गौरव मञ्चको कार्यकारिणी समिति गठन

Share this news

तीनधारे , (निसं): गौरव मञ्च तीनधारे को सभा सम्पन्न भएको छ। उक्त सभाको मूल मसौदा गौरव मञ्चको पूर्णाङ्क समिति बनाउनु रहेको थियो। आजसम्म यो समिति सुप्रेम छेत्रीको संयोजकत्वमा चलिरहेको थिए। उक्त सभा बसेर सबैको सहमतिमा पूर्णाङ्क कमिटी बनाइएको छ। उक्त सभा समितिको अग्रज व्यक्ति बिजय गुरुङ्को सभापतित्वमा भएको थियो। सभाको प्रथम चरणमा गायक प्रशान्त तामाङको आकस्मिक निधनमा शोक व्यक्त गर्दै एक मिनटको मौन धारण गरियो। सभाको मूल मसौदामाथि संयोजक सुप्रेम छेत्रीले आजसम्मको कार्यको सम्पूर्ण वृतान्त सभामा राखेका थिए। सभामा सबै सदस्यहरुले आआफ्नो वक्तव्यको क्रममा समितिको पदाधिकारीहरु सुयोग्य र सठिक छान्न पर्ने, समितिको नियम र कानुन बनाउनु पर्ने साथै संगठनको आर्थिक सुदृढ़ीकरणमाथि आफ्नो मनसाय राखेका थिए। साथै वक्ताहरुले गौरव मञ्चले तीनधारेको गौरव बढाउन अझ राम्रो राम्रो कार्यक्रमहरु वृहत्‌‍ रुपमा गर्नुपर्ने विषयमा जोड दिइएको छ। यस सभामा चयन भएका मुख्य पदाधिकारीहरुमा सभापति महेश सेवा, कार्यकारी सभापति कर्म मोक्तान, उप- सभापति प्रणय गुरुङ, मूल सचिव सुप्रेम छेत्री, संयुक्त सचिव विशालमणि प्रधान, सह सचिव सचिन प्रधान, कोषाध्यक्ष प्रवीण राई, सह कोषाध्यक्ष अर्जुन छेत्री, प्रमुख सल्लाहकारमा बिजय गुरुङ, उत्तम गिरी, राजेन रसाइली, कार्यकारिणी सदस्यहरु सौराज सिंह, रबीन सुब्बा, सुदन लकान्द्री, प्रचार प्रसार सचिव युवराज सुन्दास लगाएर जम्मा 15 जनाको कार्यकारिणी समिति र रहल साधारण सदस्यको रुपमा एउटा पूर्णाङ्क कमिटी गठन गरिएको छ। सभाको अन्त्यमा गायक प्रशान्त तामाङको निधनमा चाढै एउटा शोक कार्यक्रम आयोजना गरिने विषयमा चर्चा गरियो। सभाको अन्त्यमा सभापति बिजय गुरुङले सबै मनोनित सदस्यलाई बधाई दिँदै अघिल्लो कार्यक्रमहरुको शुभकामना साथै धन्यवाद व्यक्त गरेका छन्।उल्लेखनीय छ गौरव मञ्च तीनधारेले विगत केही वर्षदेखि निरन्तर रुपमा गोपाल योञ्जनको नाममा सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ भने तीनधारे क्षेत्रमा संगीतको माध्यमबाट योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान पनि जनाउँदै आईरहेका छन्‌‍। आगामी दिनमा पनि गौरव मञ्च तीनधारेले धेरै कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको र तीनधारे क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान जनाउने कार्य जारी राख्ने भएको छ।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

आजको रोजाइ