दार्जीलिङ,21 मार्च(निसं): पुल-बिजनबारी-गोक समष्टि अन्तर्गत इण्डियन गोर्खा जनशक्ति फ़्रण्टको 23/50 को बूथ समिति गठन बिहीबार ग्राम सभापति संजीब मादेनको सभाध्यक्षतामा भएको छ।
उक्त सभामा समष्टि कार्यकारिणी अध्यक्ष प्रमोद लावती, महासचिव रबिन सुब्बा, समष्टि युवा प्रकोष्ठ अध्यक्ष भिमू सुब्बा, महासचिव जेशन लामा,प्रमुख सल्लाहकार किरण लिम्बु, दिलीप छेत्री बिशेष रुपमा उपस्थित थिए।
23/50 को बूथ समिति निम्न रुपमा गठन भएको छ जसमा सभापति मनीराज राई,महासचिव गजेंद्र सुब्बा, सांगठनिक सचिव योगिता छेत्री, उपसभापतिहरुमा टेक बहादुर मादेन, अर्पण सुब्बा, कृष्ण सुब्बा, सहसचिवद्वय सुमित्रा राई, मनिका सुब्बा
कोषाध्यक्ष अमित सुब्बा साथैमा प्रमुख सल्लाहकारहरुमा जसुमाया लिम्बु, पूर्ण बहादुर राई, शर्मिला सुब्बा, रीना सुब्बा, ममता सुब्बा, दावा तामाङ, रूपक छेत्री, नंदीमाया लिम्बु, अञ्जु सुब्बा, सुकराज सुब्बा,मकरराज सुब्बा गरी 20जना कार्यकारिणी सदस्यहरुको बूथ समिति गठन गरिएको पार्टी सूत्रले बताएकोछ।












