प्रणामी मन्दिरमा चारवटा सामाजिक संस्थानहरुलाई  सम्मान 

Share this news

दार्जीलिङ,29 जनवरी(निसं):दार्जीलिङ महकुमामा पर्ने रङ्ली-रङ्लीयट तकदाह ब्लक अन्तर्गत स्थानीय बड़ा पुबोंगको प्रणामी मन्दिरको रजत जयन्ती महोत्सव वर्ष समापन गर्दै यस गाउँका श्रीकृष्ण प्रणामी धर्मसभा शाखा 13- ले यसै भेगका चारवटा सामाजिक स्वास्थ्य र आरोग्य संस्थानलाई एकसाथ सम्मान जनाएको समाचार प्राप्त भएको छ। वर्षव्यापी रजत जयन्ती महोत्सव 2025-26  समापन कार्यक्रमको अवसरमा गत 18 देखि 24 जनवरीसम्मको सात दिने अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त भागवत् कथाकार रोहितराज जी महाराजको विशेष सहभागितामा सम्पन्न सप्ताहव्यापी श्रीमद् भागवत् महापुराण कै एक भागको रूपमा आयोजक समितिले मंगल सेवा फाउण्डेशन  मङ्पु, जनकल्याण चेरितटेबल हास्पिटल रङ्ली, प्राणनाथ परमार्थ सेवा फाउन्डेसन मङ्पु तथा तकदाह टिस्टाभेली क्षेत्रको रोगी सहायता संस्था जीवन ज्योति फाउन्डेसनलाई सम्मान जनाइयो।
कार्यक्रम मूल संयोजक सुनील राईले एक विज्ञप्ति जारी गर्दै दिएको जानकारी अनुसार उपर्युक्त चारैवटा संस्थाले निःस्वार्थ भावले स्थानीय क्षेत्रमा गरिबी रेखादेखि मुनि रहेका क्यानसर, किड्नी जस्ता भयानक रोग निवारणमा पुरयाई रहेको योगदान अनि शिक्षाको क्षत्रमा प्रदान गरिरहेको आर्थिक सहायताका लागि मूल्याङ्कन गर्दै यसपल्ट प्रणामी मन्दिरको नेतृत्वमा नागरिक सम्मान प्रदान गरिएको कुरा स्पष्ट पारे।
प्रणामी धर्मगुरु श्री 108 मोहन प्रियाचार्य जी, रोहित राज महाराज, समाज सेवक बिक्रम राई, साहित्यकार तथा शिक्षाविद् लाेक थापा, भीम प्रधान, डा राज कुमार छेत्री, प्राध्यापक मेघनाथ छेत्री, डा. सुमन छेत्री,जीटीए प्रमुख कार्यपालका मूल सलाहकार अमर लामा, सभासद् रतन कुमार थापा, अनोस थापा, पञ्चायत समिति सभापति देव कुमार छेत्री, उपसभापति ललित राई, कर्माध्यक्ष प्रवेश लामा,ग्राम पञ्चायत प्रधान सीता राई, उप प्रधान मित्र गुरूङ, मंगलधाम कालिम्पोङका मूल पुजारी गगनराज जी महाराज,सिक्किम प्रणामी केन्द्रिय मन्दिर सिङ्तामका  सभापति केबी छेत्री,सलाहकार सदस्य आर एस भण्डारी, दुष्यन्त धिताल, प्रदीप भण्डारी तथा बाइज्यूराज संघ केन्द्रिय समिति कालिम्पोङ ,सिक्किम र दार्जीलिङका पदाधिकारीगण उक्त सप्ताहव्यापी अनुष्ठानमा विशेष रूपले उपस्थित रहेकोमा समितिले आभार प्रकट गरेको कुरो विज्ञप्तिमा जनाईएको छ। यसबाहेक समाज सेवा र प्रतिभाको क्षेत्रमा व्यक्तिगत रूपमा उल्लेखनीय कार्य गरेकोमा क्रमैले  भागवत् भास्कर रोहित राज जी महाराज (सल्लाहकार मुख्यमन्त्री सिक्किम सरकार ),बिक्रम राई सेटोङ र नोभा कोसमाे मिस इण्डिया-2025 साईश्रेया भण्डारी पुबोंगलाई  पनि समितिले सम्बर्द्धना जनायो।
यसका साथै यसप्रकारको एउटा वृहत् आध्यात्मिक संस्थानको रजत जयन्ती महोत्सव मञ्चबाट आफ्नो संस्थालाई यसरी सम्मानित गरिएकोमा क्रमैले श्रीमती चन्द्रकला राई (प्राणनाथ परमार्थ सेवा फाउन्डेसन), विशाल गोले (जीवन ज्योति फाउन्डेसन), राजमान तामाङ ( जनकल्याण चेरिटेबल हास्पिटल) अनि सुरेश सुब्बा ( मंगल सेवा फाउन्डेसन)-  पुबोंग प्रणामी मन्दिरप्रति कृतज्ञता व्यक्त गरेको कुरो कार्यक्रम संयोजक राईले जनाएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ