गिद्ध पहाड़-रोहिणी रोपवे निर्माण कार्य पुरा गर्नलाई पहल गर्नेछुः सोनाम लामा

Share this news

गिद्धे पहाड़को रक गार्डनदेखि रोहिणीको आलेटपसम्मको निर्माणाधीन रोपवेको निर्माण कार्य अब पुरा हुनेछ भनी धेरैले आशा प्रकट गरिरहेका छन्‌‍। यो रोपवेको निर्माण कार्य पुरा गर्नको निम्ति जीटीएको पुल अनि ट्रान्सफर विभागले पाँचौँ पल्ट टेण्डरे जारी गरेको थियो। 27 मार्च टेण्डरको अन्तिम मिति रहेको थियो। राज्यमा नयाँ सरकार आएपछि यो रोपवेको निर्माण कार्य अब पुरा हुनेछ भन्ने धेरैले आशा आशा अनि विश्वास गरिरहेका छन्‌‍।

16 करोड़ रुपियाँको लागत खर्चमा 2014 देखि आरम्भ गरिएको यो रोपवे 12 वर्ष पछि पनि निर्माण कार्य पुरा भएर सञ्चालनमा आउन सकेको छैन। यो रोपवेको निर्माण कार्यमा कथित भ्रष्टचार भएको आरोपहरू पनि उठेको छ। 2.3 किलोमिटर दुरी रहेको यो रोपवेको निर्माणको ठेका कलकत्ताको एउटा निर्माण कम्पनीले प्राप्त गरेको थियो। रोपवे निर्माणको निम्ति 13 करोड़ रुपियाँ जति रकम 2021 सम्ममा जीटीएले भुक्तान गरिसकेको बताइएको छ। रोपवेको निर्माण कार्य पुरा गर्न, यसको रखरखाउ अनि सञ्चालन गर्न भनी पब्लिक प्राइभेट पार्टनशीप (पीपीपी) मोडलमा जीटीएले 30 वर्षको लागि टेण्डर जारी गरेको थियो।

राज्यमा भाजपाको सरकार गठन भएपछि अनि अनित थापाले जीटीएको मुख्य कार्यपालको पदबाट राजीनामा दिएपछि जीटीएले अघि तयार पारेको धेरै डीपीआर रद्द गरिएको छ। राज्य सरकारले जीटीए आगामी केही समयको लागि सञ्चालनमा ल्याउने भएपछेि भाजपाको नयाँ सरकारको दिशा निर्देशमा जीटीएले यो रोपवेको निर्माण कार्य अब पुरा गर्ने मानिसहरूले आशा र विश्वास राखेका छन्‌‍। रोपवेको निर्माण कार्य पुरा भएको खण्डमा खरसाङ्को पर्यटन विकासले एउटा ठूलो फड़को मार्ने सम्भावना छ। रोपवे सञ्चालन भएको खण्डमा खरसाङ पर्यटन क्षेत्रमा द्रुत गतिमा अघि बढ़ने र यसको कारण खरसाङ्मा रोजगारको धेरै अवसरहरू पैदा हुने मानिसहरूले अपेक्षा गरेका छन्‌‍।

यस विषयमा खरसाङ्का विधायक सोनाम लामासित प्रश्न गर्दा तिनले भने- खरसाङ्को लागि गिद्धे पहाड़-रोहिणी माझको रोपवे ठूलो परियोजना हो। यो रोपवे निर्माण भएपछि यहाँ पर्यटन र रोजगारको सम्भावनाहरू बढ़ेर जानेछ। यसको निर्माण कार्य चाँड़ौ पुरा हुन पर्छ। यसको लागि सम्बन्धित विभागहरूसित कुरा गरेर पहल गर्नेछु।

Share this news
आजको रोजाइ
सिटोङमा राष्ट्रिय स्वयंसेवक संघको तीनदिने प्रारम्भिक प्रशिक्षण वर्ग सम्पन्न

सिटोङमा राष्ट्रिय स्वयंसेवक संघको तीनदिने प्रारम्भिक प्रशिक्षण वर्ग सम्पन्न

मिनर्भा एकेडेमीले गोथिया कप जित्दै इतिहास रच्यो, युरोपियन डबल पूरा

मिनर्भा एकेडेमीले गोथिया कप जित्दै इतिहास रच्यो, युरोपियन डबल पूरा

सोनम वाङचुकको आह्वान: ‘जुलाई २० को संसद मार्च भारतको दोस्रो स्वतन्त्रता आन्दोलन’

सोनम वाङचुकको आह्वान: ‘जुलाई २० को संसद मार्च भारतको दोस्रो स्वतन्त्रता आन्दोलन’

सोनम वाङचुकको अस्पताल स्थानान्तरण ‘मनमानी होइन’ भन्ने दिल्ली उच्च अदालतको फैसला

सोनम वाङचुकको अस्पताल स्थानान्तरण ‘मनमानी होइन’ भन्ने दिल्ली उच्च अदालतको फैसला

सामसुङद्वारा अमेरिकी रोजगारी कटौती र मुख्यालय टेक्सास सार्ने तयारी, कर्मचारीलाई स्थानान्तरणको प्रस्ताव

सामसुङद्वारा अमेरिकी रोजगारी कटौती र मुख्यालय टेक्सास सार्ने तयारी, कर्मचारीलाई स्थानान्तरणको प्रस्ताव

जम्मू-कश्मीरमा बाढी र पहिरोको वितण्डा: पुञ्च र राजौरीमा ११ जनाको मृत्यु, ७ बेपत्ता

जम्मू-कश्मीरमा बाढी र पहिरोको वितण्डा: पुञ्च र राजौरीमा ११ जनाको मृत्यु, ७ बेपत्ता

उच्च शिक्षाका लागि तमिलनाडु सरकारको ठूलो निर्णय, विद्यार्थीहरूलाई ७.५ लाखसम्म बिना धितो शिक्षा ऋण

उच्च शिक्षाका लागि तमिलनाडु सरकारको ठूलो निर्णय, विद्यार्थीहरूलाई ७.५ लाखसम्म बिना धितो शिक्षा ऋण

आमतला कार्यालयमा बुलडोजर चलाइएको विरुद्ध अभिषेक बनर्जीको उच्च अदालतमा अपील, आजै सुनुवाइ हुँदै

आमतला कार्यालयमा बुलडोजर चलाइएको विरुद्ध अभिषेक बनर्जीको उच्च अदालतमा अपील, आजै सुनुवाइ हुँदै

इरानको हिट लिस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प: तेहरानमा राखियो शवसहितको विशाल बिलबोर्ड

इरानको हिट लिस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प: तेहरानमा राखियो शवसहितको विशाल बिलबोर्ड

आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की: ‘लभ जिहाद’ को आरोप र विवाहको विवाद

आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की: ‘लभ जिहाद’ को आरोप र विवाहको विवाद

आजको रोजाइ