Diya Bhujel 12th result Assam
Diya Bhujel 12th result Assam

दिया भुजेललाई CBSE उ.मा.(कक्षा १२) परीक्षामा ८१%अङ्क प्राप्त

Share this news

असमको मार्घेरिटा उप-जिल्ला अन्तर्गत पर्ने नामदाङ कोलियरी क्षेत्रबाट घोषणा गरिएको CBSE उच्चतर माध्यमिक (कक्षा १२) परीक्षामा एक गौरवमय सफलता सार्वजनिक भएको छ। नामदाङ कोलियरी निवासी पिता दीपक बहादुर भुजेल तथा माता बोरगोलाई पञ्चायतकी सभानेत्री श्रीमती सपना कुमारी छेत्री भुजेलकी सुपुत्री दिया भुजेल उत्कृष्ट नतिजा हासिल गर्दै परिवार, विद्यालय तथा सम्पूर्ण समाजको नाम उजागर गरेकी छन्। दिया भुजेलको उक्त परीक्षामा ८१ प्रतिशत अङ्क प्राप्त गर्नुका साथै 2 वटा लेटर तथा 1 वटा स्टार मार्क्स हासिल गर्न सफल भएकी छन्।  उनले बोगोलाईस्थित VKV विद्यालयबाट आफ्नो उच्चतर माध्यमिक शिक्षा पूरा गरेकी हुन्। विद्यालय स्रोतका अनुसार दिया सधैँ मेहनती, अनुशासित तथा अध्ययनप्रति गम्भीर विद्यार्थीका रूपमा परिचित थिइन्। नियमित अध्ययन, शिक्षकहरूको उचित मार्गदर्शन तथा अभिभावकहरूको निरन्तर सहयोगका कारण उनले यो उल्लेखनीय सफलता प्राप्त गर्न सफल भएको बताइएको छ।आज सार्वजनिक भएको नतिजासँगै नामदाङ कोलियरी क्षेत्रमा खुशीको वातावरण सिर्जना भएको छ।

दियाको सफलताले स्थानीय विद्यार्थीहरूलाई थप प्रेरणा प्रदान गरेको स्थानीयवासीहरूको भनाइ रहेको छ। सामान्य परिवेशबाट अघि बढ्दै उत्कृष्ट अंकसहित सफलता हासिल गर्नु सम्पूर्ण समाजका लागि गर्वको विषय बनेको छ। सामाजिक सञ्जालमा समेत उनको उपलब्धिको चर्चा भइरहेको देखिएको छ भने आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूले निरन्तर बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। दियाले भविष्यमा उच्च शिक्षा हासिल गर्ने लक्ष्यसहित Dehradun मा अध्ययन गर्ने इच्छा व्यक्त गरेकी छन्। गुणस्तरीय शिक्षा हासिल गरी जीवनमा ठूलो लक्ष्य प्राप्त गर्ने उनको सपना रहेको परिवारजनले बताएका छन्। छोरीको सफलताप्रति अभिभावकहरू अत्यन्त खुशी व्यक्त गर्दै भविष्यमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। शिक्षा नै उज्ज्वल भविष्यको आधार हो भन्ने सन्देश दियाको सफलताले पुनः प्रमाणित गरेको छ। उनको मेहनत, आत्मविश्वास, अनुशासन तथा निरन्तर संघर्षले अन्य विद्यार्थीहरूलाई पनि अध्ययनप्रति प्रेरित गर्ने विश्वास गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ