एक दिन शहिद दिवसमा सम्झने मात्र प्रथा हटाउ

Share this news

दार्जीलिङ, 27 जुलाई(निसं): शहिदको सपना गोर्खाल्याण्ड र माटोको सुरक्षामा भएको विगत 1986 सालको गोर्खा उन्मुक्तिको आन्दोलनमा प्राणको आहुति दिने ती बीर शहिदहरूलाई सम्झना गर्ने दिन शहिद दिवसको समय शहिद ग्याल्पो तामाङलाई पनि सम्झने दिन हो। विगत 1986 सालको 30 अक्टूबरको जाती र माटोको निम्ति प्राणको बलिदान दिने शहिद ग्याल्ज्ये तामाङ, पिता स्वर्गीय पेम्बा तामाङ, आमा देवी माया तामाङका साँइला छोरो हुन भने उनलाई झेपी ग्राम पञ्चायत अन्तर्गत रमिते क्षेत्रमा भएको युद्ध भूमिमा शहिद बनेका थिए भनी क्षेत्रवासी बताउँछन्। क्षेत्रवासीको जानकारी अनुसार, उनी क्षेत्र कै पहिलो शहिद मान्न सकिन्छ। पाँच छोराहरू मध्ये तेस्रो तथा साँइला छोरा ग्याल्ज्ये तामाङ सोझो,मिलनसार अनि समाज, जाति र देशप्रेमी थिए। यसरी नै  रेलिङ-कैंजले समष्टि अन्तर्गत दंगे क्षेत्रबाट 23 मई 1988 सालमा शहिद बनेका सन्तोष थापा छेत्री दंगे, रेलिङ थापागाउँ निवासी हुन। शहिद सन्तोष थापा क्षेत्री, आमा मिरा कुमारी थापा क्षेत्रीको कोखबाट जन्मेका पहिलो छोरा हुन भने बाबा शेरबहादुर थापा क्षेत्रीको पाँच छोराहरू मध्ये जेठा छोरा थिए। उनी 19 वर्षको उमेरमा शहिद बनेका थिए। सानैदेखि खुबै मिलनसार अनि समाज, जाति र माटो भनेपछि मरिमेट्ने एक असल व्यक्तित्वको रूपमा चिनिन्थ्यो। उनले जाति र माटोको महासंग्राम तथा गोर्खा मुक्तिको आन्दोलन अवधि युद्ध भूमिको मैदान तामसाङ कमान फेद अवस्थित धान खेती भन्ने स्थानमा गोली लागेर शहिद भएका थिए। क्षेत्रीय जानकारी अनुसार, हालसम्म सम्पूर्ण परिवार तथा दाजुभाई कृषि खेतीपातीद्वारा जिवीकोपार्जन गरिरहेका छन भने बाबा-आमा वृद्ध अवस्थामा पुगिसकेका छन्।
यसरी चड्किएको उन्मुक्तिको आन्दोलन 22 अगस्त 1988 मा डीजीएचसी सम्झौता भएपछि शहिदहरूले दिएको बलिदानलाई स्मरण गर्दै 27 जुलाई शहिद दिवसको रूपमा पालन गरिन्छ। यसै गरी दोस्रो चरणमा छेडिएको जाति उन्मुक्तिको आन्दोलन 17 जुन 2017 मा शहिद बनेका गोर्खाल्याण्ड प्रेमीहरू रेलिङ- कैँजले समष्टि अन्तर्गत महेश गुरूङ, बाबा खड्का बहादुर गुरूङ  (62), आमा इन्द्रा गुरूङ ( 59 )अप्पर रेलिङ गुरूङ गाउँ बिजनबारी, रेलिङ-कैंजले समष्टिका सुनील राई, बाबा स्वर्गीय सुकबहादुर राई, आमा भारती राई कैजले 8 नम्बर बिजनबारी निवासी अनि बिजनबारी-गोक समष्टिबाट बिमल सशांकर कमजेर गोक बस्ती रहेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ