पुरानो बोनस क्लियर नभई जोइन्ट फोरमको डबल मेमोरेण्डम

Share this news

दार्जीलिङ,19 जुलाई(निसं): चिया उद्योगमा कार्यरत श्रमिकहरुको दैनिक हाजिरा बाहेक महत्वपूर्ण अधिकार वार्षिक पुजा बोनस अझै टुंगोमा नपुगेको भन्दै जोइन्ट फोरमले, पश्चिम बंगाल चिया उद्योगका ट्रेड युनियन-हरूको हिल उपसमिति जोइन्ट फोरमले राज्य सरकार र चिया उद्योग संघलाई दुईवटा भिन्न भिन्न ज्ञापन बुझाएको छ भनी जोइन्ट फोरम-ले जानकारी गराएको छ।
जोइन्ट फोरम-को जानकारी अनुसार, पहिलो ज्ञापन-पत्रमा जोइन्ट फोरम-ले गत 2023-24  आर्थिक वर्षको बोनस मुद्दा अझै पुरा नभएको उल्लेख गर्दै, पश्चिम बंगाल सरकार अन्तर्गत श्रम विभागको ध्यानाकर्षण गराएको छ। यस विषयमा गत 3 अप्रेलको दिन सिलगढीको स्टेट गेस्ट हाउसमा बैठक भए तापनि त्यसपछि कुनैपनि छलफल नहुनु र समस्या समाधान नभएको कुराप्रति चिन्ता व्यक्त गरिएको छ।

 जोइन्ट फोरमले यो ढिलाइले मजदुरहरूमा असन्तोष बडाएको र यसले निकट भविष्यमा आन्दोलन वा अशान्तिको स्थिति ल्याउन सक्ने चेतावनी दिएको छ। उक्त ज्ञापन-पत्रमा श्रम विभागलाई तत्काल बैठक डाकेर बोनस विषय टुंग्याउन अनुरोध गरिएको छ। त्यसैगरी दोस्रो ज्ञापन-पत्रमा मञ्चले साल2024-25 आर्थिक वर्षको बोनस वार्तालाई ढिलो नगरिकन सुरु गर्न दार्जीलिङ चिया संघ (डीटीए) प्रमुख सल्लाहकार  सन्दीप मुखर्जीलाई अनुरोध गरेको छ।गत वर्षहरूमा बोनस वार्ता ढिला हुँदा मजदुरहरूलाई विशेषगरी दशै जस्ता महत्वपूर्ण अनि महान चाड-बाडमा गम्भीर आर्थिक समस्याहरू झेल्नुपरेको उल्लेख गर्दै, यस्तो ढिलाइले ट्रेड युनियनहरूमा अनावश्यक दबाव सिर्जना गर्ने र आम नागरिकहरूमा असन्तोष बढाउने बताइएको छ।जोइन्ट फोरमले दुबै ज्ञापन-पत्र मार्फत बोनस वार्ता तत्काल सुरु गरी सबै सरोकारवालाबीच सहमति कायम गर्दै निष्कर्षमा पुग्न जोइन्ट फोरम-ले आग्रह पनि पत्रमा गरिएको छ भनी फोरमले बताएको छ।


Share this news
आजको रोजाइ
एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम