एक दिन शहिद दिवसमा सम्झने मात्र प्रथा हटाउ

Share this news

दार्जीलिङ, 27 जुलाई(निसं): शहिदको सपना गोर्खाल्याण्ड र माटोको सुरक्षामा भएको विगत 1986 सालको गोर्खा उन्मुक्तिको आन्दोलनमा प्राणको आहुति दिने ती बीर शहिदहरूलाई सम्झना गर्ने दिन शहिद दिवसको समय शहिद ग्याल्पो तामाङलाई पनि सम्झने दिन हो। विगत 1986 सालको 30 अक्टूबरको जाती र माटोको निम्ति प्राणको बलिदान दिने शहिद ग्याल्ज्ये तामाङ, पिता स्वर्गीय पेम्बा तामाङ, आमा देवी माया तामाङका साँइला छोरो हुन भने उनलाई झेपी ग्राम पञ्चायत अन्तर्गत रमिते क्षेत्रमा भएको युद्ध भूमिमा शहिद बनेका थिए भनी क्षेत्रवासी बताउँछन्। क्षेत्रवासीको जानकारी अनुसार, उनी क्षेत्र कै पहिलो शहिद मान्न सकिन्छ। पाँच छोराहरू मध्ये तेस्रो तथा साँइला छोरा ग्याल्ज्ये तामाङ सोझो,मिलनसार अनि समाज, जाति र देशप्रेमी थिए। यसरी नै  रेलिङ-कैंजले समष्टि अन्तर्गत दंगे क्षेत्रबाट 23 मई 1988 सालमा शहिद बनेका सन्तोष थापा छेत्री दंगे, रेलिङ थापागाउँ निवासी हुन। शहिद सन्तोष थापा क्षेत्री, आमा मिरा कुमारी थापा क्षेत्रीको कोखबाट जन्मेका पहिलो छोरा हुन भने बाबा शेरबहादुर थापा क्षेत्रीको पाँच छोराहरू मध्ये जेठा छोरा थिए। उनी 19 वर्षको उमेरमा शहिद बनेका थिए। सानैदेखि खुबै मिलनसार अनि समाज, जाति र माटो भनेपछि मरिमेट्ने एक असल व्यक्तित्वको रूपमा चिनिन्थ्यो। उनले जाति र माटोको महासंग्राम तथा गोर्खा मुक्तिको आन्दोलन अवधि युद्ध भूमिको मैदान तामसाङ कमान फेद अवस्थित धान खेती भन्ने स्थानमा गोली लागेर शहिद भएका थिए। क्षेत्रीय जानकारी अनुसार, हालसम्म सम्पूर्ण परिवार तथा दाजुभाई कृषि खेतीपातीद्वारा जिवीकोपार्जन गरिरहेका छन भने बाबा-आमा वृद्ध अवस्थामा पुगिसकेका छन्।
यसरी चड्किएको उन्मुक्तिको आन्दोलन 22 अगस्त 1988 मा डीजीएचसी सम्झौता भएपछि शहिदहरूले दिएको बलिदानलाई स्मरण गर्दै 27 जुलाई शहिद दिवसको रूपमा पालन गरिन्छ। यसै गरी दोस्रो चरणमा छेडिएको जाति उन्मुक्तिको आन्दोलन 17 जुन 2017 मा शहिद बनेका गोर्खाल्याण्ड प्रेमीहरू रेलिङ- कैँजले समष्टि अन्तर्गत महेश गुरूङ, बाबा खड्का बहादुर गुरूङ  (62), आमा इन्द्रा गुरूङ ( 59 )अप्पर रेलिङ गुरूङ गाउँ बिजनबारी, रेलिङ-कैंजले समष्टिका सुनील राई, बाबा स्वर्गीय सुकबहादुर राई, आमा भारती राई कैजले 8 नम्बर बिजनबारी निवासी अनि बिजनबारी-गोक समष्टिबाट बिमल सशांकर कमजेर गोक बस्ती रहेका छन्।

Share this news
आजको रोजाइ
वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत