दार्जीलिङ,20 जनवरी(निसं): दार्जीलिङ ओल्ड क्यापिटल टावर ड्राइभर वेलफेयर एशोसिएसन, जज बजार पिक-अप भ्यान वेलफेयर एशोसिएसन, ब्लूमफिल्ड बरबटे, बीसीएमआरएस, मेरीबोङ सिन्डिकेट, आर यूबीएमएस, बंगाली मन्दिर (ब्यानेक वर्ण ) चालकहरुले बीजीपीएम(भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा)- को नीति, सदभाव अनि पहाडको हितमा गर्ने कार्यको प्रशंसा गर्दै पार्टीलाई समर्थन जनाएको छ। आगामी चुनाउ बीजीपीएम कै पक्षमा रहने दाबी गरेका छन्।
दार्जीलिङ जज बजार स्थित पार्टीको केन्द्रीय कार्यलयमा चलिरहेको भेटघाट कार्यक्रममा विभिन्न चालक एशोसिएसनका चालकहरूले विभिन्न एशोसिएसनका चालकहरू अध्यक्ष अनित थापाको उपस्थितिमा आफ्नो समर्थन जनाए।
यस समर्थन कार्यक्रममा चालक प्रतिनिधिले भनेका छन् ,हामी चालक दाज्यु-भाइहरूले सोचेर , बुझेर अनि छलफल गरेर नै अनित थापालाई समर्थन दिएका हौ। जसरी गाडीमा चालकहरुले प्यासेन्जरको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई गन्तव्यमा पुर्याउन त्यसरी नै अनित थापाको नेतृत्वले पहाडलाई सुरक्षा दिएको छ, अनि पहाडलाई सही गन्तव्यतिर लगेका छन्। पहाड सही चालकको हातमा कुदीरहेको छ।












