समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा समर्पित दीपज्योति गुरूङ

Share this news

असमको शोणितपुर जिल्ला अन्तर्गत लोक्रा स्थित सुनेपाम निवासी डा. दीप ज्योति गुरुङ हाल असम स्किल युनिभर्सिटीको अनुप्रयुक्त प्रबंधन विभागमा सहायक प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ वित्त, मार्केटिङ तथा उपभोक्ता मनोविज्ञान विषयमा विशेष दक्षता राख्नुहुन्छ।

डा. गुरुङले तेजपुर विश्वविद्यालय बाट विद्यावारिधि (PhD) हासिल गर्नुभएको हो। उहाँको अनुसन्धान क्षेत्र मुख्य रूपमा मार्केटिङ, उपभोक्ता व्यवहार, पर्यटन तथा सामाजिक सञ्जाल मार्केटिङमा केन्द्रित रहेको छ। शैक्षिक क्षेत्रमा उहाँले आधुनिक शिक्षण प्रणालीअनुसार MBA तथा BBA कार्यक्रमका लागि पाठ्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ, जसले विद्यार्थीहरूलाई व्यावहारिक तथा अनुसन्धानमुखी शिक्षा प्राप्त गर्न सहयोग पुर्‍याइरहेको छ। उहाँको निरन्तर शैक्षिक योगदान तथा अनुसन्धानले असम मात्र नभई सम्पूर्ण पूर्वोत्तर क्षेत्रको शैक्षिक विकासमा उल्लेखनीय टेवा पुर्‍याइरहेको छ। डा. गुरुङ जस्ता समर्पित र प्रतिभाशाली शिक्षाविद्हरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य गरिरहेका छन्। हिमालय दर्पणको तर्फबाट डा. दीप ज्योति गुरुङलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिन्छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ