SIR voter list update
SIR voter list update

इसीआइद्वारा राज्यका विवादित मतदाताहरूको विस्तृत सूची सार्वजनिक

Share this news

भारतको निर्वाचन आयोगले राज्यका विवादित (जाँच प्रक्रियामा रहेका) मतदाताहरूको विस्तृत सूची सार्वजनिक गरेको छ। पहिलो पटक सार्वजनिक गरिएको यस प्रतिवेदनमा जिल्लागत आधारमा मतदाताहरूलाई योग्य र अयोग्य रूपमा वर्गीकरण गरिएको छ। आयोगका स्रोतअनुसार, कुल ६० लाखभन्दा बढी मतदाता जाँच प्रक्रियामा रहेका थिए। तीमध्ये करिब ३२ लाखभन्दा बढीलाई योग्य घोषणा गरिएको छ भने करिब २७ लाख मतदातालाई अयोग्य सूचीमा राखिएको छ। सबैभन्दा धेरै अयोग्य मतदाता मुशिर्दावाद जिल्लामा फेला परेका छन्, जहाँ करिब ४.५५ लाख मतदातालाई अयोग्य ठहर गरिएको छ। त्यसपछि उत्तर चौबीस परगना दोस्रो स्थानमा रहेको छ, जहाँ करिब ३.२५ लाख नाम हटाइएको छ। त्यसैगरी मालदामा करिब २.३९ लाख मतदाता अयोग्य घोषित भएका छन् भने नदिया जिल्लामा पनि करिब २.०८ लाख नाम हटाइएको छ। दक्षिण चौबीस परगनामा करिब २.२२ लाख मतदातालाई अयोग्य घोषणा गरिएको छ भने विरभूममा करिब ०.८२ लाख यस्ता घटना दर्ता भएका छन्। यसका अतिरिक्त हुगलामा करिब १.२० लाख, पश्चिम वर्धमानमा करिब ०.७४ लाख तथा उत्तर दिनाजपुरमा करिब १.७६ लाख मतदाताको नाम हटाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। निर्वाचन आयोगका अनुसार, प्रत्येक मतदाताको विवरण विधिसम्मत प्रक्रियाअनुसार सावधानीपूर्वक समीक्षा गरेर मात्रै अन्तिम सूची तयार गरिएको हो। यद्यपि, उच्चतम् न्यायलयलको निर्देशनअनुसार अयोग्य घोषित गरिएका मतदाताहरूलाई पुनर्विचारका लागि न्यायिक निकायमा अपिल गर्ने अवसर प्रदान गरिनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ