गोरामुमोले पालन गऱ्यो 38 औँ गोर्खा अकर्ड एवं नागरिकता स्पष्टीकरण दिवस

Share this news

खरसाङ, (निसं)ः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा द्वारा गोर्खा अकर्ड अनि गोर्खा नागरिकता स्पष्टीकरण दिवस पालन । गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको आयोजनामा शनिवार खरसाङ बजारको गोर्खा जनपुस्तकालय भवनमा मा 38 औँ गोर्खा अकर्ड अनि गोर्खा नागरिकता स्पष्टीकरण दिवस पालन गरियो। पार्टीका ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमलाई ब्राञ्च कमिटी सविव छेत्रीले सञ्चालन गरेका थिए । कार्यक्रम दार्जीलिङ विधानसभा समष्टिका विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बाको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो। गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङ्को तस्वीरमा धुप-दीप प्रज्जवलन गरि कार्यक्रमको आरम्भ गरिएको थियो। कार्यक्रममा गोरामुमो केन्द्रीय समिति सदस्यगण, गोरामुमो शीर्ष नेतृत्ववर्ग, सम्पूर्ण भ्रातृ संगठनका नेतृत्व अनि कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहेको थियो। गोर्खा नागरिकता स्पष्टीकरण बारेमा जानकारी गराउदै पार्टीका खरसाङ ब्राञ्च कमिटी कानुनी सल्लाहकार अधिवक्ता विशाल लामाले भने, गोर्खाहरूले नागरिकता प्राप्त गरेको संस्थापक अध्यक्ष सुवास घिसिङ्को राजनैतिक दुरदर्शिताको कारण हो। भारत सरकारले हामीलाई नागरिकता प्रदान गरेर बरदान दिएको हो र बरदान ल्याउने गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङ हुन्‌‍। एचपीडब्लुयु केन्द्रीय समिति अध्यक्ष बीके राईले आफ्नो वक्तव्य राख्दै भने, जति पनि मुद्दाहरू सुवास घिसिङले उठाएका थिए आज त्यो सबै उजागर हुँदै जादैछ, ती सबै सत्य भएर जादैछ। राजनीति विकासको निम्ति मात्र गरिन्दैन जातिको उत्थानको निम्ति पनि गर्नु पर्छ, जसरी सुवास घिसिङले गरेका थिए। सुवास घिसिङले भारत सरकारलाई गोर्खाहरूको नागरिकता विषय लिएर सरकारले स्पष्ट पार्नु पर्छ भनी माग गर्दा भारत सरकारले 23 अगस्ट 1988 को दिन अधिसूचना जारी गरेर गोर्खाहरू भारत देशका खाट्टी नागरिक हुन्‌‍ भनेको हो। कार्यक्रममा खरसाङ ब्राञ्च कमिटी अन्तर्गतका गोरामुमो अनि यसका भातृ संगठनका विभिन्न समष्टि समिति, शाखा-प्रशाखा समितिका नेतृत्व, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। यस प्रकारको कार्यक्रम पार्टीले पहाड़को विभिन्न स्थानमा आयोजना गरेको छ भनी गोरामुमो मिडिया सेल प्रभारी दिनेश साम्पाङले थप बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ