डा. महेशको पठनका केही पक्ष-को लोकार्पण

Share this news

दार्जीलिङ, 8 जुलाई(निसं): सोमबार एक कार्यक्रमको साथमा घुम-जोरबंगलो महाविद्यालयका प्राध्यापक डा. महेश दाहालद्वारा लिखित पठनका केही पक्ष- कृतिको विधिवत लोकार्पण गरियो। घुम जोरबंगलो महाविद्यालयको प्रेक्षागृहमा प्रा. चन्दन थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रा. हिमाञ्जली तामाङ, प्रा. विशाल विश्वकर्मा, प्रा. सुन्दर तामाङ लगायत अन्य विद्वानहरूको उपस्थित थियो।
कार्यक्रममा प्रा. विशाल विश्वकर्माले उक्त कृतिभित्रका अध्ययन-पत्रहरू अनुसन्धानका विविध पक्षहरूलाई विशेष महत्त्व दिदै पृथक दृष्टिकोण र विविध विधाहरूलाई समेट्ने प्रकारका रहेको टिप्पणी गरे भने लोकार्पण गरेको कृतिले नयाँ आयम थप्नेमा विश्वास गरे। यसैगरी अध्यक्ष प्रा. चन्दन थापाले निरन्तर सक्रिय रूपमा अध्ययन र लेखनमा समर्पित डा. महेश दाहालको यो कृतिले उनीलाई थप विशेष परिचय दिने विश्वास व्यक्त गर्दै कृति सबैले एकपटक पढनुपर्ने बताए। अर्कोतिर सर्जक डा. दाहालले कृतिको प्रकाशनमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्तित्वहरू, मिरभ प्रकाशन, कवि कर्ण विरह तथा घुम- जोरबंगलो महाविद्यालय परिवारप्रति विशेष आभार प्रकट गरे भने सबैले एकपटक पढेर प्रतिक्रिया दिने अनुरोध गरे। कार्यक्रमको सञ्चालन प्रा. जतिन थापाले गरेका थिए। स्मरण रहोस, सर्जक दाहालको हालसम्म दशवटा कृतिहरु प्रकाशित भईसकेका छन जसमा आफ्नै खोजेको ससार कविता सग्रह (2009) प्रेरणा अनुभुतिका कविता सग्रह (2012), रंगहीन तरङ सयुक्त रुवाई सग्रह (2013), भुलेर आफैलाई गजल सग्रह (2014), प्रहरका तप्कना कविता सग्रह (2015), आकृति केहि कृतिका समालोचना सग्रह (2019), इस्वरभन्दा माथि सयुक्त रुवाई सग्रह (2022), धस्काइहरु मा उभिनु छ कविता सग्रह (2024) तथा पठनका केही पक्ष अध्ययनका पत्रहरु (2025) रहेको छ भने ईश्वर खुम्चिन्दै गयो- प्रकाशनको निम्ति तयारी रहेको छ। यसबाहेक दाहालले विभिन्न पत्र-पत्रिकामार्फत धेरैवटा कविता समालोचक लगायतका विभिन्न विधाहरुमा कलम चलाइरहेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ