मृत चितुवा आक्रमण गर्ने चितुवानै हो भनी किटान गर्न सकिन्दैनः दिवेश पाण्डे

Share this news

खरसाङ,(मोहन प्रसाद): बालासन खोलामा मरेको अवस्थामा पाइएको चितुवा नोल डाँड़ा जाने मुक्तिधाम क्षेत्रमा मानिसहरूलाई आक्रमण गर्ने चितुवा नै हो वा होइन्‌‍, अहिले नै सक्ने स्थिति छैन। वर्तमानमा पनि स्थानीय मानिसहरूको सुरक्षालाई मध्यनजर राख्दै उक्त क्षेत्र वा आवासीय स्थानदेखि केहि टाढ़ा जंगल क्षेत्रमा चितुवालाई पक्रिन्‌‍ भनी पिञ्जरा वन विभागद्वारा लगाइएको छ। स्थानीयहरूको सुरक्षाको निम्ति वनकर्मीहरूद्वारा उक्त क्षेत्रको गाउँ-घरमा गश्ती पनि लगाउने कार्य भइरहेको छ भनी खरसाङ डिभिजन वन अधिकारी दिवेश पाण्डेले जनाएको छन्‌‍।
ज्ञात रहोस्‌‍, दुधिया संग्लग्न दखले बस्तीदेखि नोल डाँड़ा जाने क्षेत्रमा गत 31 दिसम्बरको बेलुकी एउटा चितुवाले चारजना मानिसहरूलाई आक्रमण गरेर घाइते बनाएको थियो। भोली पल्ट बिहान उक्त क्षेत्रमा रहेको बालासन खोलाको किनारबाट एउटा मृत चितुवा वन विभागले उद्धार गरेको थियो । यस बारेमा हिमालय दर्पणद्वारा सोधिएकोमा खरसाङ डिभिजन वन अधिकारी दिवेश पाण्डेले उक्त जानकारी दिएका हुन्‌‍।
यस अवधि तिनले थप जनाए अनुसार, दुधियास्थित बालासन खोलाको किनारबाट उद्धार गरिएको मृत चितुवाको पोस्टमार्टम अनुसार उक्त चितुवाको मृत्यु कुनै विषले गर्दा नभएको पाइएको छ। तर पनि चितुवाको वास्तविक मृत्युको कारण जान्नलाई मृत चितुवाको अङ्ग साथै रक्तको नमूना वन्यजीव फोरेन्सिक विभागलाई पठाइएको छ । तिनले थप जनाए अनुसार, यदि चितुवालाई कसैले विष दिएको भए जिब्रो निलो हुन्थ्यो साथै शरीरको अङ्गहरूको रंग बेग्लै हुन्थ्यो, तर त्यस्तो पाइएको छैन। गत 31 दिसम्बरमा स्थानीय मानिसहरू सहित एकजना वनकर्मीलाई आक्रमण गर्ने त्यही चितुवा हो भनी अहिले किटान गरेर भन्न सकिन्दैन। त्यही क्षेत्र बाटनै उक्त मृत चितुवाको उद्धार भएको हुनाले साथै त्यसपछि क्षेत्रमा अन्य कसैलाई चितुवाले आक्रमण नगरेकोले आक्रमण गर्ने चितुवा मृत फेला परेको चितुवा हुनु सक्ने सम्भावना रहे पनि अहिले नै किटान गरिहाल्न मिल्दैन। विभिन्न वन्य प्राणीमा देखिएको छ कि यदि कुनै रोगले ती प्राणीहरू ग्रस्त भएको भए वा ती प्रणालीहरूमा रेबिजको समस्या रहेको भए वन्य प्राणीहरू आक्रामक हुने गर्दछ साथै जलको स्रोत खोज्दछ। बाहिरबाट स्वस्थ देखिने उक्त मृत चितुवा कुन रोगले ग्रस्त थिए वा मृत्युको के कारण थियो त्यसको पत्तो फोरेन्सिक रिपोर्ट आएपछि नै थाह पाइने छ भनी तिनले जनाए । मृत चितुवा एउटा मादा चितुवा रहेको र उमेर लगभग 3 देखि 4 वर्षको रहेको पनि पाण्डेले बताए।
तिनले यो पनि जनाए कि कुनै पनि वन्य प्राणीको आक्रमणले यदि कुनै व्यक्ति घाइते हुन्छन्‌‍ भने वन विभागको योजना अनुसार ती व्यक्तिलाई क्षतिपूर्ति राशि पीड़ितको ब्याङ्क खातामा दिइने गरिन्छ, जसको निम्ति पीड़ितहरूले एउटा आवेदन पत्र सम्बन्धित फारम संगै जमा गर्नु पर्दछ। तिनले जनमानसलाई भयभीत नहुने साथै अफवाहहरू नफैलाउने अनुरोध पनि गरे। तिनले वन विभाग जनमानससित रहेको पनि आश्वनस्त गराए।
वर्तमानमा पनि वन कर्मीहरू जनमानसको सुरक्षामा क्षेत्रको गाउँ-घरमा गश्ती दिरहेको छन्‌‍ साथै आवासीय ठाउँदेखि केहि टाढ़ा जंगलमा चितुवालाई पक्रिन पिञ्जरा पनि लगाइएको तिनले जनाए।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ