पेशोकमा तीन दिने आधार लिङ्क शिविरमा भीड 

Share this news

पेशोक: 24 डिसेम्बर(निसं):अहिले आधार कार्ड प्रत्येक कामकाजमा नभई नहुने भएकोछ। हरेक कार्यमा आधार कार्डको अनिवार्य देखिएको छ भने आधार कार्डमा आफ्नो मोबाईल नम्बर पनि अनिवार्य रुपमा लिङ्क गरिएको हुन पर्ने भनिएको कारण नै हरेक मानिसहरु मोबाईल नम्वर लिङ्क गर्न अतुर देखिन्छ । उक्त मोबाईल नम्बर आधार कार्डमा लिङ्क गरिने कार्यको शिविर  पेशोकमा भईरहेको छ। आधार कार्डमा मोबाईल नम्वर लिंक गरिने कार्यको आज दोस्रो दिन पनि भानिसहरुको भीड़ यथावत देखिएको छ भने विद्यार्थी नानीहरु देखि लिएर वरिष्ठ मानिसहरु पनि आफ्नो पालो पर्खेर लाईनमा उभिएका  थिए। शिविराको दोस्रो दिन पनि मानिसहरुको भीड़ त्यति नै देखियो।  चियाबगान सञ्चालनमा राहदा चिया श्रमिकहरुको निम्ति भनेर पनि यस प्रकारको आधार शिविर आयोजना गरिए तापनि यति धेरै मानिसहरुको मोबाईल नम्वर लिंक गर्न बांकी नै भएको कारण दोस्रो पनि भीड़ लागेको हुन सकने मानिसहरुको मत रहेको छ।

मंगलबार शिविरको दोस्रो दिन पनि मानिसहरुको भीड़ रहेकोछ। बुधबार शिविरको अन्तिम दिन भनिए तापनि मानिसहरूको सुविधालाई हेरेर शिविरको अवधि बडाउन सकिने तकड़ाह पोस्ट अफिसका एसपीएम नीमा योञ्जनले जनाएका छन्।भारतीय डाक विभागद्वारा आयोजना गरिएको यो आधार लिङ्क शिविरमा आम मानिसहरुको हितार्थ भारतीय डाकद्वारा भविष्य निधि, बीमा पलिसी, जमा पलिसी आदिबारे जानकारी गराइनुका साथै बीमा पनि गराइएको छ।  यसबारे आईपीपीबी कालेबुङका प्रबन्धक केसाङ्ग ल्हमु शेर्पाले जनाएकी छिन्। यता तकड़ाह पोस्ट अफिसका एसपीएम नीमा योजनाले हिजो देखि शुरू भएको शिविरमा आधार कार्डमा मोबाईल नामवर लिङ्क, ठेगाना परिवर्तन, संसोधन आदि आदि कार्यहरु  गरेको जानकारी दिए। ससाना नानीहरुको नयाँ आधार कार्ड बनाउने ,फोटो अपडेट आदि पनि गरिने बताए साथै नया बनाउनको निम्ति जन्म प्रमाण-पत्र अनिवार्य रुपमा लिएर आउँनु पर्ने  एसपीएम योञ्जनले थप जनाए। एसपीएम योञ्जनले आधार शिविर आयोजना गर्न भरपुर सहयोग गरिएकोमा विनय घिसिङ, विक्की थापा प्रति आभार व्यक्त गरे भने शिविर बुधबार पनि जारी रहने जानकारी गराउदै यसरी नै मानिसहरुको भीड भए शिविरको अवधिलाई बडाउन सकिने जनाए ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ