पुरानो बोनस क्लियर नभई जोइन्ट फोरमको डबल मेमोरेण्डम

Share this news

दार्जीलिङ,19 जुलाई(निसं): चिया उद्योगमा कार्यरत श्रमिकहरुको दैनिक हाजिरा बाहेक महत्वपूर्ण अधिकार वार्षिक पुजा बोनस अझै टुंगोमा नपुगेको भन्दै जोइन्ट फोरमले, पश्चिम बंगाल चिया उद्योगका ट्रेड युनियन-हरूको हिल उपसमिति जोइन्ट फोरमले राज्य सरकार र चिया उद्योग संघलाई दुईवटा भिन्न भिन्न ज्ञापन बुझाएको छ भनी जोइन्ट फोरम-ले जानकारी गराएको छ।
जोइन्ट फोरम-को जानकारी अनुसार, पहिलो ज्ञापन-पत्रमा जोइन्ट फोरम-ले गत 2023-24  आर्थिक वर्षको बोनस मुद्दा अझै पुरा नभएको उल्लेख गर्दै, पश्चिम बंगाल सरकार अन्तर्गत श्रम विभागको ध्यानाकर्षण गराएको छ। यस विषयमा गत 3 अप्रेलको दिन सिलगढीको स्टेट गेस्ट हाउसमा बैठक भए तापनि त्यसपछि कुनैपनि छलफल नहुनु र समस्या समाधान नभएको कुराप्रति चिन्ता व्यक्त गरिएको छ।

 जोइन्ट फोरमले यो ढिलाइले मजदुरहरूमा असन्तोष बडाएको र यसले निकट भविष्यमा आन्दोलन वा अशान्तिको स्थिति ल्याउन सक्ने चेतावनी दिएको छ। उक्त ज्ञापन-पत्रमा श्रम विभागलाई तत्काल बैठक डाकेर बोनस विषय टुंग्याउन अनुरोध गरिएको छ। त्यसैगरी दोस्रो ज्ञापन-पत्रमा मञ्चले साल2024-25 आर्थिक वर्षको बोनस वार्तालाई ढिलो नगरिकन सुरु गर्न दार्जीलिङ चिया संघ (डीटीए) प्रमुख सल्लाहकार  सन्दीप मुखर्जीलाई अनुरोध गरेको छ।गत वर्षहरूमा बोनस वार्ता ढिला हुँदा मजदुरहरूलाई विशेषगरी दशै जस्ता महत्वपूर्ण अनि महान चाड-बाडमा गम्भीर आर्थिक समस्याहरू झेल्नुपरेको उल्लेख गर्दै, यस्तो ढिलाइले ट्रेड युनियनहरूमा अनावश्यक दबाव सिर्जना गर्ने र आम नागरिकहरूमा असन्तोष बढाउने बताइएको छ।जोइन्ट फोरमले दुबै ज्ञापन-पत्र मार्फत बोनस वार्ता तत्काल सुरु गरी सबै सरोकारवालाबीच सहमति कायम गर्दै निष्कर्षमा पुग्न जोइन्ट फोरम-ले आग्रह पनि पत्रमा गरिएको छ भनी फोरमले बताएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ