खरसाङमा फोहोर-मैला प्रबन्धनको निम्ति ठोस र उपयुक्त कदम उठाउन पर्ने

Share this news

खरसाङ, (निसं)ः खरसाङमा फोहोर-मैला प्रबन्धनको निम्ति ठोस र उपयुक्त कदम उठाउन पर्ने आवश्यकता देखिएको छ। फोहोर-मैलाको उचित प्रबन्धनको अभावमा जनसाधरणले समस्याको सामना गरिरहेका छन्‌‍। राज्य शहरी विकास प्राधिकरणको योजना अन्तर्गत खरसाङ नगरपालिकाले केही वर्ष तया नगरवासीको घर-आँगनबाट फोहोर-मैला सङ्कलन गर्ने कार्य गरिरहेको छ। नगरवासीको घर-आँगनबाट फोहोर-मैला सङ्कलन गरिने गरिएको भए तापनि यो कार्य प्रभावकारी बन्न नसकेको पाइएको छ। खरसाङ शहरको विभिन्न स्थानमा फोहोर-मैला थुप्रिने क्रम वर्तमानसम्म जारी छ। कुनै समय थुप्रिएको फोहोर-मैलाको थुप्रोले विभिन्न समस्याहरू सृजना गरेको पाइएको छ।

खरसाङको सुपर मार्केट नजिक अघि मैलादानी रहेको तर पछि घर-आँगनबाट फोहोर-मैला उठाउन आरम्भ गरिएको मैलादानी बन्द गरिएको स्थानमा फोहोर-मैला थुप्रिने क्रम धेरै अघिदेखि यथावत रहेको छ। यहाँ नियमित फोहोर-मैला थुप्रिने गरेको छ भने कुनै समय फोहोर-मैलाको थुप्रोले विकराल रुप लिएको पनि देखिन्छ। यहाँ थुप्रिएको फोहोर-मैलाको कारण यस स्थानमा रहेका विभिन्न गनतव्यतिर जाने सेण्डिकेटाका गाड़ी चालक, यात्री, पैदल हिँड़ने मानिस, नजिका दोकानेहरूले समस्याको सामना गर्न परिरहेको गुनासो छ। खरसाङ्को प्रधान प्रेट्रोल पम्पदेखि केही पर राष्ट्रि राजमार्गको किनारमा पनि फोहोर-मैला थुप्रिने क्रम बन्द भएको छैन। वर्तमानमा पनि यहाँ फोहोर-मैलाको डङ्गुर रहेको पाइएको छ। यहाँ थुप्रिएको फोहोर-मैलाको कारण बाटो हिँड़ने, स्थानीय मानिसहरू समस्यामा परेका छन्‌‍ भने गाड़ी र रेल चढ़ेर खरसाङ अनि दार्जीलिङ आउने पर्यटकहरूमा यो फोहोर-मैलाको कारण नकारात्मक असर परेको पनि मानिसहरूको मत छ।

यसै गरी खरसाङ बजारको अन्य स्थानहरूमा पनि फोहोर-मैला थुप्रिएको पाइएको छ। शहरलाई सुन्दर, स्वच्छ अनि प्रदुषण रहित राख्नको निम्ति राज्य शहरी विकास प्रधिकरणको योजना अनुसार फोहोर-मैला प्रबन्धनको निम्ति कार्य भइरहेको छ। खरसाङ नगरपालिका क्षेत्रमा यो कार्य भइरहेको भए तापनि यसको प्रभावकारिता सन्तोषजनक पाइएको छैन। यस दिशामा खरसाङ नगरपालिका लगायत सम्बन्धित निकायहरूले ठोस अनि सक्रियता पूर्वक कार्य गर्न पर्ने आवश्यकता रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ