डबल इञ्जिनको सरकारले चोपड़ाको सर्वाङ्गीन विकासको लागि काम गर्ने

Share this news

सांसद राजु विष्टले दार्जीलिङ संसदीय क्षेत्र अन्तर्गत रहेको चोपड़ाका जनताले वर्षौँदेखि डर, भ्रष्टचार, हुलदङ्गा, माफियाराज सहन गरेको बताउदै राज्यमा भारतीय जनता पार्टीको सरकार आएपछि यी सबैको अन्त भएको दावी गरेका छन्‌‍। तिनले चाँड़ै चोपड़ामा सांसद कार्यालय स्थापना गर्ने पनि बताएका छन्‌‍। सांसद राजु विष्टले एक विज्ञप्तिमा बुधवार आफूले चोपड़ाको जनसभालाई सम्बोधन गर्ने अवसर प्राप्त गरेको बताउदै उक्त कुरो भनेका हुन्‌‍।

तिनले अघि भनेका छन्‌‍- तृणमूल कंग्रेसको सरकारमा चोपड़ाका मानिसहरूको विकासको लागि आवण्टन गरिएको सरकारी कोष तृणमूल कंग्रेसका नेताहरूको गोजीमा जान्थ्यो। विगतको सरकारले यस क्षेत्रमा विकासका कामहरू ठप्प बनाएको थियो, सांसद कोषसम्म रोकेको थियो। मैले त्यहाँका जनतालाई उक्त समय समाप्त भएको भरोसा दिलाएको छु। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अनि राज्यका मुख्यमन्त्री सुवेन्दु अधिकारीको नेतृत्वमा डबल इञ्जिनको सरकारले चोपड़ाका मानिसहरूको उन्नतिको लागि अथक प्रयास गरिरहेको छ। हामी कानुन व्यस्थाको सुनिश्चितता अनि अपराधमुक्त समाजको लागि प्रतिबद्धता जनाउछौँ। हामी पश्चिम बङ्गाललाई उद्योग र उद्यमीहरूको निम्ति अनुकुल, नयाँ निवेशकहरूको निम्ति सुगम स्थान बनाउने दिशामा काम गरिरहेका छौँ। हाम्रो प्रयास छ कि नयाँ युवाहरूको लागि रोजगारका अवसरहरू पैदा गर्न सकियोस्‌‍, हामी केन्द्र अनि राज्यको विभिन्न परियोजनाहरूको सोझो लाभ जनतासम्म सजिलैसित पुगोस्‌‍ भन्ने सुनिश्चित गर्न चाहान्छौँ।

सांसदले चोपड़ामा सांसद कार्यालय खोल्न गइरहेको बताउदै यस कार्यालयमार्फत केन्द्र अनि राज्य स्तरका मामिलाहरूलाई सम्बोधन गरिने बताएका छन्‌‍। जसमा सड़क, राशन, आवाश, पेन्सन, कृषकहरूको समस्या, महिला सुरक्षा, कुनै पनि अपराधको लागि मानिसहरू सोझै सांसद कार्यालयमा आउन सक्नेछन्‌‍। मुख्यमन्त्री सुवेन्दु अधिकारीको नेतृत्वमा रहेको भाजपाको सरकारले सुशासनको ग्यारण्टी प्रदान गर्दछ। हामी भ्रष्टचार, गैरकानुनी खनन्‌‍, जमिन कब्जा, अपराध अनि तृणमूल राजनीतिमा प्रश्रय पाएको आपराधिक राजनीतिकमाथि शक्त कार्यवाही गर्नेछौँ। कानुन भन्दा माथि कोही पनि छैनन्‌‍। हामी सबै मिलेर नयाँ चोपड़ा बनाउने छौँ जहाँ सद्भावको साथमा सबै बस्न सकुन्‌‍ युवाहरूले राम्रो अवसरहरू प्राप्त गर्न सकुन्‌‍, सांसदले भनेका छन्‌‍।

Share this news
आजको रोजाइ
शहरको मूल सड़कमा भल बग्ने समस्या समाधानको दिशामा कार्य

शहरको मूल सड़कमा भल बग्ने समस्या समाधानको दिशामा कार्य

serious-questions-over-safety-in-national-highway-10-repairs

राष्ट्रिय राजमार्ग–१० को मर्मतमा सुरक्षामाथि गम्भीर प्रश्न

डबल इञ्जिनको सरकारले चोपड़ाको सर्वाङ्गीन विकासको लागि काम गर्ने

डबल इञ्जिनको सरकारले चोपड़ाको सर्वाङ्गीन विकासको लागि काम गर्ने

गोर्खा जनमुक्ति मोर्चाद्वारा चिम्नी देवराली ग्राम पञ्चायत बोर्ड गठन

गोर्खा जनमुक्ति मोर्चाद्वारा चिम्नी देवराली ग्राम पञ्चायत बोर्ड गठन

जाँच आयोग गठनको गोजमुमोद्वारा स्वागत

जाँच आयोग गठनको गोजमुमोद्वारा स्वागत

नोएडाको आवासीय भवनमा भीषण आगो लाग्दा, दुई जनाको मृत्यु

नोएडाको आवासीय भवनमा भीषण आगो लाग्दा, दुई जनाको मृत्यु

कफीको बोटसँगै हुर्किँदै पहाड़का युवाको सपना

कफीको बोटसँगै हुर्किँदै पहाड़का युवाको सपना

मानेभञ्ज्याङमा अरण्य सप्ताह भव्य रूपमा सम्पन्न

मानेभञ्ज्याङमा अरण्य सप्ताह भव्य रूपमा सम्पन्न

राज्यव्यापी वृक्षारोपण अभियानसङ्गै विश्व युवा सीप दिवस २०२६ पालन

राज्यव्यापी वृक्षारोपण अभियानसङ्गै विश्व युवा सीप दिवस २०२६ पालन

मन्त्री श्री लेप्चाको नेतृत्वमा सडक पुनर्स्थापना कार्यको संयुक्त निरीक्षण

मन्त्री श्री लेप्चाको नेतृत्वमा सडक पुनर्स्थापना कार्यको संयुक्त निरीक्षण

आजको रोजाइ