शैक्षिक पुरस्कार गोर्खा दुःख निवारक सम्मेलनद्वारा प्रदान

Share this news

दार्जीलिङ,25 जनवरी(निसं): सन् 1932 सालमा स्थापित गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङले आफ्नो स्थापनाकालदेखि नै मानवता नै श्रेष्ठ धर्म हो, भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै निरन्तर सेवामूलक तथा सामाजिक कार्यहरू गर्दै आइरहेको सर्वविदितै छ। समाजसेवाका विभिन्न आयामहरूमध्ये शिक्षाको क्षेत्रमा सम्मेलनले विशेष योगदान पुर्‍याउँदै आएको छ।
विद्यार्थी वर्गलाई भाषा तथा साहित्यप्रति अभिरुचि र प्रतिभा विकास गराउने उद्देश्यले सम्मेलनले हाजिरी–जवाफ, तर्क प्रतियोगिता, कविता र निबन्ध लेखन प्रतियोगिता, शब्दशक्ति प्रतियोगिता जस्ता ज्ञानवर्द्धक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ। यसका साथै मेधावी तथा प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप शैक्षिक पुरस्कार प्रदान गर्दै आइरहेको छ।
गोर्खा दुःख निवारक सम्मेलनद्वारा प्रतिवर्ष प्रदान गरिने तीनवटा प्रमुख शैक्षिक पुरस्कारहरू यसप्रकार रहेका छन् सिद्धिनारायण प्रधान शैक्षिक पुरस्कार,आरपी लामा शैक्षिक पुरस्कार,माला कोइराला स्मृति शैक्षिक पुरस्कार।
पश्चिम बङ्गाल माध्यमिक शिक्षा परिषदद्वारा सञ्चालित माध्यमिक परीक्षामा दार्जीलिङ महकुमाभित्र प्रथम भाषा नेपाली लिई सर्वाेच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई सिद्धिनारायण प्रधान शैक्षिक पुरस्कार अन्तर्गत नगद 10 हजार रुपियाँ प्रदान गरिन्छ। त्यस्तै, उच्च माध्यमिक परीक्षामा प्रथम भाषा नेपालीसहित सर्वाेच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई आरपी लामा शैक्षिक पुरस्कार प्रदान गरिनेछ, जसको पुरस्कार राशि पनि 10 हजार  रुपियाँ  रहेको छ।
यी दुई पुरस्कारका प्रायोजक क्रमशः शेखर प्रधान तथा ललिता लामा हुन्।यसरी नै, पश्चिम बङ्गाल राज्यस्तरमा माध्यमिक परीक्षामा सर्वाेच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई माला कोइराला स्मृति शैक्षिक पुरस्कार प्रदान गरिन्छ। यस पुरस्कारका लागि विद्यार्थीले प्रथम भाषा नेपाली लिएको हुनुपर्ने तथा नेपालीभाषी हुनु अनिवार्य रहेको छ। उक्त पुरस्कारको नगद राशि एक लाख रुपियाँ रहेको छ, जसका प्रायोजक लालबहादुर कोइराला हुन् ।
अन्त्यमा, गोर्खा दुःख निवारक सम्मेलनले सन् 2026 सालको माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरूलाई उज्ज्वल सफलताको कामना गर्दै हार्दिक शुभेच्छा व्यक्त गरेको छ। थप जानकारीका लागि सम्मेलनको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। उक्त प्रेस भेलामा गोर्खा दुःख निवारक सम्मेलनका कोषाध्यक्ष मणिकमल देवान, कार्यसमिति सदस्य विशाल रुम्बा तथा शैक्षिक उपसमिति संयोजक अमला सुब्बा उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ