लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

Share this news

रेलिङ, 12 जुलाई (निसं): नलोवर साम्सुमा श्री सत्य साई बाल विकास भवनको शिलान्यास गरियो।
जीटीए अध्यक्ष  अनित थापाको गत रेलिङ भ्रमणमा आउँदा लोवर साम्सुमा बाल विकास भवन निर्माण गरिदिने बचन दिएका थिए भने उनले आफ्नो बचन आज पूरा गरेका छन् भनी सभासद सतिश पोख्रेलले बताए। यसै क्रममा क्षेत्रीय सभासद सतिश पोखरेलको उपस्थितिमा भुमि पूजा गरेर पोखरेलको बहुलीबाट विधिवत रूपमा श्री सत्य साई बाल विकास भवनको शिलान्यास गरियो।
जीटीए कार्यकारी सभसाद सतिश पोखरेलले कार्यक्रममा आफ्नो सम्बोधनमा राख्दै भने, कुनै पनि धर्मले राम्रो बाटोतिर दोहोर्‍याउछ, नराम्रो बाटोतिर कहिले दोहोर्‍याउदैन। उनले अघि भने, यहाँ अब बाल विकास भवन निर्माण हुँदैछ, मलाई धेरै खुशी लाग्यो, नानीहरू सानोमा राम्रोसँग विकास भयो भनी ठूलो भएर पनि राम्रो हुनेछ भनी पोखरेलले बताएका छन।
उक्त बाल विकास भवन बनाउने जिम्मा ठेगादार मदन चाैहानले पाँएका छन भने समितिको पक्षमा डा.कमल पोखरेलले जीटीए अध्यक्ष अनित थापा अनि क्षेत्रीय सभासद सतिश पोखरेलप्रति आभार प्रकट गरेका छन्।
कार्यक्रममा सभासद सतिश पोखरेलबाहेक रेलिङ ग्राम पञ्चायतका उपप्रधान एनडी राई, वार्ड सदस्या पूर्णिमा तामाङ, बिनिता राई साथै भागोप्रमो रेलिङ कैजले समष्टि पद्अधिकारीगण उपस्थित थिए। यसरी नै कार्यक्रममा रेलिङ श्री सत्य साई सेवा समितिका संयोजक भगीराम राई लगायतका  समिति,  मण्डली तथा केन्द्रका प्रतिनिधिगण साथै गाउँले मानिसहरूको विशेष उपस्थिति रहेको थियोे ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन