मृत चितुवा आक्रमण गर्ने चितुवानै हो भनी किटान गर्न सकिन्दैनः दिवेश पाण्डे

Share this news

खरसाङ,(मोहन प्रसाद): बालासन खोलामा मरेको अवस्थामा पाइएको चितुवा नोल डाँड़ा जाने मुक्तिधाम क्षेत्रमा मानिसहरूलाई आक्रमण गर्ने चितुवा नै हो वा होइन्‌‍, अहिले नै सक्ने स्थिति छैन। वर्तमानमा पनि स्थानीय मानिसहरूको सुरक्षालाई मध्यनजर राख्दै उक्त क्षेत्र वा आवासीय स्थानदेखि केहि टाढ़ा जंगल क्षेत्रमा चितुवालाई पक्रिन्‌‍ भनी पिञ्जरा वन विभागद्वारा लगाइएको छ। स्थानीयहरूको सुरक्षाको निम्ति वनकर्मीहरूद्वारा उक्त क्षेत्रको गाउँ-घरमा गश्ती पनि लगाउने कार्य भइरहेको छ भनी खरसाङ डिभिजन वन अधिकारी दिवेश पाण्डेले जनाएको छन्‌‍।
ज्ञात रहोस्‌‍, दुधिया संग्लग्न दखले बस्तीदेखि नोल डाँड़ा जाने क्षेत्रमा गत 31 दिसम्बरको बेलुकी एउटा चितुवाले चारजना मानिसहरूलाई आक्रमण गरेर घाइते बनाएको थियो। भोली पल्ट बिहान उक्त क्षेत्रमा रहेको बालासन खोलाको किनारबाट एउटा मृत चितुवा वन विभागले उद्धार गरेको थियो । यस बारेमा हिमालय दर्पणद्वारा सोधिएकोमा खरसाङ डिभिजन वन अधिकारी दिवेश पाण्डेले उक्त जानकारी दिएका हुन्‌‍।
यस अवधि तिनले थप जनाए अनुसार, दुधियास्थित बालासन खोलाको किनारबाट उद्धार गरिएको मृत चितुवाको पोस्टमार्टम अनुसार उक्त चितुवाको मृत्यु कुनै विषले गर्दा नभएको पाइएको छ। तर पनि चितुवाको वास्तविक मृत्युको कारण जान्नलाई मृत चितुवाको अङ्ग साथै रक्तको नमूना वन्यजीव फोरेन्सिक विभागलाई पठाइएको छ । तिनले थप जनाए अनुसार, यदि चितुवालाई कसैले विष दिएको भए जिब्रो निलो हुन्थ्यो साथै शरीरको अङ्गहरूको रंग बेग्लै हुन्थ्यो, तर त्यस्तो पाइएको छैन। गत 31 दिसम्बरमा स्थानीय मानिसहरू सहित एकजना वनकर्मीलाई आक्रमण गर्ने त्यही चितुवा हो भनी अहिले किटान गरेर भन्न सकिन्दैन। त्यही क्षेत्र बाटनै उक्त मृत चितुवाको उद्धार भएको हुनाले साथै त्यसपछि क्षेत्रमा अन्य कसैलाई चितुवाले आक्रमण नगरेकोले आक्रमण गर्ने चितुवा मृत फेला परेको चितुवा हुनु सक्ने सम्भावना रहे पनि अहिले नै किटान गरिहाल्न मिल्दैन। विभिन्न वन्य प्राणीमा देखिएको छ कि यदि कुनै रोगले ती प्राणीहरू ग्रस्त भएको भए वा ती प्रणालीहरूमा रेबिजको समस्या रहेको भए वन्य प्राणीहरू आक्रामक हुने गर्दछ साथै जलको स्रोत खोज्दछ। बाहिरबाट स्वस्थ देखिने उक्त मृत चितुवा कुन रोगले ग्रस्त थिए वा मृत्युको के कारण थियो त्यसको पत्तो फोरेन्सिक रिपोर्ट आएपछि नै थाह पाइने छ भनी तिनले जनाए । मृत चितुवा एउटा मादा चितुवा रहेको र उमेर लगभग 3 देखि 4 वर्षको रहेको पनि पाण्डेले बताए।
तिनले यो पनि जनाए कि कुनै पनि वन्य प्राणीको आक्रमणले यदि कुनै व्यक्ति घाइते हुन्छन्‌‍ भने वन विभागको योजना अनुसार ती व्यक्तिलाई क्षतिपूर्ति राशि पीड़ितको ब्याङ्क खातामा दिइने गरिन्छ, जसको निम्ति पीड़ितहरूले एउटा आवेदन पत्र सम्बन्धित फारम संगै जमा गर्नु पर्दछ। तिनले जनमानसलाई भयभीत नहुने साथै अफवाहहरू नफैलाउने अनुरोध पनि गरे। तिनले वन विभाग जनमानससित रहेको पनि आश्वनस्त गराए।
वर्तमानमा पनि वन कर्मीहरू जनमानसको सुरक्षामा क्षेत्रको गाउँ-घरमा गश्ती दिरहेको छन्‌‍ साथै आवासीय ठाउँदेखि केहि टाढ़ा जंगलमा चितुवालाई पक्रिन पिञ्जरा पनि लगाइएको तिनले जनाए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ