Gopal Yojana's birth
Gopal Yojana's birth

गोपाल योञ्जन जन्मोत्सव, प्रतिमा अनावरण र स्रष्टा सम्मान गरिने

Share this news

“ जुनिभर ईश्वर म सुकर्म गरुँ …….
अनि हाँस्दै एकदिन तेरो काख परूँ… !”
वाग्येकार गोपाल योञ्जन जन्मोत्सव, प्रतिमा अनावरण
एवं
स्रष्टा सम्मान समारोह – २०२५
“18 सितम्बर बिहीवार”
भनिन्छ मानिस जन्मेदेखि मृत्युसम्मको यात्रामा सधैँ सु:ख मात्रै हुँदन। उसले धेरै दुःख, सङ्घर्ष, रोग, त्रास, जस्ता कैयौं खुट्किला पार गरेर जानु पर्दछ, मानिसको सङ्घर्षमय यात्रामा उसका कैयौं शारीरिक घाउहरू डक्टरद्वारा निको हुन्छ भने अरु कैयौं घाउहरू हुन्छ, जसले मानिसलाई संघर्षमा खुशी प्रदान गर्न सक्छ। तीमध्ये एउटा उत्तम खुट्किला हो “गीत तथा सङ्गीत”। गीत तथा सङ्गीतले ध्यान र मानसिक प्रदर्शनमा सुधार गर्न सक्छ, यसले अध्ययन गर्न वा कार्यहरूमा ध्यान केन्द्रित गर्न मद्दत गर्दछ। गीत तथा संगीतले तनाव घटाउने र शारीरिक स्वास्थ्य लाभहरू प्रदान गर्ने जस्ता सकारात्मक प्रभावहरूको विस्तृत दायरा ल्याउँछ। गीत तथा संगीतकै कुरा गर्ने हो भने एउटा सबैभन्दा उत्तम नाम हो “गोपाल योञ्जन”।
26 अगस्ट 1943 दार्जिलिङमा जन्मेका उनी 53 सालकै उमेरमा 26 मई 1997 मा स्वर्गारोहण भएका थिए। 53 सालको उमेरमा नेपालीभाषी समुदायको लागि गीत तथा संगीत क्षेत्रमा प्रशस्त ख्याति पाएका उनी कहिलै नमर्ने कर्मठ व्यक्ति रहेका छन्। उनी आफ्नो देशभक्तिपूर्ण नेपाली गीतहरूका लागि परिचित थिए। उनको स्वरको दायराले उनलाई नेपाली सङ्गीतको हरेक विधाका गीतहरू गाउन अनुमति दियो। उनी नेपाली गायकहरूको पहिलो पुस्ताका व्यक्ति हुन्। उनका गीतहरू धेरै चलचित्र र नाटकहरूमा पनि प्रयोग भएका छन्। गोपालले आफ्नो सम्पूर्ण जीवन संगीत सिर्जना गर्न समर्पित गरे। उनले नेपाली लोक र परम्परागत साथै भारतीय, विशेष गरी रवीन्द्र संगीत र नेवारी शास्त्रीय सङ्गीतको अनुसन्धानमा पनि र अध्ययनमा वर्षौं बिताए।
उनका रचनाहरू कुनै पनि रूप वा प्रकारमा सीमित छैनन्। उनले आफ्नो पहिलो गीत 1963 मा लेखेका थिए र उनको पहिलो संगीत रचना 1964 मा रेकर्ड गरिएको थियो। उनका संगीतमय कृतिहरूमा राष्ट्रवादी/देशभक्तिपूर्ण, आध्यात्मिक, रोमान्टिक, दार्शनिक, नृत्य धुन, गाथागाथा, सङ्गीत रचना, महिला र नारीत्वको लागि, बालबालिका र युवाहरूका लागि गीतहरू र वातावरण, खेलकूद, स्काउटहरू, आदि विषयगत गीतहरू समावेश छन्। सूची अनन्तः छ। उनका प्रस्तुतिहरू विशुद्ध शास्त्रीयदेखि लोक, आधुनिक र महिला र बालबालिकाका लागि विशेष रूपमा सिर्जना गरिएका संगीतसम्मका छन्। यी सबै विविधताहरूमा उनले नेपाली स्पर्शलाई मनमोहक र कायम राख्न आफ्नो संवेदनशीलता र कुशलता कायम राख्छन्।
गोपाल योञ्जनको निधनपश्चात दिन, हप्ता, महिना अनि वर्ष बित्दै गयो, तर उहाँको रचना, गीत संगीत संसारभरिका मानिसको मनमा गुन्जिरह्यो, अथवा कहिलै मरेन। यसै सन्दर्भमा गोपाल योञ्जनका कार्यकालमा उनले धेरै चेलाहरू उत्पादन गरेका थिए, यसको अर्थ उहाँले आफूले मात्रै यो काम गर्नु भएन तर अरु धेरैलाई गीत तथा सङ्गीतमा भिजाउनु भएको थियो अर्थात् उहाँका कैयौं अनुयायीहरू थिए। ती धेरै अनुयायीहरू मध्ये एक जना हुन् “मित्र लामा”। गोपाल योञ्जनसँग धेरै वर्ष काम र सङ्गत गरेका यी हुन् मित्र लामा। मित्र लामाले एउटा ठूलो टोली बनाई दार्जीलिङमा गोपाल योञ्जन प्रतिष्ठान २०१९ मा सुरु गरे। पछि गएर यो २० २१ पन्जीकृत भएको थियो ।
गोपाल योञ्जन प्रतिष्ठानको कार्यालय दार्जीलिङमा मात्रै होइन, मिरिक, कालेबुङ र नेपालको काठमाण्डुमा पनि स्थापित भैसकेको छ। यसको सबैभन्दा ठुलो मुख्य कार्ययोजना भनेको पाँच विभिन्न ठाउँमा गोपाल योञ्जनको स्मारक बनाउने हो। पहिलो दार्जीलिङमा स्थापना भैसकेको छ र दोस्रो मिरिकमा भएको छ। तेस्रो कालेबुङको डेलो परिसरमा हुने भएको छ। गत सेप्टेम्बर 7 तारिख आइतबारका दिन बेलुका प्रतिष्ठानका राष्ट्रीय अध्यक्ष मित्र लामाले बताउनु भयो कि सेप्टम्बर 18 तारिख बिहान 10:30 बजे डेलो परिसरमा प्रतिमा अनावरण हुनेछ भने त्यही दिन 12:30 बजे देखि रामकृष्ण रङ्गमञ्चमा औपचारिक कार्यक्रम हुनेछ, जस्तै : गोपालान्जली : स्मारिकाको विधिगत लोकार्पण, गोपाल योञ्जन स्मृति पुरस्कार, सर्जक सम्मान अनि साङ्गीतिक कार्यक्रम हुनेछ।
मधुसुदन लामा कालेबुङ गोपाल योञ्जन प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ, उहाँले भन्नुभयो, यो काम हाम्रो लागि गौरवको कुरा हो। सम्पूर्ण सङ्गीतमा समावेश हुनु भएकाहरुका लागि मात्र नभएर सम्पूर्ण कालेबुङ वासीका लागि पनि गौरवको कुरा भएको बताउनु भयो। सबै सङ्गीत प्रेमी तथा कालेबुङवासीलाई गोपाल योञ्जन प्रतिष्ठान प्रतिमा अनावरण तथा रामकृष्ण रङ्गमञ्चमा आइदिन मिडिया तथा सोसियल मिडियाद्वारा आह्वान कालेबुङ शाखाका सचिव गायक सञ्जय प्रसादले बताउनु भयो। यो कार्यक्रम सूचना अनि सांस्कृतिक विभाग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन साथै स्थानीय समाजसेवीवर्गको परियोजनामा र गोपाल योञ्जन प्रतिष्ठान दार्जीलिङ साथै गोपाल योञ्जन प्रतिष्ठान कालेबुङको संयुक्त्त आयोजनामा हुनेछ। प्रमुख अतिथिमा कालेबुङका विधायक श्रीमान रुदेन सादा अनि कालेबुङ नगर प्रशासक श्रीमान रवि प्रधान हुनुहुन्छ। भव्यरुपमा आयोजना हुने यो कार्यक्रममा कालेबुङ मात्र नभई सबै ठाउँका गोर्खाहरूलाई उपस्थित भई यो कार्यक्रमलाई ऐतिहासिक र स्मरणीय बनाउनहुन आयोजन समितिद्वारा हार्दिक निवेदन गरिएको छ।
–चन्द्रकला राई, कालेबुङ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ