Formation of a separate branch of Agosus in Odlabari area
Formation of a separate branch of Agosus in Odlabari area

ओदलाबारी क्षेत्रमा आगोससको अलग शाखा गठन

Share this news

ओदलाबारीको बगान मोढमा आइतबार आदिवासी गोर्खा संयुक्त समिति (आगोसस) को एक ऐतिहासिक तथा निर्णायक जरुरी सभा गोदाम मोढ निवासी श्रीमान मदन दर्जीको सभापतित्वमा भव्य रूपमा सम्पन्न भयो। उक्त सभाले ओदलाबारी बगान मोढ क्षेत्रमा आगोससको अलग शाखा गठन गर्दै संगठन विस्तारको दिशामा एक दृढ र ऐतिहासिक कदम अघि बढाएको छ। सभामा ओदलाबारी चियाबारी तथा आसपासका क्षेत्रका नागरिकहरूको व्यापक, उत्साहजनक र सचेत सहभागिता रहेको थियो, जसले जातीय स्वाभिमान र पहिचानको आन्दोलनप्रति जनसमर्थन झल्काएको छ।
सभाबाट सर्वसम्मत रूपमा निम्न महानुभावहरूलाई ओदलाबारी बगान मोढ शाखा कार्यकारिणी समितिमा नियुक्त गरिएको छः अध्यक्ष – श्रीमान बादल कामी, उपाध्यक्ष – श्रीमान मिलन माझी, महासचिव – सुश्री सुजता छेत्री, संयुक्त सचिव – श्रीमान संजु माझी, सह–सचिव – श्रीमती सारिका माझी, सह–सचिव – श्रीमान राजकुमार माझी
कोषाध्यक्ष – श्रीमती दिपा छेत्री, सह–कोषाध्यक्ष – श्रीमान हिम्मत माझी रहेका छन्।
कार्यकारी सदस्यहरूमा संजय छेत्री, देवीमाया छेत्री, दिपेन छेत्री, रंजन कामी, प्रदीप गुरुङ, संजय मगर थापा, सुबास रम्तेल, दिलीप कुमार, पूर्णबहादुर, संजित माझी, विजय माझी, राजकुमार माझी र सुजाता छेत्री रहेका छन्।
उल्लेखनीय छ, ओदलाबारी बगान मोढ क्षेत्रमा आगोससको शाखा गठन गर्ने निर्णय अघिल्ला बैठकहरूमै भइसकेको थियो। यो सभाले त्यस निर्णयलाई मूर्तरूप दिँदै संगठनलाई जमिनसँग जोडिएको जनआन्दोलनको रूपमा सुदृढ बनाएको छ। सभामा डुवर्स गोर्खा संघर्ष मोर्चा (डिजिएसएम)को राजनीतिक, सामाजिक र ऐतिहासिक भूमिकाबारे गम्भीर छलफल गर्दै यसको आन्दोलनात्मक एजेन्डा जनस्तरसम्म पुर्‍याउने संकल्प व्यक्त गरियो। उपस्थित सबैले जातीय अधिकार, पहिचान र स्वाभिमानको आन्दोलनमा कन्धा मिलाएर अघि बढ्ने अटल प्रतिबद्धता जाहेर गरे।
यसै अवसरमा, आगामी मिति ८ फेब्रुअरी २०२६ मा आगोसस र नियोटिया अस्पताल, शिलिगढीको संयुक्त तत्वावधानमा स्थानीय प्राथमिक पाठशाला, दुम्सीगढामा आयोजना हुने निःशुल्क मेडिकल क्याम्पबारे नागरिकहरूलाई विस्तृत जानकारी दिइयो। यो कार्यक्रम जनस्वास्थ्यप्रतिको आगोससको समाजप्रति प्रतिबद्धताको सशक्त उदाहरण हो भन्दै सबैलाई यस सेवाको अधिकतम लाभ लिन हार्दिक आह्वान गरियो। सभामा केन्द्रीय समिति अध्यक्ष श्रीमान सघन मोक्तान, ओदलाबारी शाखाबाट श्रीमान गणेश राई र सुश्री अमृता राई, तारघेरा शाखाबाट श्रीमान अर्जुन छेत्री, बचन राणा र विजय गुरुङ, सुश्री लक्ष्मी छेत्री, तथा दुम्सीपाढा शाखा अध्यक्ष श्रीमान डी.के. विश्वकर्मा र संगित माझी लगायत नेतृत्त्व तथा कार्यकर्ताहरूको गरिमामय उपस्थिति रहेको थियो।
यो सभा आदिवासी गोर्खा समुदायको अधिकार, अस्तित्व र पहिचानको संघर्षलाई अझ संगठित, सशक्त र निर्णायक दिशातर्फ लैजाने अर्को महत्वपूर्ण मोड सावित भएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ