भारतीय राष्ट्रिय कांग्रेसले पहाडमा तीनवटै आसनमा उम्मेदवार दिने

Share this news

दार्जीलिङ,12 फरवरी(निसं): दार्जीलिङ पहाडी क्षेत्रमा रहेका तीनवटा विधान सभा आसनहरुमा आफ्नु उम्मेदवार दिने भएको भारतीय राष्ट्रिय कांग्रेस(इ) दार्जीलिङ जिल्ला समितिले बताएकोछ।उक्त विषय साथै पश्चिम बंगाल विधान सभा चुनाव 2026 मा सबै बंगालको 295 आसनहरुमा उम्मेदवारी दिने राज्य समितिको निर्णय बारेमा दार्जीलिङ जिल्ला भारतीय राष्ट्रिय कांग्रेस पार्टीका सदस्यहरूले बुधबार दार्जीलिङ कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्‍यो। पत्रकार सम्बोधनमा यस सन्दर्भमा दार्जीलिङ जिल्ला समिति, भारतीय राष्ट्रिय कांग्रेसका कार्यवाहक अध्यक्ष सरोज खत्रीले भनेका छन्,दार्जीलिङ जिल्ला समितिले स्थानीय दलहरूसँग कुनै गठबन्धन बिना दार्जीलिङ, कालेबुङ र खर्साङका तीनै सिटहरू पनि पार्टीको तर्फबाट उम्मेदवार दिनेछ। थप दाबी गर्दै भने, पहिलेको समयमा पहाडहरूको लागि प्रमुख ऐतिहासिक निर्णयहरू कांग्रेसको सत्तारुढ सरकारबाट आएका थिए जस्तै दार्जीलिङ गोर्खा पार्वत्य परिषद(दागीपाप), गोर्खाल्याम्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए), नेपाली भाषाको मान्यता र केही अन्य मुद्धाहरु समाधान भएको थियो। यस चुनावमा दार्जीलिङ पहाडका सबै साना र प्रमुख मुद्दाहरूलाई कांग्रेसको चुनावी घोषणापत्रमा भारतीय गोर्खाहरूप्रति सकारात्मक विश्वासको आश्वासन दिँदै समावेश गरिनेछ। उनले जानकारी दिदै भने, पहाडका तीनै उम्मेदवारहरू चाँडै घोषणा गरिनेछ र राज्य समितिको परामर्श पछि चाँडै नै बलियो अभियान सुरु हुनेछ भनी दार्जीलिङ जिल्ला समिति, भारतीय राष्ट्रिय कांग्रेसका कार्यवाहक अध्यक्ष सरोज खत्रीले भनेका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ