Bharat Dal Scheme
Bharat Dal Scheme

भारत सरकारको दाल योजनाको स्वाद दार्जीलिङबासीले लिन पाएन

Share this news

भारत सरकारको दाल योजनाको दालको स्वाद दार्जीलिङबासीले लिनसम्म नपाएको आरटीआई रिपोर्टमा खुलासा भएको छ।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य दिपु थापाले बताए अनुसार केन्द्र सरकारले गरिबी रेखा मुनिकाहरूको निम्ति भारत दाल योजना जारी गरेका छन।भारत सरकारको दाल योजनामा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन उर्फ जीटीएले पनि सहभागिता जनाएको आरटीआई रिपोर्टमा खुलासा भएको तिनले बताए।भारत सरकारको दाल योजना कार्य योजना अन्तर्गत भारत सरकारले कम मुल्यमा प्रोटिन युक्त दालहरू गरिब परिवारहरूले पाउन सकोस भन्ने हो।भारत सरकारको दाल योजनामा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन उर्फ जीटीएले पनि सहभागिता जनाएको खुलासा भएको छ।

आरटीआई रिपोर्ट अनुसार भारत दाल योजनामा जीटीएले 47 हजार मेट्रिक टन चाना दालको माग पत्र चढाएका थिए तर 14 हजार 5 सय मेट्रिक टन भारत सरकारले स्वीकृति गरेको रिपोर्टमा उल्लेख गरेका छन।14 हजार 5 सय मेट्रिक टन भनेको 1 करोड 40 लाख किलो चाना दालको केन्द्र सरकारले स्वीकृति गरेको आरटीआई रिपोर्टमा उल्लेख गरेका छन अनि जीटीएले सन्जु छेत्री नामक महिलाको नाममा 2024 मा भारत सरकार समक्ष निवेदन पत्र चढाएको आरटीआई रिपोर्टमा उल्लेख गरिएको छ तर महत्वपूर्ण विषय आवेदन कर्ता सन्जु छेत्रीले यसको जानकारी जीटीएको मुख्यसचिव साथै राज्य सरकार समेतलाई दिएका थिएनन्।सन्जु छेत्री को हुन भन्ने चासोको विषय रहेको छ।सन्जु छेत्रीले प्रयोगको लेटर प्यार्डमा जो फोन नम्बर लगाएका छन त्यो नम्बर जीटीएको सभासद सतिश पोख्रेलको रहेको स्पष्ट भएको छ।सरकारद्वारा जारी गरेको योजनालाई जीटीएले नीजि कम्पनीको हातमा सुम्पिएको छ साथै जीटीएले रूपियाको लेन देनदेखि लिएर समान उठाउन सक्ने साथै वितरण समेत गर्न सक्ने क्षमता समेत प्रदानको खुलासा भएको छ।

आरटीआई रिपोर्टमा जीप शक्ति नाम गरेको नीजि कम्पनीले केन्द्र सरकारलाई पैसा भूक्तान पनि गरिसकेको साथै चाना दाल पनि उठाई सकेको जानकारी गराएको छ तर दुखको विषय भारत सरकारको दाल योजना अन्तर्गत जारी गरेको चाना दालको स्वाद दार्जीलिङबासीले लिन समेत पाएनन्।भारत सरकारद्वारा जारी गरेको दाल योजनाको दाल दार्जीलिङ पहाडमा कतै वितरण गरेको हामीले जानकारी पाएका छैनौ भन्ने थापाले बताए।जीटीए क्षेत्रमा 8 लाख जति जन संख्या रहेको छ,एक करोड 40 लाख किलो चाना दाललाई वितरण गर्ने हो भने प्रत्येक व्यक्तिको भागमा 17 देखि 18 किलो चाना दाल पर्दो रहेछ तर दार्जीलिङबासीले भारत सरकारले जारी गरेको चाना दालको स्वाद लिन समेत पाएनन्।भारत सरकारले जारी गरेको चानादाल दार्जीलिङबासीले पाएनन् उसो भए गयो कहाँ?यो प्रश्नको विषय हो भन्दै थापाले प्रश्न तेर्साए।दिपु थापासंग फिन्जो वाङगेल गुरूङ र पासाङ साथमा थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ