रूङदुङ मुक्ति पुलको जग धस्कियो

Share this news

मिनरल स्प्रीङ, 7  अगस्त (अनिल जिम्बा ): मिनरल स्प्रीङको सम्पूर्ण क्षेत्रलाई लेबोङ दार्जीलिङ शहर लगायत अन्य स्थानसित सडक मार्गले जोड्ने पान्दाम चियाबारी अनि आङ्खु माझमा अवस्थित रुङदुङ खोलामाथि बनाएको फलामको बेली ब्रिज जसलाई रुङदुङ मुक्ति पुल भनिन्छ उक्त पुलको याङ्खुपट्टिको आधार जग अथवा फाउण्डेशनको ठूलो अंश धस्केर गएको हुनाले स्थानीय मानिसहरू चिन्तित बनेका छन्।पुल जडान गरिएको ठीक मुनिल्लतिर फाउण्डेशन-को ठूलो अंश झरेर खोलामा पसेको हुनाले रुङदुङ खोलाको आधा भाग नै उक्त झरेको हिस्साले ढाकेको छ भने खोला बढेर आएको बेला पानीले आफ्नो दिशा बदलिए सोझै पुल मुनिको अंशलाई ठूलो क्षति पुर्‍याउने सम्भावना बढेर गएको छ।। यसरी पुल मुनिको अंशलाई क्षति पुगेको खण्डमा उक्त मुक्ति पुल धरासयी हुन सक्छ जसले गर्दा यो पुल भएर ओहोर-दोहोर गर्ने सम्पूर्ण जनसाधारण तथा यात्रुहरु प्रभाव पर्न जान्छ यसर्थ यस विषयलाई सम्बन्धित निकायले समयमा नै निरीक्षण गरी उचित पहल गरीदिए राम्रो हुनेछ भनी गाउँवासीको पक्षमा मिनरल स्प्रीङ यांखु निवासी मणिराज राईले सन्चार माध्यमलाई जनाएका छन्। विगत दागोपाप-को समयमा विभागिय रुपमा नै पुलको निरीक्षण रंग पचेरा आदिको कार्य हुन्थ्यो तर अहिले यस्तो केही भएको जस्तो लाग्दैन। विभागले पनि यसको देखरेख गरिदिए अति उत्तम हुनेथियो उनी भन्छन्। पुललाई जडान गरिएको एकापट्टिको  नट बोल्ट पनि निकालिएको तथा हराएको देखिएको छ यसले पुल तथा वाहनहरुको भार वहन गर्ने क्षमतालाई प्रभाव पार्ने हुनाले यो विषय अति निन्दनीय तथा चिन्तित तुल्याउने भएको हूनाले सम्बन्धित विभागले यसप्रति चाँडै पहल गरीदिनु पर्छ भनी उनले भनेका छन्। ज्ञात रहोस रुङदुङ खोलामाथिको यो बेली ब्रिजको निर्माण पश्चात 1 अक्टोबर 1995 सालमा दार्जीलिङ गोर्खा पार्वत्य परिषद्का अध्यक्ष स्वर्गीय सुवास घिसिङले गरेका थिए भने त्यसपछि नै मिनरल स्प्रीङ क्षेत्र सडक मार्गले अन्य स्थानसित जोडिन पुगेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ