पर्यटन मानचित्र भित्र ओझेल परेको गोप्रे फल्स

Share this news

मजुवा, 3 जुलाई (निसं): दार्जीलिङ-पुलबिजनबारी अधिनस्त मजुवा ग्राम अन्तर्गत लोअर भीरगाउँ स्थित यो कुलुङ फल्स अनुमानित लगभग साँढे 6 सय फीट अग्लो यस झरनालाई सुन्दरी करण गर्न सके देशी-विदेशी पर्यटकहरू रमाइलो गर्ने थलो बन्न सक्ने होमस्टे सञ्चालकहरूले बताएका छन। मजुवा ग्राम लंगुरदाङ स्थित लंगुरदाङ फार्मिस्टेका सञ्चालन बुद्धिमान राईलाई पर्यटकहरूले फोन सम्पर्कमा यसै कुलुङ फल्सको कुरा राख्ने गरेको बताउ छन्। लगभग क्षेत्र कै सबै भन्दा ठूलो छाँगो मानिएको उक्त फल्सको भ्रमणमा देशी पर्यटकहरू फाटक फुटुक आउन थालेको छ। जसलाई  सम्बन्धित विभागले प्रोत्साहित गर्दै विकसित गराउन सम्बन्धित विभागको ध्यानार्कषण हुनु साथमा सुन्दरी करणको अवश्यकता रहेको पनि स्थानिय पर्यटन प्रेमिकाहरूको भनाई रहेको छ।
प्राकृतिक शौन्दर्यले भरिपूर्ण पहाडको डाँडा-काँडा, हरियाली खोला-नाला अनि कन्दराहरूमा पर्यटकहरूको आनन्द र खुशी लुकेको छ। पर्यटकहरूलाई आकर्षित गर्दै लोभाउने यस्ता थाँतथलोहरू धेरै छन, जो आजसम्म पर्यटन स्थलको रूपमा चिन्हित हुन सकिरहेका छैनन्। पहाडको आयस्रोतहरू मध्ये पर्यटन व्यावसाय एक भए तापनि हालमा पर्यटन स्थलहरूको विकासमा सुस्तता आउनको साथै लघुपर्यटन होमस्टेहरू तिर नै पर्यटकहरूको ध्यानाकर्षण हुन थालेको छ। यसैले अब पहाडको कुना काप्चा तिर रहेको भीर पहाराहरूलाई चिन्हित गरेर विकासित गरिनुपर्ने देखिन्छ। पहाडमा खोला नाला,छाँगा अनि झरनाहरू नै पर्यटक र पर्यटनको निम्ति आकर्षितको केन्द्रबिन्दु बनिन्दै गइरहेका पनि छन्।
वेरोजगार युवा जमातहरूका बड्दो समस्याको एउटै समाधान बोकेका लघु पर्यटन  उद्योग होमस्टे सञ्चालनमा यस्तै झरना, झोडाहरूको सुन्दरी करणले पर्यटकहरू ताँती लाग्न थालेको देखिन्छ भने यस्तै पर्यटनको सम्भावना बोकेको ठूलोछाँगो गोप्रे फल्स तथा हालमा कुलुङ फल्स नामले प्रचलित बन्दै छ भनी क्षेत्रवासी बताउछन्।

Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन