाधान भारत सरकार संग छ । पस्किने कुरा हामीले सबै पस्किसकेका छौं ।

पहाडमा खतरनाक बिगार्नेहरु खेलाडीहरु छन् । यसकारण तपाईंहरु जोगिनु पर्छ । सामाजिक संजालहरुमा बोलेर मात्र हुदैन मलाई आएर सोध्नु सक्छ के कति काम भयो भनेर । अब पनि तपाईं हामीले बुझेनौ भने फेरि ३०-४० बर्ष जानेछ । म भारत सरकार संग म बसेको हो । यसैकारण अब हामी टुङ्गो न फेदको ब्यवस्थामा भुलिनु हुदैन भनी आफ्नो सम्बोधनको क्रममा भने । समष्टिका प्रतिनिधिबर्ग शाखा प्रशाखाका प्रतिनिधिवर्गलाई निर्देशन दिदै पार्टी अध्यक्ष मन घिसिङले भने, सोनाम लामालाई जिताउनुको निम्ति जनसम्पर्क अभियान गरि भारी मतले जिताउनु पर्नेछ भनी आफ्नो सम्बोधनको क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले भने ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ