कठिनाइबाट उदाएकी हक्कीकी प्राविधिक अधिकारी निशा

Share this news

नारी दर्पण 

सञ्जय निरौला

दार्जीलिङको चिसो हावा र हरियो वनपाखाबाट पनि एउटा ज्वाला उठ्छ – त्यो हो हिम्मत र खेलप्रतिको लगावको ज्वाला। मैदान र पूर्वाधारको अभाव अझै छ, तर त्यही कठिनाइभित्रबाट निस्किएकी छिन् निशा गुरुङ। खेलाड़ीको रूपमा राज्य र राष्ट्रिय स्तरमा नाम कमाउँदै, प्रशिक्षक र प्राविधिक अधिकारी बनेर पनि पहाड़कै छोरीहरूले हक्कीमा कस्तो सम्भावना देखाउन सक्छन् भन्ने सशक्त उदाहरण बनेकी छिन् उनी।

दार्जीलिङ नजिकै लेबुङ ग्राम पञ्चायतअन्तर्गत गिङ धर्मशाला निवासी रतन गुरुङ र मीना गुरुङकी छोरी निशाले नेपाली गर्ल्स उच्च माध्यमिक विद्यालयबाट पढ़ाइ शुरु गरेकी हुन्। नवौँ कक्षापछि ओपन स्कूलबाट माध्यमिक र उच्च माध्यमिक पूरा गरिन्। सन्त जोसेफ कलेज दार्जीलिङबाट स्नातक अनि उत्तर बंगाल विश्‍वविद्यालयबाट स्नातकोत्तर गरिन्।

हक्कीकी प्राविधिक अधिकारी निशा गुरुङ।

विद्यार्थी जीवनमै हक्कीमा रुचि राख्ने निशाले छैठौँ कक्षादेखि खेल्न थालिन्। सन् २००८ मा सातौँ कक्षामा हुँदा अल इण्डिया साफ जुनियर च्याम्पियनशिपमा दार्जीलिङ जिल्लाबाट खेलिन्, यहींबाट उनको राष्ट्रिय यात्रा शुरू भयो। सन् २००९ मा नेताजी सुभाष स्टेट गेम्स्मा खेल्दा उनुहरूको टिम प्रथम उपविजेता बन्यो। त्यसपछि सब-जुनियर, जुनियर र सिनियर राष्ट्रिय टोलीमा सहभागिता जनाइन्। सन् २०११ मा पटनामा सब-जुनियर राष्ट्रिय टोलीको उपकप्तान भइन्। उनी भन्छिन्, ‘‘दार्जीलिङमा पूर्वाधारको अभाव र कठिनाइबीच पनि म पश्‍चिम बंगालको प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रतियोगितामा पुगेँ। यो मेरो मात्र नभएर सम्पूर्ण पहाड़को चेलीको जित हो।’’ सो प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाड़ीहरूको खेल हेरेर आफू अझ प्रेरित भएको बताउँछिन्। सन् २०१३ मा लखनउमा अल इण्डिया सिनियर नेशनल टिम र सन् २०१५ मा अल इण्डिया नेशनल च्याम्पियनमा खेलिन्।

‘‘बिना मैदान अनि बिना प्रशिक्षण नै दार्जीलिङका खेलाड़ीहरूले राज्य र राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने क्षमता राख्छन्।’’

हक्कीमै करियर बनाउने निश्‍चित गरेकी निशाले नवौं कक्षामा पुग्दा विद्यालय छोड़िन्, र ओपन स्कूलबाट शिक्षा जारी राखिन्। उनले अभ्यास मात्र गरिनन्, पहाड़मा हक्की खेलाड़ी जन्माउने ठूलो सोच पनि राखिन्। उच्च माध्यमिक परीक्षाको तयारीसँगै उनले सेन्ट टेरेसा उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिन थालिन्। यसरी प्रशिक्षण दिँदा उनी खेलाड़ीसँगै कोचिङतर्फ आकर्षित भइन्। त्यसपछि शुरु भयो उनको अर्को यात्रा। खेलकुद कोटाअन्तर्गत उनी दार्जीलिङको सन्त जोसेफ महाविद्यालयमा भर्ना भइन्। स्नातक दोस्रो वर्षमा रहँदा दार्जीलिङ मोन्टेसरी हाउस अफ् चिल्ड्रेनमा सन् २०१७ तिर हक्की प्रशिक्षक नियुक्ति पाइन्। प्रशिक्षकको रूपमा उनको रुचि बढ़्दै गयो।

सन् २०१८ मा कोलकातामा आयोजित दार्जीलिङदेखि स्टेट नेहरू कप टुर्नातेन्टका लागि प्रतिनिधित्व गर्ने पहिलो स्कूल पुरुष टोली बनाइन्। सन् २०२२ मा एकजना र २०२४ मा दुईजना खेलाड़ी राज्य स्तरको सब-जुनियर टिममा छानिए। दार्जीलिङ हक्की संघको सहयोगमा उनले हिउँदमा धेरै खेलाड़ीलाई प्रशिक्षण दिइन्। ती खेलाड़ीहरूले राज्य स्तरका प्रतियोगितामा पुरुष र महिला दुवै टोलीले प्रतिनिधित्व गरे।

तर दुर्भाग्यवश, कोभिड-१९ महामारीको कारण उनको सपना चकनाचुर भयो। ‘‘त्यतिबेला मैले उदासी र उद्देश्यहीन महसुस गरें, जसले झन्डै डिप्रेसन निम्त्यायो। मैले बेकार महसुस गरें। सौभाग्यवश, प्राविधिक अधिकारीहरू र अम्पायरका लागि हकी इण्डियाद्वारा आयोजित अनलाइन कार्यशालाको विज्ञापन देखा पर्‍यो’’, उनी भन्छिन्, ‘‘म अनलाइन प्राविधिक आधिकारिक पाठ्यक्रममा सामेल भएँ जुन साँच्चै उपयोगी बन्यो। म अनलाइन परीक्षा र भाइभामा उपस्थित भएँ, तर व्यावहारिक अभ्यासका लागि मलाई कोलकाता जानुपर्ने भयो, जुन अर्को तनाव थियो।’’

लकडाउन खुलिसक्दा निशा खेलाड़ी प्रशिक्षक मात्र होइन, सैद्धान्तिक र व्यावहारिक दुवै रूपमा परिपक्व प्राविधिक अधिकारीको रूपमा उदाइन। पहाड़बाट यो पदसम्म पुग्ने पहिलो व्यक्ति बनिन्। आधिकारिक रूपमा प्राविधिक अफिसियल बनेपछि उनले पहिलोपटक सन् २०२२ मा इम्फाल, मणिपुरमा आयोजित सब-जुनियर राष्ट्रिय च्याम्पियनशिपको लागि प्राविधिक अधिकारीको रूपमा पाइला टेकिन्। त्यसपछि सब-जुनियर राष्ट्रिय सन् २०२३, दिल्लीमा खेलो इण्डिया जुनियर लिग र राउरकेला ओडिशामा अनि खेलो इण्डिया युवा खेलका लागि चेन्नईमा नियुक्त भइन्। उनले एनआईएस र डिग्री पूरा गरिसकेकी छिन्।

सन् २०२३ मा उनले प्रशिक्षित एक विद्यार्थीले उनैको मार्गदर्शनमा पहिलो राष्ट्रिय च्याम्पियनशिप खेले। उनको प्रशिक्षणमा दार्जीलिङ २०२३ को नर्थ बेंगल राज्य च्याम्पियन बन्यो। त्यही वर्ष बंगलोरबाट उनले नेशनल इन्स्टिच्युट अफ् स्पोर्ट्स (एनआईएस) सर्टिफिकेट कोर्स पूरा गरी दार्जीलिङको एकमात्र प्रमाणित प्रशिक्षक बनिन्।

उनले राँचीमा फेडरेसन अफ् इन्टरनेसनल हक्की (एफआईएच) स्तर-२ को प्राविधिक आधिकारिक कोर्स पुरा गरिन्। जहाँ एसियाली कप २०२३ आयोजना गरिएको थियो। सन् २०२४ मा सिनियर राष्ट्रिय महिला टिमको मुख्य अफिसियल बनिन् भने २०२५ मा भुवनेश्‍वरमा आयोजित एफआईएच प्रो-लिगमा राज्यको पहिलो टेक्निकल जज बन्दै अर्को उपलब्धि हासिल गरिन्। उनले महिला वर्गमा जर्मनी बनाम स्पेन, पुरुष वर्गमा भारत बनाम स्पेन र इङ्गल्याण्ड बनाम भारतको खेलमा सफलतापूर्वक कार्य गरिन्। यसै वर्ष केही महिनाअघि बिहारको राजगिरमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि टेक्निकल जज थिइन्।

पूर्व हक्की खेलाड़ी विरुत्तम प्रधानलाई हेरेर अघि बढ़ेेकी निशाले शिक्षिका कमलेश राईलाई प्रेरणाको स्रोत मान्छिन्। हक्कीको शुरुवाती दिनमा फुपूको घरमा बस्दा पाएको सहयोग उनी सधैं सम्झिन्छिन्। दार्जीलिङ पहाड़मा सबैभन्दा ठूलो समस्या भनेजस्तो हक्कीको मैदान नहुनुलाई मान्छिन्, र भन्छिन्, ‘‘बिना मैदान अनि बिना प्रशिक्षण नै दार्जीलिङका खेलाड़ीहरूले राज्य र राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने क्षमता राख्छन्।’’ हक्कीका लागि मैदान र छुट्टै एकाडेमी भए अझ धेरै राम्रा खेलाडी जन्माउने उनको भनाइ छ। विद्यालय स्तरमै क्षेत्रीय प्रतियोगिता हुनसके हक्कीमा रुचि राख्नेले राम्रो मञ्च पाउने उनी बताउँछिन्।

खेलाड़ी बन्न त्याग, समर्पणसँगै अनुशासन पनि हुनुपर्छ भन्दै युवालाई राष्ट्रिय खेलमा आउन आह्वान गर्छिन्। हक्कीलाई करियर बनाएकी निशा गुरुङ पहाड़को सुन्दर धरतीबाट जन्मेकी रत्न हुन्। उनैको मार्गदर्शनमा धेरै खेलाड़ी करियर बनाउने तयारीमा छन्। त्यसैले उनले भनेजस्तै पहाड़मा हक्कीका लागि उच्चस्तरीय मैदान र एकाडेमी बने साँच्चै धेरै राष्ट्रिय स्तरका खेलाड़ी जन्माउने सम्भावना देखिन्छ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ